हरेक वर्ष मार्च २४ तारिखका दिन विश्वभरीका देशहरुमा मनाइने विश्व क्षयरोग दिवस नेपालमा पनि यस वर्ष ‘समय अबकोः क्षयरोग अन्त्यको’भन्ने नाराकासाथविश्व क्षयरोग दिवस मनाइँदै छ ।
हरेक वर्ष मार्च २४ तारिखका दिन विश्वभरीका देशहरुमा मनाइने विश्व क्षयरोग दिवस नेपालमा पनि यस वर्ष ‘समय अबकोः क्षयरोग अन्त्यको’भन्ने नाराकासाथविश्व क्षयरोग दिवस मनाइदै छ ।
क्षयरोगको परिभाषाः
क्षयरोग अथवा टिबी माइकोव्याक्टेरियम ट्युबरकुलोसिस नामक किटाणुवाट अत्यन्त छिटो सर्ने रोग हो । क्षयरोग जुनसुकै उमेरका व्यक्तिलाई पनि लाग्न सक्छ ।तर रोगसंग लड्ने क्षमता कम भएकालाई सजिलै आक्रमण गर्दछ । क्षयरोगले शरीरको रोगसंग लड्ने क्षमता घटाउँछ । रोगसँग लड्ने क्षमता नष्ट भएपछि जुनसुकै रोगको संक्रमण भई ज्यान समेत लिन सक्छ । अझ क्षयरोग संगै एच.आई.भी. को समेत संक्रमण भएमा निको हुन गाह्रो हुन्छ, दीर्घरोगी हुनुकासाथै सानै उमेरमा अकाल मृत्यु हुन सक्छ ।
सन् १८८२ मा डा.रबर्ट कोच नाम गरेका बैज्ञानिकले ‘माइकोव्याक्टेरियम ट्युबरकुल’ नामक किटाणुवाट क्षयरोग लाग्ने तथ्य पत्ता लगाएका हुन् । त्यसकारण माइको व्याक्टेरियम ट्युबरकुललाई ‘कोच ब्यासिलस’ पनि भनिन्छ ।
क्षयरोगका किसिमः
१.पल्मोनरी टिबी (फोक्सोमा हुने क्षयरोग) फोक्सोमा मात्र लाग्ने क्षयरोग हो, जसमा रोगका किटाणुले फोक्सोमा संक्रमण गरेमा पल्मोनरी अथवा फोक्सोको क्षयरोग हुन्छ ।
२.एक्स्ट्रा पल्मुनरी टिबी फोक्सो वाहेकका अंगमा लाग्ने क्षयरोग हो, जसमा मष्तिष्क, मृगौला, हाड, जोर्नी,मुत्र प्रणाली, रगत, जनेन्द्रीय प्रणाली इत्यादि पर्दछन् ।
चेकजाँच र नियमित औषधि सेवन गरे क्षयरोग निको हुन्छ
सर्ने तरीकाः
क्षयरोग संक्रमित व्यक्ति स्वस्थ्य व्यक्तिसंग लामो समयसम्म संगै वस्दा श्वास–प्रश्वास गर्दा,खोक्दा, हाच्छिउँ गर्दा, बोलचाल गर्दा हवाका माध्यमवाट स्वस्थ्य व्यक्तिमा क्षयरोग सर्दछ । क्षयरोगवाट संक्रमित व्यक्तिले श्वास फेर्दा क्षयरोगका किटाणु हवामा फैलिन्छन् र श्वास–प्रश्वासको माध्यमद्वारा स्वस्थ्य व्यक्तिका शरीरमा प्रवेश गरेमा क्षयरोग सर्न सक्दछ ।
- दुइ हप्ता भन्दा बढी समयसम्म खोकी लाग्नु ।
- ज्वरो (साँझपख बढी) आउनु ।
- खकारमा रगत वा रगतका छीटा निस्कनु ।
- खान मन नलाग्नु, विना कारण शरीरको तौल घट्नु ।
- कमजोरी हुनु ।
- रातीमा पसिना आउनु ।
- छाती दुःख्नु ।
