नारी दिवसको सार्थकतासोच र व्यवहारमा समानता
सुरुवात के का लागि ?लैंगिक असमानता , अन्याय , अत्याचार र शोषण ले जन्माएको दिन हो ८ मार्च नारी दिवस। सन् १९११ देखि महिलाहरुले आवाज उठाएको दिनलाई गौरव महसुस गर्दै त्यो दिनको स्मिर्ती गर्दै महिला हरु अजै जागरुक हुनुपर्छ र आफ्नु हक आफै सुरक्षित गर्नु पर्छ भन्दै हरेक साल ८ मार्च नारी दिवस विश्वभरी नै विभिन्न कार्यक्रमका साथ मनाउँदै आइरहेको छ।
नारी दिवस मनाउनुको औचित्य महिलाहरूको हक, अधिकार र सम्मानको मात्र कुरा होइन । समाजको सोच र व्यवहारमा परिवर्तन ल्याउनु अपरिहार्यता हो किनकि विगत देखि समाजले महिला प्रति हेर्ने दृष्ट्रिकोण ,सोच र व्यवहारले गर्दा आज समाजमा महिला हिंसा , अपराध र असमानता बढिरहेको छ। सीताले दिएको अग्नि परिक्षा होस् या सति प्रथा होस् महिला माथिको अत्याचारको परकास्ठा को घटना विगत देखिने घट्दै आइरहेका छन् ।
मानिसको सिर्जना प्रकृति र पुरुषको हिसाबमा गरेको छ । समाजमा दुवैको भूमिका अपरिहार्य छ । महिला र पुरुष लाइ छुट्याएर स्रिस्टिलाइ हेर्न मिल्दैन तेसैले महिला र पुरुष भनेर विभेद गर्नु भन्दा दुवै पहिला मानव हुन् अनि तेस्पछि महिला र पुरुष हुन् भन्ने सोचको विकास हुन जरुरि छ।अस्तित्वले दिएको स्वभाव र अधिकार कसैले खोसेर खोसिँदैन । प्रेम, करुणा, सम्मान, ध्यान, परोपकार, समाजसेवाजस्ता अमूल्य कामहरूमा महिलाले हक खोजिरहनु पर्दैन । यी गुण उनीहरूलाई पहिलेदेखि नै अस्तित्वले प्रदान गरेको छ । आधा आकाश, अर्धनारीश्वर, दुर्गामाता, नारीशक्ति आदि जति पनि सम्मानसूचक शब्दहरू प्रयोगमा छन् परापूर्व कालदेखि, आजसम्म पनि तिनले उति नै महत्व राख्ने गरेका छन् ।
संस्कृत एक श्लोक यस्य पूज्यंते नार्यस्तु तत्र रमन्ते देवता। अर्थात्, जहां नारी की पूजा होती है, वहां देवता निवास करते हैं।
त्यसैले नारी दिवसको अभियान र उत्सव कुनै नारी वर्ग विशेषप्रति मात्र लक्षित नभएर लैंगिक भेदभाव न्युनिकरण गर्ने एउटा अभियान हो । लैंगिकताका आधारमा महिलामाथि भेदभाव नगरियोस् भन्ने चेतना जागृत गर्ने काम नेपालका साथै विश्वका सबै देशमा नारी दिवस मनाइन्छ । यसवर्षको अन्तर्राष्ट्रिय महिला दिवस ‘लैंगिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्ने नाराका साथ मनाइने भएको छ । मार्च ८ लागि विश्वव्यापी नारा भने ‘थिंक इक्वायल, ब्यूल्ड स्मार्ट, इनोभेट फर चेन्ज’ अर्थात् ‘समान सोचौं, स्मार्ट बनाउँ, परिवर्तनको लागि नयाँ आविश्कार गरौं’ भन्ने रहेको छ ।
समाजमा रहेका असमानताः सोच र व्यवहारमालैंगिक असमानतको मुल जड नेपालि समाजमा पितृसत्तात्मक रुडिबादि र अन्धविश्वासमा आधारित सोच र विचार हो जसका कारण व्यवहारमा विभिन्न किसिमबाट महिलाहरुलाइ विभेद गरिन्छ जुन यसप्रकार छन।
