– डाक्टर हेमराज कोइरालारगतमा युरिक एसिड बढेर हुने जोर्नी दुखाई आजभोली आम समस्या बन्दै गईरहेको छ । चिसो मौसममा यो प्रकोप अझ बढ्ने हुँदा डाक्टर वैद्य हाकिम देखी धामी–झाँक्री र जान्ने सुन्नेहरु सँग यो रोगको सिकायत लिएर आउनेहरुको बिरामीहरुको भीड दिनदिनै बढ्दै छ । विकासशिल भन्दा विकसित देशहरुमा जरो गाडेको यो रोगको चपेटामा विपन्न भन्दा ज्यादा सम्पन्न नै बढी पर्ने गरेका छन् । पश्चिमी समाजका दुई प्रतिशत व्यक्तिहरु जीवनको कुनै न कुनै कालखण्डमा यो रोगबाट प्रभावित भएको पाइएको छ । विगत बीस वर्षमा यो रोगबाट संक्रमित हुने रोगीहरुको संख्या दोब्बर भएको तथ्यांकको आधारमा यो रोगलाई जीवनशैली सँग सम्बन्धित र आधुनिक सभ्यताको उपज मानिएको छजीवनशैली सँग सम्बन्धित रोग भएकाले उचित निदान र रोगको प्रकृति विकृति र रोगोस्थितिको उचित आँकलन पश्चात् औषधि उपचार र जीवनशैली परिवर्तन गरेर यो रोगबाट पूर्ण मुक्ति पाउन सकिन्छ ।
परिचयचिकित्सकिय भाषमा यो रोगलाई गौट भनिन्छ । अर्थात् तरल पदार्थको थोपा हो । प्राचिन समयमा जमेको यसलाई दूषित रगतका थोपाहरु रगत बाट जोर्नीहरुमा रसाउनाले हुने रोग मानिन्थ्यो । फलतः रोगको नामै गौट राखियो । खुट्टाको बूढी औँलोलाई समात्ने भएकोले यो रोगलाई पोडाग्रा पनि भनिन्छ ।
५० प्रतिशत भन्दा धेरै अवस्थामा (केशहरुमा) खुट्टाको पैताला र बूढी औँला बीचको जोर्नी रातो तातो भई सुन्निएर दुख्ने भएकाले यो रोगलाई पोडाग्रा पनि भनिन्छ । रोग बढ्दै गएपछि दुखाइ अन्य जोर्नी हरुमा पनि सर्दछ । यो रोगमा जोर्नीका वरीपरी वा अन्य तन्तुहरुमा गाठागुुठी आउने मिर्गौलाको पत्थरी र मिर्गौला फेलका लक्षणहरु पनी देखा पर्न सक्छन् । रगतमा युरिक एसिड बढ्दै गएपछि यो एसिड जमेर मोनोसोडियम युरेट क्रिष्टलको रुपमा जोर्नी तन्तु र अन्य कोमल अ¨हरुमा थीग्रीँदा जमेको क्रिष्टलले प्रदाहात्म प्रक्रिया सुरु गराउने हुँदा यो समस्या देखा पर्दछ । अधिकांश बिरामाीहरुमा यो रोगका प्रदाह हप्ता दश दिन भित्रै ठीक हुन्छ । तर ठीक भएका मध्ये ६० प्रतिशतमा वर्ष दिनभित्रै रोग दोहोरीन सक्छ । दुखाई कम भएपनि रगतमा युरिक एसिडको मात्रा नियन्त्रित नभए जोर्नीहरु क्षतिग्रस्त हुनुका साथै मिर्गौला फेल हुने नाक कान कुहिना कुर्कच्चा र अन्य तन्तुहरुमा गाँठागुँठी (गौटी–ट्रफी) आउने मिर्गौलाको पत्थरी मिर्गौला फेलियर र अन्य प्रणालीहरुमा पनि समस्या देखापर्दछ ।
