कुनै देशका नागरिकको पहिचान नागरिकता । जसले उसलाई सहर्ष पुष्टि गरेको हुन्छ । नागरिकता बलियो प्रमाण पनि हो कुनै देशको नागरिक भन्नलाई । कानुन अनुसार विभिन्न मुलुकका फरक–फरक आधार पनि होलान् नागरिक पहिचान गर्ने तर, हरेक देशले आफ्नो नागरिक पहिचान गर्न निश्चित प्रमाणपत्रलाई दस्ताबेज मानेको हुन्छ । नेपालको हकमा यो देशको नागरिक बन्न नागरिकता बलियो आधार हो ।
यहाँ बिश्लेषण गर्न खोजिएको बिषय सिराहा केन्द्रीत छ । जहाँ स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद्को बैठक बसेको छ । बैठकमा सहभागी बन्न नागरिकता अनिवार्य रुपमा ल्याउन भनिएको छ । कारण के हो ? नागरिकता अनिवार्य ल्याउनुपर्ने पुष्ट हुन सकेको छैन । सिके राउतकै आधिकारिक पेज (Dr. ck raut) को स्टाटसलाई आधार मान्दा समेत नागरिकताको अनिवार्य कारण खुलाइएको छैन । नागरिकता नल्याएका व्यक्तिहरु कार्यक्रममा सहभागी हुन पाउने÷नपाउने स्पष्ट खुलाइएको छैन ।
सरकारसँग ११ बुँदे सहमति गरेर राष्ट्रिय मुलधारको राजनीतिमा आएको भनिएका सिके राउतले गरिरहेका क्रियाकलापप्रति सरकार अनविज्ञजस्तै बनेको छ । मुलधारको राजनीतिमा आएको भनिएको स्वतन्त्र मधेस गठबन्धनले आफ्ना कार्यकर्तालाई यस्तो ह्विप गर्नुको पछाडि के छ रहस्य ?राष्ट्रिय परिषद्को बैठक कक्षभित्र मोबाइल फोन समेत बन्देज गरेकोे छ । जनता समाचार डटकमले पछ्याइरहेको यो बिषयमा अघिल्लो पटक सिकेले मधेसी जनताको मन पगाली रहेका त छैनन् भन्ने समेटेका थियौँ । के हुनसक्छ अरु रहस्य ?
मुुलधारको राजनीतिमा आएका स्वतन्त्र मधेस गठबन्धन संयोजक राउतले अहिले झनै खुला रुपमा मधेसमा आफ्ना गतिविधि सञ्चालन गरिरहेका छन् । सरकारसँग सम्झौता गरेकै दिन मधेश छिरेका राउतलाई त्यहाँ भव्य स्वागत गरियो । विखण्डनकारी नारा घन्किए, बुलेट प्रुफ ज्याकेटमा सजिएका राउतका सुरक्षा दस्ताले पत्रकारलाई दुव्र्यवहार समेत गरे । यी सबै बिषय, क्रियाकलाप के का लागि ? सरकारले सोच्ने बेला आएन की, समय नभएको ?
आइतबार परिषद्को बैठक सकिएपछि विस्तारित बैठक हुने त्यसपछि गठबन्धनका संयोजक मधेस दौडाहमा निस्किने बताइएको छ । परिषद्को बैठक दुई दिनसम्म चल्नेछ । ४ गते परिषद्को बैठक सकिएपछि सप्तरीबाट गठबन्धनको र्याली निस्किने छ र लहानमा राउतलाई नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको छ । यी यावत् क्रियाकलापले सिकेका गतिविधिप्रति शंका पक्कै छ ।