१.गर्भ र जन्ममानेपाली समाजमा महिलालाइ हेर्ने र बुज्ने अवधारणानै गलत छ छोरा बंस हो छोरी होइन र छोराले पितृ तार्छ छोरीले मिल्दैन त्यसैले छोरी भनेर थाहा पाउना साथ् भ्रुण हत्या गरिन्छ । छोरी जन्माउने दोष पुरुषले पाउनु पर्नेमा महिलालाइ लगाइ दोस्रो विवाह गरिन्छ। गर्भ अवस्थाबाट गलत सोचका कारण लैंगिक विभेद सुरु हुन्छ ।
२. पालनपोषणमा
हामी नेपालीको प्रत्येक घरघरमा छोरा र छोरीको पालनपोषणमा नै विभेद देखिन्छ । छोरालाई बोर्डिङ स्कूल र छोरीलाई साधारणा स्कूल पढाउने सोच र व्यवहार अझै पनि विद्यमान छ । स्वत्रन्ताको हक छोरालाइ भन्दा छोरीलाई कम दिइन्छ । छोरी अर्काको घरमा जाने जात भनेर बाल्यकाल देखिनै मनस्थिती कमजोर बनाइरहेको छ हाम्रो संस्कारले । छोरीले गर्न नहुने कामहरु धेरै छन् जस्तै धेरै हाँस्दा उत्तौली हुने । हरेक घरमा छोरीलाई घर अलि ढिला आउदा घरको काम नगर्दा केही न केही कुरा सुन्नु नै पर्छ जसले गर्दा आत्मविश्वास कमजोर हुँदै जान्छ । छोरा र छोरीमा भेदभाव प्रष्टैसँग देखिन्छ । छोरा र छोरी समान हुन भन्ने सोच नभएपछी बुहारी र छोरीलाई कसरी समान व्यवहार गर्न सक्छन ।
३. सामाजिक र राजनितिक मान्यतामामहिलालार्इ समाजिक र राजनीतिक दयित्वमा समान व्यवहार अझै पनि समाजले स्वीकार्न सकेको छैन समान दक्षता हुँदा महिललाइ भन्दा पुरुषलाइ दायित्व दिने प्रचलन हामी भोगिरहेका छौँ । अझै पनि दोश्रो दर्जाको नागरिकको रुपमा हेर्ने सोच देखिन्छ जस्ले गर्दा महिला को हरेक संस्थाहरुमा पहुँच कम देखिन्छ ।
४.आर्थिक व्यवहारछोराको आत्मबल र छोरीको आत्मबलमा फरक देखिने आर्थिक पाटोले पनि प्रमुख भुमिका खेली राखेको छ किनकी छोरा मेरो सम्पती भन्न पाउने अधिकार बाल्यकालदेखि राक्छ भने छोरीले माइति पक्षको केही पाउँदिन भनेर बुझिसक्छे । उसको भविष्य बिहे गरेर जाने घरबाट शुरु हुन्छ ।
सम्मान हरेक व्यक्तिले खोज्छ । आफ्नो भावनाको कदर होस् भन्ने चाहना सबैमा हुन्छ। जन्मदै हेपिएर जन्मने दलित जातिपछि महिला जाति छ हाम्रो समाजमा। मर्दको कति कति श्रीमती, खुट्टा भए जुत्ता कतिजस्ता शब्द एउटी नारीले नसुनेको विरलै होला ।
कानुनमा रहेको असमानताः
संविधानले महिला विरुद्द हुने भेदभावलाइ त्यसको परिणाम र असरसँग जोडेर हेरेको छैन। यो केवल राज्यबाट हुने भेदभावसँग मात्र सिमित रहेको देखिन्छ। सार्वजनिक जीवनमा हुने विभेदलाइ उक्त व्यवस्थाले समेट्न सकेको छैन। सार्वजनिक जीवनमा भएको असमानतालाई कानुनले रोक लगाउन सकेको छैन जस्ले गर्दा महिलाहरुले असमान व्यवहारहरु भोगिरहनु परेको छ।
संविधानले राज्यका सिदान्त नीति तथा दायित्व अन्तर्गत् लैगिंक समानता कायम गर्ने व्यवस्था गरेतापनि उक्त प्रावधान बाध्यात्मक होइन जसलाई अदालत मार्फत् कार्यान्वयन गराउन सकिँदैन भनिएको छ जसले गर्दा अन्यायमा परेका महिला हरुले न्याय पाउन गाह्रो छ।
महिलाको सहभागिता समानुपातिक कि ३३ प्रतिशत कोटा ? यो पनि राज्यले प्रष्ट गर्न सकेको छैन ३३ प्रतिशत केको आधारमा निर्धारण गरिएको हो ?
