काठमाडौं । प्रधानमन्त्री केपी ओली र स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउत एउटै मञ्चमा देखिएका छन् । अहिले राष्ट्रियसभागृहबाट प्रधानमन्त्री ओली र राउतले विशेष सम्बोधन गर्दै हुनुहुन्छ ।
राउत बिहीबार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए । सिके राउत तत्काल नेकपामा प्रवेश गर्ने कार्यक्रम भने नरहेको स्रोतले बतायो ।
यी हुन् सहमतिका बुँदाः
१. मुलुकको स्वाधीनता स्वीकार्ने
२. लोकतान्त्रिक प्रक्रियाबाट समस्या समाधान गर्ने
३. असन्तुष्टि समाधान गर्ने
४. सरकारले सिके राउतको संगठनको मुद्दा फिर्ता लिने
५. सिके राउतको संगठनले निकालेका किताब, गीत तथा अन्य प्रचार सामग्री प्रयोगमा नल्याउने
६. विखण्डनवादी क्रियाकलाप रोक्ने
७. संविधानको भावनाअनुसार राजनीतिक मूलधारमा आउन सक्ने
८. गएको भदौ १५ गते बाँकेमा मारिएका राम मनोहर यादवको परिवारलाई क्षतिपूर्ति र उनका परिवारका सदस्यलाई सरकारले रोजगारीको व्यवस्था गर्ने
९. घाइतेहरुलाई उपचार गर्ने
१०. सिके राउतको संगठनका कार्यकर्तामा भएको सिपलाई राष्ट्रको हितका लागि उपयोग गर्ने
११. सहमति आजैबाट लागू हुने