लक्षणहरुःयो रोगको मूख्य लक्षण भनेको जोर्नीहरु अचानक तीव्र गतिले प्रदाहात्मक दुख्नु हो । त्यसमा पनि अधिकांश केशहरु मा रोगको सुरुवात बूढी औँलो र पैताला को जोर्नी दुखाई बाट सुरु हुुन्छ । यो रोग बढ्दै गएपछि अन्य जोर्नीहरुमा पनि दुखाई सर्दै जान्छ । दुखाईको क्रममा कहिलेकाँही ज्वरो आउने र थकान महशुस पनि हुनसक्छ । रगतमा युरिक एसिडको मात्रा नियन्त्रित नभएमा अन्य शारिरिक समस्या हरु पनि देखा पर्दछन् । जस मध्य मोनोसोडियम युरेटका क्रिष्टल हरु जमेर शरीरका विभिन्न भागहरु (जस्तै कुहिना, कान, कुर्कुच्चा र कोमल तन्तु) मा कठोर तर नदुख्ने गाँठागुठी आउँछन् यी गाँठागुठीलाई गौटको निसन्देहात्मक लक्षण मानिन्छन् ।
कारणहरुःगौटीय जोर्नी दुखाइको मुख्य कारण भनेको रगतमा युरिक एसिडको मात्रा बढ्नु हो । युरिक एसिड प्युरिन न्युक्लिक एसिड उपपाचन (मेटाओलिजम) को अन्तिम उत्पादन हो । रगतमा युरिक एसिडको मात्रा प्युरिन न्युक्लिक एसिडको उपपाचनमा आएको गडबडीको कारणले वा बनेको युरिक एसिड युरियामा परिवर्तन भएर पिसाबबाट बाहिर जान नसक्नुको कारणले बढ्दछ ।
रगतमा युरिक एसिडको मात्राः
१.युरिक एसिडको ज्यादा उत्पादन हुनाले२.बनेको युरिक एसिडको उत्सर्जन कम हुनाले३.यी दुवै कारणले बढ्न सक्छविशेषतः रगतमा युरिक एसिड मात्रा बढाउन अनुवांसिक/वंशानुगत कारणहरु, उच्चरक्तचाप, मिर्गौलाको कार्यअक्षमता, मोटोपन, पिसाब लगाउने दवाईहरुको सेवन, माछामासु अण्डा र समुद्रि खाद्यान्नको सेवन, सफ्ट ड्रिङ्कस (फ्रुक्टोज स्वीटण्ड् ड्रिङ्कस्) को सेवन , जाँड,रक्सीको सेवन, रगतमा कोलस्ट्रोल वा ट्राइग्लिसेराइड जस्ता तत्व हरुको वृद्धि श्रम र व्यायम नभएकोे निष्क्रिय जीवन , बूढेसकाल, मुटु तथा रक्त नलीका रोगहरु डर चिन्ता तनाव र उदासिनता जस्ता मानसिक समस्या अनिन्द्राका समस्या, सेक्सुअल एडिक्सन,ट्रमा तथा सर्जरी, इन्सुलिन रेसिस्टेण्ट जस्ता कारणहरुको मुख्य भूमिका छ ।
वंशानुगत कारणले हुने उच्च रक्त युरिक एसिडका लागि मुख्यतः तीन जीनहरु SLC 249, SLC 22 A12,ABCG2 जस्ता जीनहरु जिम्मेवार छन् । यी जीनहरुको क्रियात्मक उत्परिवर्तनले युरिक एसिडको उत्सर्जनका लागि मिर्गौलामा आवश्यक परिवहन नहुने हुँदा रगतमा युरिक एसिडको मात्रा बढ्छ ।