सार्थकतासोच र व्यवहारको असमानतालार्इ मानवीय र समान व्यवहारमा परिवर्तन गर्न जनतामा चेतना जगाउनु पर्छ। सोच र व्यवहारलार्इ रुपान्तरण र विकास गरेर असमानता न्युनिकरण गर्न सक्दा मात्र श्रमिक महिला दिवसको सार्थकताको पुष्टी हुन्छ। नेपाली समाजबाट लैंगिक विभेद र महिला हिंसाको अन्त्य गर्न निम्न कार्यहरु गर्न जरुरी छ।हरेक वर्ष मनाइने महिला दिवसले केही चेतनामुलक कार्यक्रमहरु गर्ने हुनाले यस्ले निम्न कार्यहरुमा सार्थकता प्राप्त गर्दछ।
१. समाज रुपान्तरण र विकासः सोच र व्यवहारमासमान सम्मान, समान आर्थिक, राजनितिक र समाजिक अधिकार राज्य र महिला सरोकार संस्थाहरुले मिलेर स्थापित गर्नुपर्दछ। सोच र व्यवहारमा परिवर्तन नभएसम्म पुर्ण रुपमा समानता भन्ने कुरा परिकल्पना पनि गर्न सकिदैन यस्ता चेतनामूलक कार्यक्रमहरुबाट मात्र समाज रुपान्तरण र विकास सम्भव छ।
२. रुढिवादी र अन्धविश्वास न्युनिकरणमहिनावारी हुनुभन्दा अगडिनै छोरीको विवाह गर्दा पुण्य प्राप्त हुन्छ दिनभरी व्रत बसेर श्रीमानको गोडाको पानि खाँदा धर्म हुन्छ। महिनावारी हुँदा छाप्रामा गएर अलग्गै बस्नु पर्छ भन्ने जस्ता अन्धविश्वास अझै विद्यमान छन् जसले गर्दा महिलाहरु पीडित छन्। छाउपडि र बोक्सि जस्ता अन्धविश्वास बोकेको हाम्रो समाजमा यी कुरितीहरुलार्इ चेतनामूलक कामहरुले र राज्यले रोक लगाउने कानुन लागू गरेमात्र न्युनिकरण गर्दछ।
३. महिला सशक्तिकरणहरेक महिला व्यक्तिगत रूपमा सशक्त हुनु पहिलो प्राथमिकता हो जसका लागि शरिरीक र मानसिक रुपमा स्वस्थ रहनु जरुरी छ। हरेक क्षेत्रमा समान सहभागिता जनाउन चाहन्छु भनेर समानताको उद्घोष गर्नका लागि सामाजिक, आर्थिक , राजनितिक र बौद्धिक क्षेत्रमा सक्षम हुन जरुरी छ यसमा महिलाहरु स्वयम पनि आफ्नो क्षमता वृद्धि गर्न प्रतिवद्ध हुनुपर्दछ भने राज्यले पनि महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरु सृजनागरी महिलाहरुलार्इ दक्ष नागरिक बनाउनु पर्दछ ।
५.कानुन प्रयोग गर्न हरेक महिला सक्षमनेपालको संविधानमै महिला हकअधिकारका सम्बन्धमा अनेकन व्यवस्था छन् । नीति निर्माणदेखि राजनीतिक सहभागिता अनि अरु धेरै पक्षबाट महिला सहभागितालाई प्राथमिकतामा राखिएको छ । कुनै पनि क्षेत्रमा महिलाले आफ्नो सक्षमता प्रस्तुत गर्न सक्ने हो भने ढोका खुल्ला छ र अवसर पनि त्यत्तिकै छन् ।अब महिलाले आरक्षणमा मात्र सीमित नभएर प्रत्यक्ष सहभागिता जनाउँदै आफ्नो क्षमता प्रस्तुत गर्न सक्नुपर्छ । समान हकका लागि आफैंले गरेर देखाउने बेला आएको छ ताकि महिला भएकै कारणले कसैले हेप्न नसकून्
र अन्तमा, अन्तर्राष्टिय श्रमिक महिला दिवस जर्मनि मार्क्सवादी नेतृ क्लरा जेटिकिनको नेतृत्वम सन् २०११ देखि शुरु भएको यो अभियानले महिलाहरुमा जागरण ल्याउन सहयोग गरेको छ ।