हुमाकान्त पोखरेलगुल्मी । सत्यवति गाउँपालिका –८ भार्सेका तीन युवा भैँसीपालनमा आकर्षीत भएका छन् । ५४ वर्षीय कुमबहादुर राना, ४८ वर्षीय नन्दु र ३६ वर्षीय निर्मल बुढाथोकी भैँसीपालनतर्फ आकर्षीत देखिएका हुन् । बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म उनीहरु निकै व्यस्त देखिन्छन् । दिनभर तीन पटक गोवर पाल्ने, भैसी दुहुने, दुध तताउने, महि पार्ने, घिउ र दुध बोकेर गाउँ पुग्नेमै उनीहरुको दिन जाने गरेको छ ।
त्यसैमा भैसीलाई घाँस पानी, कुडो र वनको काम फुर्सद हुने कुरै भएन् । परदेशबाट फर्किएका तीन जना युवाले भार्सेको लामाचौरमा भैसी फर्म संचालन गरेका छन् । २०७२ सालबाट संचालन भएको फर्ममा अहिले ७२ वटा भैँसी र पाडापाडी रहेका छन् । अहिलेसम्म थाप्ले–लामाचौर लिमी पारकोटे भैँसी फर्ममार्फत आफूहरुले करिब ३३ लाख खर्च गरेको संचालक कुमबहादुर रानाले बताउनुुहुन्छ । कुमबहादुर २३ महिना कतार बसेर नेपाल आउनुभएको हो । निर्मलसँग २ वर्ष मलेसिया र केही समय कतारमा काम गरेको अनुभव छ । भने नन्दु पनि २ वर्ष कतारमा काम गरेको अनुभव छ ।
तीन जना मध्ये दुई जना फर्ममा बस्छन् । प्रत्येक दिन एक जना गाउँ पुग्ने नियम छ । उनीहरुले बिहानको दुध बेच्दैनन् । त्यो घिउको लागि हो । साँझमा दैनिक १८ देखि २० माना दुध हुन्छ । डेढ दुई माना घिउ । माग भएको घरमा आफैले बोकेर पुग्छन्।
भने अर्को दिन घरघरमा छोडेका भाँडा उठाउँदै फर्म पुग्ने नियम छ उनीहरुको । गाउँमा माना चल्छ । एक माना दुधको ५० रुपैयाँ मुल्य पर्छ । एक माना घिउ ६ सय रुपैयाँ । दुधबाट मात्रै मासिक ३० हजार र घिउँबाट १८ देखि २० हजार आम्दानी हुने गरेको बुढाथोको भनाई छ ।
लैना भैसीदेखि सुकुटीसम्म बिक्रीथाप्ले लामाचौर भैसी फर्मबाट दुघ, घिउ, पाडा, लैना भैसीदेखि सुकुटीसमेत बिक्री हुने गरेको छ । फर्ममा ७२ वटा भैसी छन् । ती मध्ये ५० भन्दा बढि भैसी २४ घन्टानै जंगल बस्छन् । दुध दिने १०÷१५ वटा भैसी मात्रै गोठमा ल्याउने र जंगल लैजाने गरिएको संचालन नन्दु बुढाथोकी बताउनुहुन्छ ।
जंगल भएकाहरुको घाँस पानीमा कुनै समस्या हुँदैन् । जंगलमा भएका १५ एउटा भैसी व्याउने छन् । लैनो भैसीको मुल्य ५० हजार हो । प्राय जेठदेखि असार–साउन बढि भैसी व्याउँछन् । उनले गत वर्ष पाँच वटा लैनो भैँसी बेचिएको बताए । त्यो सँगै पाडाहरु पनि बेच्ने गरिएको बुढाथोकीले सुनाए ।
एक वर्षको पाडाको मुल्य २० हजार छ । उनले नव्याउने र उल्टिरहने समस्या भएका भैँसीहरुलाई पशु प्राविधिक मार्फत परिक्षण गरेर काट्ने र सुकुटी बनाएर बेच्ने गरिएको बताए । सुकुटीको मूल्य प्रति केजी दुई हजार रहको छ । त्यस्तै उनीहले भैँसीको मलसमेत एक ट्याक्टरको पन्ध्र सय रुपैयाँमा बिक्री गर्दै आएका छन् । अब त्यहि मलको प्रयोग गरेर विभिन्न प्रकारका तरकारी खेती गर्ने सोँच बनाएको बुढाथोकीले बताउनुहुन्छ ।
बाघको चुनौति खेप्दैउनीहरुले लिमी पारकोट जातको भैँसी पालेका छन् । त्यो भैँसी प्राय लेखमै बस्न रुचाउँछ । त्यसैले पनि अधिकांश जंगलमै छोडिएको छ । उनीहरुलाई दाना, पानी र अरु व्यवस्थान गर्नु पर्दैन । चिसोमा भएकाकारण रोग पनि लाग्दैन् । तर बाघले दुःख दिने गरेको छ । भर्खर व्याएका पाडापाडी, सुत्केरी भैँसी र व्याउने समय भएका भैँसीहरुलाई बाघले आक्रमण गर्ने गरेको निर्मल बुढाथोकी बताउनुभयो ।
अहिलेसम्म १०-११ वटा भैँसी र पाडापाडी आक्रमण गरि मारेको उहाँको भनाई छ । एक समूहमा २२ वटा भैसी रहेका छन् । उनीहरुलाई समुह–समुह बनाएर जंगल छोडिएको छ । चरणका लागि धेरै टाढासम्म पुग्ने भएकाले आफूहरुको दैनिक निगरानीमा नहुने बुढाथोकीको भनाई छ ।
थप लगानी गर्न उत्साहितभैँसी फर्मको अझै १० लाख ऋण छ । तर तीन जनानै उत्साहित छन् । बरु थप लगानीको गरिरहेका छन् । अहिले बुंगुर पालन शुरु गरेका छन् । त्यो संगै व्यवस्थित रुपमा लोकल कुखुरा पाल्ने योजना रहेको कुम बहादुर रानाले बताउनुभयो ।
उहाँका अनुसार वडादेखि गाउँपालिका स्तरबाट पनि सहयोग मिलेको छ । जसका कारण अर्को व्यवस्थित गोठ निर्माणको योजना आपूmहरुको रहेको रानाले बताउनुभयो । आफुहरुको धेरै योजना र चाहना भएपनि छोराहरुले नगर्ने र गाउँमा कामदार समेत नपाइने भएकाले समस्या भएको बताउनुभयो