यसका अलावा मेटावोलिक सिन्ड्रोम (भूँडी लाग्नु, उच्चरक्तचाप, इन्सिुलिन रेसिष्टेण्टका कारणले देखापरेको मधुमेह , रगतमा ट्राइग्लीसराइड बढे्को र एच.डी.एल.कोलेस्टरोल कम भएको) पोलीसाइटेमिया रगतमा राता रक्तकोष बढ्ने रोग । सीसा (लेड) पोइजनी मिर्गौला फेलियर , अ¨ प्रत्यारोपण जस्ता विशेष रोगावस्ताहरुमा पनि युरिका एसिडहरुको रक्तस्तर बढ्दछ । यसैगरी केही मूत्रवर्धक औषधिहरु प्रतिरक्षा प्रणालीलाई समन गर्ने औषधिहरु, भिटामिन बी–३ र दुखाई कम गर्ने औषधिहरुको सेवन गर्दा पनि युरिक एसिडको मात्रा बढ्छ ।
कति भए बढेको ?महिलाहरुमा ६ मि.ग्रा. प्रतिडेसी लिटर (१०० मी.लि.रगतमा ६ मि.ग्रा.) पुरुषमा ६.८.मि.ग्रा. प्रतिडेसी लिटर (१०० मी.लि.रगतमा ६.८ मि.ग्रा.) भन्दा ज्यादा भएमा युरिक एसिड भएको मानिन्छ ।
निदानःयो रोगको निदानका लागी विशेषतः रगतमा युरिक एसिडको मात्रा हेर्ने गरिन्छ । पुरुषहरुमा ४२० एम.जी.÷डी.एल. र महिलाहरुमा ३६० एम.जी.÷डी.एल. ६ एम.जी.÷डी.एल.भन्दा बढेको पाइएमा गौटभएको मानिन्छ । यसका अलावा सुन्निएको जोर्नी भित्रको तरल पदार्थ (साइनो भिएल फ्ल्युड) निकालेर सूक्ष्मदर्शीय अध्ययनमा मोनोसोडियम युरेटका क्रिष्टलहरु पाइएमा गौट भएको मानिन्छ । जीर्ण रोगीहरुको जोर्नी को अवस्था थाहा पाउन एक्स रे पनि गराईन्छ ।
जोखिममा को बढीः
यो रोगको पाारवारिक इतिहास भएकाहरु गम्भीर चोट पटकबाट घाइते भएकाहरु, हालसालै अपरेशन गरेका बिरामीहरु , कम पानी पिउने हरु निर्जलता का चपेटामा परेकाहरु , डरचिन्ता उदासिनता र अनिद्राका रोगीहरु , मूत्रवर्धक प्रतिरक्षा प्रणाली समानात्मक दुखाई कम गर्ने औषधि खानेहरु , मिर्गौला ,घाटी पाश्र्व प्रभाव भएका औषधि सेवन गर्नेहरु माछा–मासु, अण्डा, सामुद्रिक खाद्य, सफ्टड्रिङ्क (फ्रुक्टोज स्वीटण्ड) जाँड–रक्सि र वियर खानेहरु भँुडी लागेका, मुटु तथा रक्तनलीका समस्याले ग्रस्त,टाएप टु डाएविटिज भएका रगतमा ट्राइग्लिसेरोइड मात्रा बढेको र एचडीएलको मात्रा कम भएका , किमो थेरापी गराएका व्यक्तिहरु यो रोगको जोखिममा छन् ।