- परीक्षणमा क्षयरोगका किटाणु पत्ता लाग्नु ।
- उपचार नभए मृत्यु समेत हुनु ।
चिन्ह र लक्षणहरुः
निम्न प्रमुख चिन्ह तथा लक्षणहरुवाटक्षयरोगको संक्रमण भएको शंका गर्नु पर्दछ, तर एक्स रे, छालामा गरिने क्षयरोग परीक्षण (मन्टु टेष्ट),खकार तथा रगत परीक्षण नगरी क्षयरोग ठह¥याउन सकिदैन । वास्तवमारगत, खकार परीक्षणवाटै क्षयरोगको निदान गर्न सकिन्छः
- सूर्तिबाट वनेका कुनैपनि पदार्थ,मदिरा, लागुपदार्थ वा औषधि सेवन नगर्ने र शुरु गरेको भए तुरुन्तै छोड्ने ।
- शिशु जन्मनासाथ सकेसम्म चाँडै एकवर्षभित्र बि.सि.जी खोप दिने ।
- दुई हप्ता भन्दा लामो समयसम्म खोकी र ज्वरो आएमा नजिकको स्वास्थ्य संस्थामा परीक्षण गर्ने
- स्वास्थ्यकर्मीको परामर्शमा नियमितरुपमा नविराइकन ६ देखि ८ महिनासम्म निःशुल्क प्राप्त हुने औषधि सेवन गर्ने ।
- औषधि सेवन शुरुगरेपछि स्वास्थ्यकर्मीको सल्लाह अनुसार समय–समयमा परीक्षण गर्ने ।
- स्वस्थ जीवनका लागि क्षयरोगीले अनिवार्यरुपमा एच.आई.भी.परीक्षण गर्ने र एच.आई.भी संक्रमितले अनिवार्यरुपमा क्षयरोगको परीक्षण गर्ने ।
- क्षयरोगका विरामीलाई घरपरिवार, आफन्त वा स्याहारकर्ताले राम्रोसंग स्याहार, मायाँ–ममता र सरसफाईमा ध्यान दिने ।
- घरमै तयार गरेका खाद्यपदार्थ, हरिया तरकारी, दूध, फुल, गेडागुडीकारस खाने ।
- क्षयरोग नियन्त्रण कार्यक्रममा समय–समयमा सुपरिवेक्षण/अनुगमन गरी प्राप्त प्रतिवेदनका आधारमा प्रभावकारी सुधार गर्दै लैजाने ।
रोकथाम/नियन्त्रणः
क्षयरोेग बालबालिकादेखि सवै उमेरकालाई, घरमा,स्कूलमा, कामगर्ने कार्यालय वा स्थानमा र भीडभाड हुने सार्वजनिक स्थानमा संक्रमण गर्ने जटिल सरुवा रोग भएपनि निम्नलिखित उपाय अपनाएमा यसलाई सजिलै रोकथाम÷नियन्त्रण गर्न सकिन्छः
क्षयरोगको उपचारः
- क्षयरोग लागेको शंका लाग्नासाथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखी निःशुल्क खकार/रगत परीक्षण गर्ने ।
- क्षयरोगको उपचारमा जम्मा ४ किसिमका औषधि सेवन गराइन्छ । औषधि महंगो भएपनि सरकारले क्षयरोगीलाई आवश्यक पर्ने पूरा अवधिकालागि पूरा मात्रामा औषधिहरु निशुल्क वितरण गरेको छ । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी(डट्स) पद्घतिमा रहेका यी औषधि नियमितरुपमा बीचमा नछुटाईकन ६ देखि ८ महिनासम्म सेवन गरेमा क्षयरोग पूर्णरुपमा निको हुन्छ । घरवाट टाढा जानु परेमापनि औषधि लिएर गई सेवन शुरु गरेपछि विरामीलाई आराम हुदै जान्छ,तर निको भयो भनी औषधि खान छोडेमा जटिल समस्या आउन सक्छ ।
