काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवनविश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय(पनिका)बल्खुबीच बैंकले प्रदान गर्ने सेवा सुविधाहरु सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा त्रिवि, पनिकाका तर्पmबाट परीक्षा नियन्त्रक सह–प्राध्यापक पुष्प राज जोशी र ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट किर्तिपुर शाखा कार्यालयका शाखा प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौतापत्र अनुरुप त्रिभुवन बिश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालयले आफ्नो कार्यालयमा प्राप्त हुने आम्दानी, शुल्क तथा धरौटी वापतको रकमहरु दैनिक रुपमा संकलन गर्ने, क्याम्पसको हकमा काठमाडौं उपत्यकालगायतका सम्पुर्ण शाखा कार्यालयबाट समेत जम्मा गर्न मिल्ने र विधार्थीहरुको हकमा बल्खुस्थित काउन्टरबाट जम्मा हुने तथा पनिकामा कार्यरत कर्मचारीहरुको बचत खाता खोल्ने, चेक सटही सुविधा प्रदान गर्ने, नगद एवं चेक जम्मा लिने लगायतका सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध गराउने छ ।
विभिन्न सरकारी कार्यालयहरुको आर्थिक कारोबर बैंक मार्फत गर्ने गराउने सरकारको नीति अनुरुप ग्लोबल आइएमई बैंक लि.ले देशभरका विभिन्न १५ वटा सरकारी कार्यालयहरुमा आफ्नो कार्यकक्ष स्थापना गरेर कारोबार संचालन गर्दै आएको छ । हाल ग्लोबल आइएमई बैंक लि.ले विभिन्न सरकारी कार्यालयहरु, उद्योग विभाग, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजश्व कार्यालयहरु, मालपोत कार्यालयलगायतका विभिन्न १५ बटा सरकारी कार्यालयमा आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२० शाखा रहित बैंकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना १० लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिंङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा १५ लाख रुपैयाँसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ साथै अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डनलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।