काठमाडौं । बागलुङको बुर्तिबाङबाट देखि गण्डकी प्रदेशको राजधानी पोखरासम्म निःशुल्क बस सेवा सञ्चालन भएको छ ।
ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको निजी लगानीमा बस–सेवा सञ्चालनमा आएको हो । ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक, शारिरीक रुपमा अपांग, एकल महिला र जटिलखालका विरामीहरुका लागि निःशुल्क बस सेवा सञ्चालन गरिएको छ ।
ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीले मंगलबार पत्रकार सम्मेलन गर्दै नगरक्षेत्रका जेष्ठ नागरिक, अपांगता भएका नागरिक र जटिलखालमा विरामीहरुका लागि जिल्ला सदरमुकाम बागलुङ र गण्डकी प्रदेशको राजधानी पोखरासम्म आफ्नो व्यक्तिगत खर्चमा निःशुल्क यातायात सेवा प्रदान गर्ने घोषणा गर्नुभएको हो ।
मेयर नेपालीले भन्नुभयो, 'नगरस्तरमा बसोबास गर्ने बृद्धा, गरिब, दलित, विपन्न र जटिल प्रकारका रोगीले यो सेवा लिन पाउँछन् । स्थानीय तहको चुनावका बेला मेयर नेपालीले जनतासमक्ष निःशुक ऐम्बुलेन्स सेवा, बस–सेवा सञ्चालन गर्ने घोषणा गर्नुभएको थियो ।'
नगर प्रमुख नेपालीले भन्नुभयो ‘नगरगक्षेत्रमा बसोबास गर्ने गरिब, दलित, विपन्न, पिछडिएका, असहाय, अपाङ्गता भएका नागरिकहरुको निःशुल्क यातयात सेवा सञ्चालन भएको छ । सेवा दिर्घकािलन बनाउन ५ सदस्यीय कार्यविधि निर्माण समिति समेत गठन गरिएको छ ।’ सेवा लिएको आधारमा मासिक व्यक्तिगत खर्चबाट समितिलाई रकम भुक्तानी दिने उहाँको भनाई छ ।
कसरी लिने सेवा ?- ढोरपाटन नगरपालिका अन्र्तगतका बासिन्दाले यो सेवा लिन सक्नेछन् ।
- बुर्तिबाङमा रहेका जुनसुकै यातयात समितिबाट सेवा उपलब्ध छ ।
- सेवा लिने नागरिकले आफ्नो परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि समितिलाई बुझाई लिनुपर्ने छ ।
- शुरुका दिनमा परिचय पत्र खुल्ने कागजात माध्यमबाट सेवा लिने भएपनि पछि परिचय पत्रको व्यवस्था ।
नेपालीका योगदान ?
राज्यबाट प्राप्त हुने सेवा सुविधासमेत नलिएर जनताको सेवामा लागिरहेका मेयर नेपालीले बागलुङ पश्चिमका स्थानिय तहहरुमा आफ्नै व्यक्तिगत लगानीमा विद्यालयहरुमा शिक्षकको व्यवस्था, अक्षय कोष स्थापना, बाढी, पहिरो, आग्नि पीडित, गरिब, दलित, विपन्न परिवार, विपत्तीमा परेकाहरुलाई आर्थिक सहयोग, सामाजिक क्लव संघसंस्थाहरुको भवन निर्माण लगायतका सामाजिक कार्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ ।
ढोरपाटन नगरपालिकासहित बडीगाड, निसीखोला, गलकोट नगरपालिका र तमानखोला गाउँपालिकाका विद्यालयहरुमा व्यक्तिगत रुपमा आफूले तलव, भत्ता दिने गरी करिव ५५ जना भन्दा बढी शिक्षकको व्यवस्था, अक्षय कोषको स्थापना, कम्प्युटर सहयोग, क्लव तथा आमा समुह लगायतका सामाजिक संघ संस्थाहरुको भवन निर्माणमा आर्थिक सहयोग गर्दै आउनुभएको छ । मेयर नेपालीले खरको छानो भएका, बाढी तथा पहिरोका कारण घरवास गुमाएका गरिव, दलित तथा विपन्न ४ सय ६० घरपरिवारलाई आफ्नै व्यक्तिगत लगानीमा घर छाउनका निम्ती जस्तापाता उपलब्ध गराइसक्नुभएको छ ।