नेपालको एक पर्यटकिय क्षेत्र कपिलवस्तुको विकासका लागि विगत लामो समयदेखी क्रियाशिल रहनु भएका व्यापार सघं कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले जनतासमाचारका लागि सन्नी उल्ला धोवीसँग गरेको कुराकानी ।
कपिलवस्तुको पर्यटन विकासको लागि के गर्नु पर्छ ?कपिलवस्तु पर्यटन विकासकाे संग्रहालयको रुपमा रहेकोले पर्यटन विकासका लागि तिनै तहको सरकार लाग्नु पर्ने देखिन्छ । यसो गरेमात्र यँहाको विकास तिव्र गतिमा अघि बढ्छ ।
यहाँ पर्यटकिय पहिचान कसरी गर्ने ?सम्भावित पर्यटकिय स्थलको पहिचान भइसकेको छ । कपिलवस्तुको समग्र विकासका लागि यस क्षेत्रमा रहेका पर्यटकिय संभावनाको पहिचान गरि अघि बढनु पर्यो । कपिलवस्तुमा बुद्धसगं सम्बन्धित पर्यटकिय स्थल सँगसगै मन्दिर, मस्जिद, चर्च, गुम्वा र ऎतिहासिक किल्लाको समेत प्रचारप्रसार गर्न अावश्यक छ ।
कपिलवस्तुको पश्चिममा पर्यटकिय सम्भावना बोकेका कुन कुन स्थल छन् ?कपिलवस्तु एक पवित्र भुमी हो । यहाँ शान्तिका अग्रदुत गौतम बुद्धको बाल्यकाल बितेको छ । कपिलवस्तुलाई विश्वशान्तिको सन्देश प्रवाह भएको ठाउँको रुपमा हेरिएको पाईन्छ । कपिलवस्तुको पश्चिम् क्षेत्रमा शिवगढी किल्ला, स्युराज किल्ला, सोनवागढ र शिवगढी मन्दिर त्यसैगरी कृष्णनगर र चन्द्रौटाको मस्जिद, चन्द्रौटाकै कर्णश्वरी मन्दिर, महाराजगन्जको पल्टा मन्दिर लगायत यस क्षेत्रको पर्यटकिय सम्भावना बोकेको स्थानको रुपमा परिचित रहेका छन ।
यहाँको पर्यटन प्रवर्द्धनको लागि तपाईंले के गर्नु भएको छ ?विकास भनेको जादु को छडी त होईन कि, छु मन्तर गरुँ अनि एकै पटक विकास होस । तर मैले यस क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि बहुतै काम गरेको छु । शिवगढी, सोनवागढ, शिवगढी किल्ला, स्युराज किल्लाको विकास हेर्न लायक छ । सुरुवातमा हामीलाई शिवगढी सोनवागढ जस्तो विकट ठाँउमा रहेको स्थानलाई प्रचारप्रसार गर्न , यहाँका मिडियाले राम्रो साथ दिए । त्यसपछि चन्द्रौटामा लाग्ने महोत्सव मेलामा यहाँ रहेका पर्यटकिय स्थलको प्रत्यक्ष विकासको लागि पहल गर्न सोनवागढमा त्रिभुवन विश्वविद्यालयको टोलि सहित अनुगमन गरि यहाँको प्रचारप्रसार गरेका छाैं ।
तपाईं व्यापार सघं कपिलवस्तुको अध्यक्ष पनि हुनुहुन्छ, पर्यटन र व्यापारलाई सँगसँगै विकास गर्ने के योजना छ ?पर्यटक, पर्यटकिय स्थल, र व्यापार सँगसगै जोडिएका विषय हु्न् । पर्यटक आउने नै पर्यटकिय स्थलमा हो । मैले पर्यटन व्यवसायको लागि यहाँ धैरै नै सम्भावना देखेको छु । यसको लागि शिवगढिको धनखोला, भितारिया स्थित सोनवागढमा केही मात्रामा होटेल खुलेका छन् ।
कपिलवस्तु क्षेत्र अहिले औद्योगिक करिडोरको रुपमा समेत विकास भएको छ यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ?यो क्षेत्रको विकासको लागि धेरै मेहनत गरियो । निकै संघर्ष पछिकाे उपलब्धि भन्नुपर्छ कि, अहिले उद्योगको विकासले गति पाएको छ । विगतमा भएका विभिन्न किसिमको द्वन्द्व, बन्द हडताल, आन्दोलनले यहाँका उद्योग धरासयी भएका थिए । औद्योगिक करिडोर स्थापना गरिनुपर्छ भन्दै हामिले व्यापार सघंको नेतृत्वमा काम गरेका छौैं। उद्योगहरु खुलेका कारण यहाँको विकास तिव्र गतिमा भईरहेको छ । यहाँका नागरिकले प्रत्येक्ष रोजगार पनि पाएका छ्न् । पर्यटन प्रवर्द्धनमा समेत टेवा पुगेको छ ।