जटिलताहरुःरगतमा युरिक एसिडको मात्रा लगातार बढिरहे यो रोगले दीर्घकालिन रुप धारण गर्दछ । रोग बढ्दै गएपछि जोर्नीहरुको वरीपरि कानमाथि , छालामुनि गौटी टोफी नामक कडा नदुख्ने गाँठगुठी आउँछन् । यसो हँुदा जोर्नीहरुको सुन्दरता नष्ट हुनुको साथै जोर्नीहरु क्रियात्मक रुपले निष्क्रिय हुन जान्छन् । यसका अलावा यो रोग लागेका १० देखी २५ प्रतिशत व्यक्तिहरुलाई मिर्गौलाको पत्थरी , मुत्र नलीको संक्रमण , रक्तचाप बढ्ने , निद्रा कचमचिने , डर चिन्ता तनाव र नैराश्यता जस्ता मनोरोगहरु पनि थपिन सक्छन् ।
निगरानीःयुरिक एसिड बढ्ने समस्या भएका हरुले बेलाबेलामा रगतमा यसको मात्राको निर्धारण गरिरहनु पर्दछ । कतिपय अवस्थामा रोग लक्षण रहित भएर भित्रभित्रै बढिरहेको हुनेहुनाले ३० वर्ष नाघेका हरु कसैले यो रोगको परिक्षण गराउन आवश्यक छ । त्यसैगरी रोग लागेका हरुले रोगले ल्याउने जटिलताहरु माथि सदैव ध्यान दिइरहनु पर्ने हुन्छ ।
परिक्षणहरुः१.मिर्गौलाको परिक्षणः– युरिया, क्रियाटिन इस्टिमेटेड ग्लोमरुलार फिल्ट्रेसन दर रगतमा सोडियम पोटासियम क्लोराइड र काइकार्वोनेटको मात्रा२.मिर्गौैलाको पत्थरी भए नभएको थाहा पाउन पेटको अल्ट्रासीनोग्राफी३.जोर्नीहरुको विकृति जान्नलाई एक्स रे
रोगको चरणरोगोपचारलाई सहायक होस् भनेर यो रोगको अवस्थालाई पहिलो, दोश्रो, र तेश्रो चरणमा विभक्त गरिएको छ ।प्रथम चरण– प्रारम्भिक चरणमा व्यक्तिमा रोगको कुनै यरिक एसिडको मात्रा बढेको हुन्छ । यो अवस्थमा रोगलाई व्यवस्थित गर्न युरिक एसिड बढ्नुको कारण पत्ता लगाएर रोगीलाई विशेषतः जीवनशैली परिवर्तन गर्न निर्देसन दिईन्छ ।
दोस्रो चरण– यो गौटको कारणले हुने जोर्नी दुखार्ई लगायतका लक्षणहरु देखिएको तर रोगको कारणले व्यक्तिलाई हुने स्थायी नपुगेको अवस्था हो । यो अवस्थामा युरिक एसिड बढ्नुका कारणहरु पत्ता लगाएर रोगीलाई जीवनशैली परिवर्तन र औषधोपचार साथसाथै चलाइन्छ ।
तेस्रो/गम्भिर अवस्था– यो अवस्थामा रोगीमा रोग मिर्गौला लगायत अन्य जोर्नीहरुमा विकृति आइसकको अवस्था हो । यो अवस्थामा रोगका कारणले व्यक्तिको दिन चर्यामा प्रभावित भईसकेको हुन्छ जीवनशैली परिवर्तन र औषधोपचारले रोग ठीक नभए रोगीलाई अलि सहज र गुणस्तरीय जीवन दिन सर्जरी पनि गर्नुपर्ने हुन्छ ।
प्राथमिक उपचारः
