चमिना भट्टराईकाठमाडौँ । मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशभाको निर्वाचनमा उम्मेदवाहरु घरदैलोमा व्यस्त छन् । ललितपुर–३ मा वामगठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल शनिबार बिहान एकान्तकुनास्थित मतदाताको घरदैलोमा पुगेर भोट माग्दै थिइन् ।
बहिष्कारपछि चुनावमा पहिलो संविधानसभामा ललितपुरबाटै विजयी उनी दोस्रो निर्वाचनमा मोहन वैद्यको नेकपा क्रान्तिकारी पार्टीमा लागेपछि बहिष्कारमा लागिन् । अहिले उनी संदसमा गएर पुनः जनताको सेवा गर्ने भन्दै चुनावीे मैदानमा होमिएकी छिन् ।‘०६४ मा यहाँका जनताले मत दिएर जिताए, जनताको सेवा गरे, संसदीय क्षेत्रमा नभएको बेला पनि यहाँको जनता र यसक्षेत्रको विकास निर्माणमा लागि रहेँ’, घरदैलोमा भोटमाग्दै उनले जनता समाचारसँग भनिन्, ‘जनताको साथ म प्रति रहेकोले म जित्नेमा ढुक्क छु ।’भुसालले आफ्नो जित्ने आधारका रुपमा जनताको माया, विश्वासका साथै वामगठबन्धन भएको उल्लेख गरिन् । ‘स्थानीय निर्वाचनमा पाएको मतकै आधारमा पनि जित्ने अवस्था छ’, उनले भनिन्, ‘अझ वाम गठबन्धनले यसलाई अझ बलियो बनाएको छ ।’
यस्ता छन् एजेन्डाललितपुरको शहरी भाग उनको निर्वाचन क्षेत्र पर्छ । यस क्षेत्रको भौतिक संरचनाको व्यवस्थित विकास आफ्नो मुख्य एजेण्डा रहेको भुसालले बताएन । यहाँको कला संस्कृति र सम्पदा, पर्यटनको विकास, सडक तथा यातायात, बागमती, नख्खु, कर्मनासा कोरिडोर निर्माण जस्ता विकासमा आफू लाग्ने उनले आफ्नो प्रतिवद्धता पत्रमा उल्लेख गरेकी छन् ।
मतदाता यसो भन्छन्घरदैलोमा भेटिएका कार्यकर्ता एवम् मतदाता पनि भुसालले जित्नेमा पूर्ण विश्वस्त देखिन्थे । ललितपुर क्षेत्र नम्बर ३ की मतदाता शोभा महर्जनले भनिन्, ‘पम्फा दिदीले पहिला पनि राम्रो काम गर्नु भएको थियो, अहिले पनि गर्नुहुन्छ, उहाँ यस क्षेत्रको लागि आवश्यक नेता हो ।’‘संविधान कार्यान्वयन गर्न र ललितपुर क्षेत्र नम्बर ३ को विकासका लागि पम्फा भुसालको विकल्प अरु हुन सक्दैन, उहाँले पहिला पनि यहाँका जनताको पक्षमा काम गर्नुभएको छ’, यस्तै घर दैलोमा नै भेटिएका पूर्णमणि पौडेल भने, ‘फेरि पनि उहाँले राम्रो काम गर्नुहुन्छ, हामी उहाँका साथै सबै वामगठबन्धनका उम्मेदवारलाई जिताउँछौं ।’
वाम मिलेपछि उत्साहघरदैलोमा भेटिएका सबैमा उत्साह देखिएको थियो । एमालेको सूर्य चिन्ह र माओवादीको हसियाँहथौडासँगै फहराएका थिए । कुनै दिन एमाले र माओवादीबीचमा रहेका कटुतापूर्ण व्यवहार संयुक्त घरदैलोले भुलाइदिएको थियो ।ललितपुर–३ मा पम्फासँग कांग्रेसका उम्मेदावार मदन अमात्य निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । ‘पम्फा यो निर्वाचनमा ललितपुरका लागि सबै भन्दा राम्रो उम्मेदवार हो, उहाँको तुलना यस क्षेत्रमा कसैसँग पनि हुँदैन’, घरदैलोमा उत्साहित देखिएकी कुमारी खरेलले भनिन्, ‘अर्को कुरा उहाँ महिला भएको कारण पनि हामी महिला मतदाता उहाँको पक्षमा छौं ।’