विपुल अधिकारी
पाँचथर । पाँचथरमा २ परिवारको ९ जनाको हत्या भएको छ । घटना स्थल सदरमुकाम फिदिमबाट– ६२ किलोमिटरको दुरीमा पर्छ । घाइते बालिकालाई उपचारका लागि दमक लगिएको प्रहरीले जनाएको छ । संघीय र प्रदेशबाट अनुसन्धान टोली आइरहेकाले पाँचथरका प्रहरी निरिक्षक अनिल कुमार पौडेलले बताउनु भयो । बमबहादर र धनराजको घर करिव ३० मिनेको पैदल दुरीमा पर्छ ।
घटनामा भागेर बाँच्न सफल बालिकाका अनुसार एकै जनाले हत्या गरेको बताएको त्यहाँ स्थित इलाका प्रहरी चौकी रवीका इन्सपेक्टर तेजनारायण यादवले बताउनु भएको छ । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी थिइन् ।
यादवका अनुसार घाइते बालिकाले मखुन्डो लगाएका एकजनाले खकुरीले हानेको बताएकी हुन् । राति करिब १० बजेको समयमा हत्या भएपनि गाउँलेले भने बिहान मात्र थाहा पाएका थिए । घाइते बालिका बमबहादुरको घरमा (मामाघर) बसेर पढिरहेको बताइएको छ ।
ज्वाईको घरमा घटना :–
वर्ष ३४ को धनराज शेर्मा, ३५ की जस्मिता फियाक, शेर्माकी छोरीहरु वर्ष १२ की युहाना, १० वर्षकी मुना र धनराजको भाइकी छोरी ८ वर्षीया ईच्छा शेर्मा रहेको प्रहरीले जनाएको छ ।
ससुरालीको घरमा घटना :–
७४ वर्षीय बम बहादुर फियाक, बमबहादुरकी श्रीमती पुर्सि माया, छोरी वर्ष ३५ वर्षीया मन कुमारी र नातिनी १० वर्षीया आसे कुमारीको हत्या भएको हो ।
शिशा काण्ड
हत्या भएकी जस्मिता फियाकको घरमा आइतबार तालिममा सहभागीहरुले खाजा खाँदा शिशा भेटिएको थियो । मिलन केन्द्र पाँचथरको आयोजनामा तीन महिने ढाका बुनाई तालिमका सहभागीले आइतबार विहान थुक्पा खाँदा विरामी परेका थिए ।
खाजा खाँदा नुनमा सिसाको धुलो जस्तो देखिने बस्तु भेटिएको उहाँको भनाई छ । खाजा खाँदा स्थानीय १७ वर्षीय रेनुका दास, १९ वर्षीया विष्णु विक, १० वर्षकी मुना शेर्मा, २६ वर्षिय मनुमारी फियाक, १९ वर्षकी सोना लिम्बू, २२ वर्षकी लक्ष्मी लिम्बू र १८ वर्षकी मनिसा नेपाली बिरामी परेका थिए ।