१.उषाः पान (पानी पिउने)रगतमा बढेको युरिक एसिडलाई पिसाबद्वारा बाहिर निकाल्न रोगीले दैनिक चार पाँच लिटर पानी पिउन आवश्यक छ । पानी पिउँदा एकैचोटीमा धेरै नपिएर थोरै थोरै गरेर पिउनु पर्छ । दिउसो घण्टा घण्टाको अन्तरालमा २/२ गीलास पानी पिउनु पर्छ ।
२.चेरी– प्रतिदिन चेरी खानाले यो रोगमा निकै लाभ पु¥याउँछ । चेरीमा गौट नामक औषधि हुन्छ । दैनिक २० देखी ३० चेरी खाने गरेमा रगतमा यृुरिक एसिड नियन्त्रण गरी गौट प्रतिरोधात्मकता बढाउँछ भने रोग भएका हरुले हरेक ४/४ घण्टामा ३०–४० चेरी खाँदा रोग नियन्त्रणमा प्रत्यक्ष फाइदा पु¥याउँछ ।
जीवनशैली उपचारः युरिक एसिड बढेर हुने जोर्नी दुखाइ अव्यवस्थित, तनावग्रस्त र असंयमित जीवनशैलीको उपज हो । रोग नलागेका हरुले संयमित जीवनशैली अपनाएर र रोग लागेकाहरुले जीवनशैली परिवर्तन भनेको भोजन , व्यायम , विश्राम, विचार र व्यवहारलाई स्वास्थ्य मैत्री हुुनेगरी ठीक ठीक समायोजन गर्नु हो ।
भोजन व्यवस्थापनःयो रोग प्यूरिन भन्ने न्युक्लिक एसिड को उपपाचनसँग सम्बन्धित छ । तसर्थ यो रोगलाग्न बाट बच्न जोखिममा परेका हरुले प्यूरिन युक्त खाद्य पदार्थ माथि परहेज गर्नुपर्छ । कहिलेकाँही मिर्गौला रोगका कारणले पनि युरिक एसिड बढ्ने हुँदा खाना मिर्गौला मैत्री हुन पनि नितान्त जरुरी छ ।
युरिक एसिड बढेकाहरुले परहेज गर्नुपर्ने खानेकुराः १.भित्री मासु विशेषतः मुटु, कलेजो, मिर्गौला, फोक्सो , थाइमस कोर्मल अंगको मासु रगती आदि२.रातो मासु विशेषतः सुँगुर, बँदेल, खसी, भेडा, च्यांग्रा, गाई, भैंसीआदि३.साना जनावर वा पशुपक्षी हरुको मासु (धेरै मात्रामा)४.एन्कोभी प्रजातीको माछा हेरि¨, साडाइनयुरिक एसिड बढेकाहरुका लागि आहार
१. खान नहुनेरातो मासु (खसी , रागो ) भित्री मासु (कलेजो,मुटु,मिर्गौला, गिदी)
माछाहरु, प्राउन, लोबस्टार
जाँड रक्सी
२.कम मात्रमा खानहुने
दूध र दूधबाट बनेका परिकार हरु
सेतो मासु (कुखुरा,हाँस तथा अन्य चराचुरुङ्गीहरुको मासु)
दाल तथा गेडागुडीहरु
कुृरिलो, काउली, पालु¨ो, गोलभेँडा, च्याउ
अण्डा,
काजु,ओखर, पेस्ता, बदाम
प्रशस्त मात्रामा खान हुने
चामल, गहुँ, मकै, आलु, पाउरोटी, चिनी
चिया, कफि
हरियो सागपात (सिमी, बोडी बाहेक)
फलफूलहरु
गाजर, काँक्रो
यूरिक एसिड बढ्दा के खाने ? के नखाने ?
