काठमाडौं । गर्मी मौसममा आफ्नो स्वास्थ्यको ख्याल गर्नुका साथै खानेकुरा बिग्रिन्छन् कि भन्ने कुरामा पनि ध्यान दिनु जरुरी हुन्छ । केही खानेकुरा बढी तामक्रममा चाँडै बिग्रीने र त्यसमा हानिकारक किटाणुले पनि चाँडै आक्रमण गर्ने हुन्छ । यस्ता खानेकुरा खाएमा फूट पोइज अर्थात खाद्य विषाक्तता हुन सक्छ ।गर्मी मौसममा प्राय खानेकुरा चाँडै बिग्रिने हुन्छन् । तर हामी बाहिरको खानेकुरा खाँदा पनि ताजा हो होइन भन्ने कुरामा ध्यान दिदैनौँ । अझ घरमा पनि बासि खानेकुरा सकेसम्म नफालौँ खाएर सकौँ भन्ने सोचले खान्छौँ । तर यसले निम्त्यिाउने नोक्सानीका बारेमा हामीले पहिले नै विचार गर्नुपर्छ । मौसम अनुसार खानपानमा फरक पर्छ । त्यसैले खानेकुरा खाँदा धेरै कुरामा ध्यान दिनुपर्छ । खानेकुरामा ध्यान दिन नसकेकै कारण फूट पोइज हुने र ज्यानै जाने खतरा समेत हुन सक्छ ।
के हो फूड पोइजन ?फूड पोइजन हुने मुख्य कारण भनेकै बासी, सडेगलेका खानेकुरा हुन् । व्याक्टेरियाका कारण पनि फूड पोइजन हुन सक्छ । यदि व्यक्तिमा रोगप्रतिरोधक क्षमता कमजोर छ भने फूड पोइजनको असर झन गम्भीर रुपमा देखिन सक्छ । पेट दुख्ने, डायरिया हुने, बान्ता हुने जस्ता समस्या देखिन सक्छ । बच्चा र वृद्धवृद्धामा यसको जोखिम बढी हुने गर्छ । मासु अर्थात तरकारीमा किटाणु फैलन सक्छ । राम्रोसँग नपाकेको खानेकुराका कारण पनि क्लोस्ट्रीडियम, साल्मोनेला र इकोलाइ जस्ता संक्रमण हुन सक्छ । कब्जियत, ग्यास्टिक जस्ता समस्या भएका मानिसलाई त फूड पोइजनको असर झन बढी देखिने आशंका गरिन्छ ।
फूड पोइजनको लक्षण–फूड पोइजनको शुरुवाती लक्षण पेट दुख्ने हुन्छ ।–केही खानासाथ बमिट हुने हुनु ।–ज्वरो र कमजोर महसुस हुनु ।–पटक पटक बमिट हुनु ।–फूड पोइजन हुँदा टाउको दुख्ने पनि हुन सक्छ ।
सावधानीखानेकुराहरु राम्रोसँ पकाएर मात्र खानुपर्छ । आवश्यकता अनुसार मात्र खानेकुरा पकाउने र बासि खाना नखाने । पकाएको लामो समयपछि मात्रा खानेकुरा खाने हो भने पून तताएर खानुपर्छ । बाहिरको खानेकुरा खाँदा विशेष ध्यान दिनुपर्छ । ताजा खानेकुरा मात्र खाने गर्नुपर्छ । एक पटक पकाएको खानेकुरा पटकपटक तताएर वा पकाएर खानुहुँदैन । घरमा पालिएका जनावरलाई आफूले बनाएका खानेकुराबाट टाढा राख्नुपर्छ ।पेट सम्बन्धी कुनै समस्या भएमा त्यसलाई सामान्य मानेर बस्नु हुँदैन । कुनै पनि दुखाइ वा समस्या बिना कारण देखिएको हुँदैन । त्यसैले समस्या हुनासाथ चिकित्सकको सल्लाह लिनुपर्छ ।झुक्किएरै भए पनि खराब खानेकुरा खाइएमा तुरुन्तै चिकित्सकलाई देखाउनुपर्छ । फूड पोइजनको लक्षण देखिएसम्म पर्खिएर बस्छु भन्ने सोच्नु हुँदैन ।प्रसस्त मात्रामा पानी पिउनुपर्छ तर पानी सफा हुनुपर्छ ।
राखनधरनमा ध्यान दिनेसुख्खा मसला, दाल आदिबाट पनि खाद्य विषाक्तता हुन सक्छ । यीनीहरुबाट फूड पोइजन गराउने किटाणु फैलिन सक्छ । त्यसैले यस्ता खानेकुरा राखनधरनमा ध्यान दिनुपर्छ । यस्ता खानेकुरा हावा नछिर्ने बन्द डिब्बामा राख्ने गर्नुपर्छ । घरमा भएका खाद्य सामाग्रीहरुको पनि म्याद सकिने हुन्छ । यस्ता म्याद गुज्रिएका खानेकुरा खान हुँदैन ।
सरसफाइमा ध्यान दिनेफूड पोइजनबाट बच्न खानेकुरा बनाउँदा र खाँदा सरसफाइमा विशेष ध्यान दिनुपर्छ । खाना बनाउनुअघि र बनाइसकेपछि हात राम्रोसँग धुनुपर्छ भने आवश्यक सामाग्री अर्थात भाडाकुडा पनि सफा हुनुपर्छ । खाना बनाउने ठाउँ, भान्सा कोठा नै सफा हुनुपर्छ । फ्रिजमा काँचा खानेकुरा र पाकेका खानेकुरा अलग अलग राख्नुपर्छ ।