काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउत र सरकारबीच भएको सहमतिले राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव पार्ने बताउनु भएको छ । हत्या, हिंसा, आन्दोलन त्यागेर मुलधारको राजनीतिमा फर्किनुभएका डा. सिके राउतलाई प्रधानमन्त्री ओलीले स्वागत गर्नुभएको छ । राउतको व्यक्तित्वलाई प्रशंसा गर्दै ओलीले राजनीतिक जीवनमा राउतले लिएको अडानलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याएको भन्दै बधाइ दिनुभयो ।
सिके राउत निकै दिग्गज व्यक्ति भएको बताउँदै प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिका निम्ति छोटो समयमा सरकारसँग सहमति गर्नु उहाँको अर्को गुण र उपलब्धि भएको बताउनुभयो । सबै नेपाली एकजुट भएर विकासको बाटोमा अभिप्रेरित हुनुपर्ने पाठ सिके राउतसँग सिक्नुपर्ने उहाँको भनाइ छ । मुलुकमा २००७ साल हुँदै ०४६ र २०६२, २०६३ को आन्दोलनको स्मरण गर्दै ओलीले हिंसात्मक आन्दोलन अन्तमा गएर शान्तिमा विलय हुने बताउनुभयो । जनता सार्वभौमसत्ता सम्पन्न भइसकेको बताउँदै अबको आन्दोलन शान्तिपूर्ण र विकासमैत्री हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
सबै पेशा, व्यवसाय, जातजातीको हकअधिकार संविधानमा सुनिश्चित भइसकेको बताउँदै अबको आन्दोलन र राजनीति मुलधारको हुनुपर्ने प्रधानमन्त्री ओलीको धारणा छ । आ–आफ्ना हकअधिकार र सुरक्षाका लागि हुने सबै किसिमका आन्दोलन स्वीकार्य हुने भन्दै उहाँले शान्तिपूर्ण आन्दोलनको कल्पना गर्न सबैलाई आग्रह गर्नुभयो । मुलुकमा अराजक मच्चाउने र वितण्डा निम्त्याउने खाले कुनै आन्दोलन क्रान्ति सैह्य नहुने उहाँको भनाइ छ ।
एक फरक प्रशंगमा बोल्दै प्रधानमन्त्री ओलीले कुनै पनि मुद्दाको फैसला सरकारले नभइ अदालतले गर्ने स्पष्ट पार्नुभयो । एक पार्टी अदालतले गरेको निर्णयप्रति सरकारविरुद्ध खनिएको व्यंग्य गर्दै उहाँले राजपालाई नआत्तिन आग्रह गर्नुभयो । विप्लव नेतृत्वको नेकपालाई व्यंग्य गर्दै ओलीले नेकपा नभई ‘लुटेरा समुह’ राख्न आग्रह गर्नुभयो । प्रकाण्ड लुटेरा समुह बनाउन ओलीको आग्र थियो । नेकपाले त्यस्ता गतिविधि गर्न नसुहाउने उहाँले बताउनुभयो ।
तराईमा सिके राउतको नाम बेचेर रोटी सेकाउनेहरुका रोटी काचा रहने प्रधानमन्त्री ओलीको भनाई थियो ।
यी हुन् सहमतिका बुँदाः
१. मुलुकको स्वाधीनता स्वीकार्ने
२. लोकतान्त्रिक प्रक्रियाबाट समस्या समाधान गर्ने
३. असन्तुष्टि समाधान गर्ने
४. सरकारले सिके राउतको संगठनको मुद्दा फिर्ता लिने
५. सिके राउतको संगठनले निकालेका किताब, गीत तथा अन्य प्रचार सामग्री प्रयोगमा नल्याउने
६. विखण्डनवादी क्रियाकलाप रोक्ने
७. संविधानको भावनाअनुसार राजनीतिक मूलधारमा आउन सक्ने
८. गएको भदौ १५ गते बाँकेमा मारिएका राम मनोहर यादवको परिवारलाई क्षतिपूर्ति र उनका परिवारका सदस्यलाई सरकारले रोजगारीको व्यवस्था गर्ने
९. घाइतेहरुलाई उपचार गर्ने
१०. सिके राउतको संगठनका कार्यकर्तामा भएको सिपलाई राष्ट्रको हितका लागि उपयोग गर्ने
११. सहमति आजैबाट लागू हुने