रगतमा युरिक एसिड बढेर हुने जोर्नी समस्या लाई गौट–बाथरोग भनिन्छ । खान–पान र जीवनशैली सँग सम्बन्धित रोग भएकाले उचित निदान र रोगको प्रकृति, विकृति र रोगोस्थितिको उचित आँकलन पश्चात् खान–पान सुधार र जीवनशैली परिवर्तन गरेर यो रोगबाट पूर्ण मुक्ति पाउन सकिन्छ । त्यसमा पनि विशेषतः यो रोगमा पथ्य–अपथ्य (के खाने, के नखाने ?) को उचित व्यावश्थापन नितान्त आवश्यक छ । जसका लागी यहाँ दिर्ईएका केही सुझावहरू लाभकारी हुन सक्छन ।
रगतमा युरिक एसिडको मात्रा बढ्नुमा प्युरिन न्युक्लिक एसिड युक्त खाद्यान्नहरूको मूख्य भूमिका छ । यूरिक एसिडको, प्युरिन न्युक्लिक एसिड उपपाचन (मेटावोलिजम्) को अन्तिम उत्पादन हो । रगतमा यूरिक एसिडको मात्रा प्युरिन न्युक्लिक एसिडको उपपाचनमा आएको गडबडीको कारणले वा बनेको युरिक एसिड युरियामा परिवर्तन भएर पिसाबबाट बाहिर जान नसक्नाले बढ्द छ । यस्तो अवश्थामा प्युरिन न्युक्लिक एसिड युक्त खाने कुराहरू पहरेज गरी, बनेको यूरिक एसिडलाई पिसाप मार्पmत बगाएर लैजाने र यूरिक एसिडका कारणले हुने प्रदाहत्मक क्रियालाई समन गर्न सघाउने खालका खानेकुराहरू खान आवश्यक छ ।
के खाने ?
उषाः पान (पानी पिउने)
रगतमा यूूरिक एसिडको मात्रा निर्जलताको कारणले पनि बढ्ने गर्छ । बढेको यूूरिक एसिडलाई पिसापद्वारा बाहिर निकाल्न रोगीले दैनिक चार पाँच लीटर पानी पिउन आवश्यक छ । पानी पिउँदा एकैचोटीमा धेरै नपिएर थोरै थोरै गरेर पिउनु पर्छ । दिउसो घण्टा घण्टाको अन्तरालमा २/२ गीलास पानी पिउनु पर्छ । मिर्गौला विकृत भएर यूरिक एसिड बढेको भए धेरै पानी पिउन हुदैन ।
२.चेरी– प्रतिदिन चेरी खानाले यो रोगमा निकै लाभ पु¥याउँछ । चेरीमा एन्थोसाइन भन्ने तत्व हुुन्छ । यसले यूुरिक एसिडलाई न्यूुट्रलाइज गर्नुुका साथै एसिडको क्रिष्टल बन्न नदिएर गौट वाथ हुुन बाट बचाउँछ । दैनिक २० देखी ३० चेरी खाने गरेमा रगतमा यृुरिक एसिड नियन्त्रण गरी गौट प्रतिरोधात्मकता बढाउँछ भने रोग भएका हरुले हरेक ४/४ घण्टामा ३०–४० चेरी खाँदा रोग नियन्त्रणमा प्रत्यक्ष फाइदा पु¥याउँछ ।
३.स्याउः– दैनिक एउटा स्याउको सेवन यो रोगका लागि उत्तम मानिन्छ । स्याउमा म्यालिक एसिड भन्ने तत्व पाइन्छ । जसले यूुरिक एसिडलाई न्यूूट्र«लाइजेसन गर्नुुका साथै वाथ प्रकोपका दौरान हुने प्रदाहलाई पनि कम गर्छ ।
४.अमिला फलफूुल– अमिला फलफूुलमा सीट्रक एसिड पाइन्छ । जसले यूरिक एसिडलाई निश्तेज गर्न सहयोग गर्छ ।५.फाइवर्स फूड– चोकर रेशा र चोकर युक्त , खस्रा मोटा र सग्ला खाद्यको प्रयोगले रगतमा युरिक एसिडको मात्रा कम गर्न मद्दत गर्छ । हरिया तथा क्षारीय सागसब्जी , खस्रामोटा अन्न र फलफूलमा भएका रेशाहरुले युरिक एसिड अवशोषण गर्न र यसलाई पिसापबाट बाहिर निकाल्न सहयोग गर्छ
६.ज्वानाको झोलको सेवनले पनि यूरिक एसिड समनमा मद्दत पु¥याउछ ।
७.केरा, ब्रोकाउली , काँक्रो गाजर जस्ता फलफूूल तथा तरकारीहरूमा प्रशस्त एण्टिअक्सिडेण्ट र भिटामिनहरू पाईन्छ । यी फलफूूलहरूमा पाईने भिटामिन “ए”, “सी”, “ई” र “बी कम्प्लेक्स” हरूले युूरिक एसिड बाट हुने वात कम गर्न मद्दत गर्छ ।
८.आलसको तेलः – आलसको ओमेगा ३ को श्रोत हो । यसले यूरिक एसिड बढेर हुने प्रदाह कम गर्दछ ।
९.ग्रीन टी– ग्रीन टी मा एन्टीअक्सिडेण्टको प्रचुरमात्रा भएकोले यूरिक एसिडमा राम्रो मानिन्छ ।
के नखाने१.यूरिक एसिड बढेकाहरुले रातो मासु, फल मासु, ठूला जनावरका मासु, हासको मासु, टर्की को मासु मुुटु,कलेजो मिर्गौला र गिदी जस्ता भित्री अ¨को मासु खान हुँदैन , रातो मासु र भित्री मासुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा ज्यादा हुनेभएकाले यी पदार्थको सेवनले युरिक एसिडको मात्रा बढ्दछ ।
२.समुन्द्री खाद्यान्न विशेषगरी झिङ्गे माछा, प्राउन, लोवस्टोर , हेरि¨, ट्यूना,एन्कोभिज प्र्रजातीका माछाहरु र अन्य समुन्द्री वनस्पति हरुबाट निर्मित खानेकुराहरुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा बढी भएकाले यूरिक एसिड बढ्दा राम्रो मानिँदैन ।
३.मदिरा– युरिक एसिड बढ्दा रक्सि, ब्राण्डी,
वीस्की, रम जस्ता अल्कोहोलिक पेय सेवन सर्वथा वर्जित छ । मदिरा जन्य पेयले शरीरमा यूरिक एसिडको मात्र बढाउनुको साथसाथैै शरिरमा बनेको यूरिक एसिडलाई पिसाप बाट उत्सर्जन हुन पनि रोक्दछ ।
४.कोल्ड ड्रिङ्कसः– कोकाकोला , पेप्सीकोला , स्प्राइट , फेण्टा, मिरिण्डा जस्ता कार्बोनेटेड र मधुराकृत पेय हरुले यूरिक एसिडलाई बढाउछ । फ्रूूक्टोज–स्वीटण्ड– ड्रिङ्कस मह पानी ,सोडापानी पनि यूरिक एसिडका लागि राम्रो होइन । यी पेयहरुमा प्रचूर मात्रामा फ्रूूक्टोज पाइन्छ । प्रूूmक्टोजले एटीपी लाई एएमपीमा तोडेर यूरिक एसिडको उत्पादनलाई बढावा दिन्छ ।
५.दाल – गेडागुडि– दाल तथा गेडागुडिमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल पाइन्छ । यो अम्ल उपयोग पश्चात शरिरमा प्रशस्त यूरिक एसिड बन्छ ।
६.कुरिलो, फूलकोबी, बन्दाकोबी, पालुु¨ो , च्याउ र गोलभेंडा जस्ता सागपातमा अन्य सागपातमा भन्दा धेरै प्यूरिन पाइन्छ । यसका अलावा यी फलफूल र तरकारीमा आक्जलेट को मात्रा पनि ज्यादा पाइन्छ ।
७.जंक फूड– जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ । यसका अलावा जंकफूड मा हालिएको प्रीजरभेटीभ ले पनि रगतमा यूरिक एसिडको मात्रालाई बढाउन र गौट बाथको विकृततालाई बढाई समस्या ल्याउन सक्छ । जंकफूड ज्यादा खादा तौल बढ्न गई यूरिक एसिड बढ्ने समस्या आउछ ।
८.अचार (पुरानो) तामा , गुन्द्रुकसिन्की पनि राम्रो होइन ।
(लेखक चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ बागीश्वरीमा रहेको योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।)