- स्वास्थ्यकर्मीको परामर्श लिई औषधि सेवन र समय समयमा सम्पर्क राख्नु पर्दछ । किनभने औषधि सेवन गर्न शुरु गरेपछि समय–समयमा परीक्षण गर्नु पर्ने हुन्छ ।
- सूर्तिजन्य पदार्थ, लागु औषधि वा पदार्थ र मादक पदार्थ सेवन गर्नु हुँदैन ।
- स्वास्थ्यकर्मीको सल्लाह अनुसार क्षयरोगको औषधिसंगै अन्य रोगका औषधि सेवन गर्न सकिन्छ ।
क्षयरोग नियन्त्रणमा समस्याः
नेपालमा सरुवा रोगबाट देखिएका जनस्वास्थ्य समस्यामध्ये क्षयरोग छैठौं स्थानमा छ । विश्व स्वास्थ्य संगठनले नेपालमा वर्षेनी ४४००० भन्दा बढी व्यक्ति क्षयरोगवाट संक्रमित हुने अनुमान गरेको छ भने २०५०० भन्दा बढी व्यक्तिहरुमा फोक्सोको क्षयरोग संक्रमण भएको अनुमान गरेको छ । स्वास्थ्य सेवा विभागको २०७३/७४को प्रतिवेदन अनुसार क्षयरोगवाट झण्डै ३२००० जति फोक्सोका क्षयरोगी पाइएका छन् ।सन् २०१६ सम्ममा क्षयरोगवाट झण्डै ६००० जति विरामीको मृत्यु भएको छ । तर क्षयरोगको निदान ७०% र ८५% मात्र उपचार सफल हुने गरेको पाईएकोले पहिचान हुन वाँकी संक्रमितहरुको संख्या अति धेरै भएको सजिलै अड्कल गर्न सकिन्छ ।सन् २००१ देखि अधिराज्यभरी प्रत्यक्ष निगरानीमा औषधि गरिने (डट्स)प्रणाली लागु भईसकेपनिक्षयरोगका विरामीको पहिचान, परीक्षण, उपचार व्यवस्थामा कमी छ ।
- संंगठनात्मक संरचना र कार्यक्रमः नेपालमा क्षयरोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत राष्ट्रिय क्षयरोग केन्द्रको स्थापना गरी कार्य सञ्चालन गरिएको छ भने दक्षिण एशियाली राष्ट्रहरुको सहयोग संगठनस्तरीयक्षयरोग नियन्त्रणमा काम गरेपनिशंकास्पद विरामीको गुणस्तरीय परीक्षण तथा पूर्ण उपचारको कमी नै देखिन्छ ।
- क्षयरोग नियन्त्रणमा जनचेतनाको कमीः अधिराज्यका विभिन्न तहका अधिकांश नागरिकलाई शंकास्पद विरामीले निशुल्क परीक्षण तथा उपचार सुविधा कहाँ र कसरी पाउन सकिन्छ भन्ने जानकारीनै छैन । क्षयरोगवारे स्वास्थ्यशिक्षा, सुचना तथा सञ्चार कार्यक्रम मार्फत व्यापक जनचेतना पुग्न सकेको छैन।
- क्षयरोगका विरामीलाई सुविधाको कमीः भौगोलिक दुर्गम स्थानका क्षयरोगीमैत्री डट्स उपचार केन्द्रको कमी छ, यसले गर्दा विरामीलाई धेरे टाढा–टाढा पुगेपछिमात्र परीक्षण तथा उपचारपाइने हुँनाले पनि पूर्णरुपले उपचार गर्नअप्ठ्यारो भएको छ ।
- क्षयरोगका किटाणुले औषधिमाथी शक्ति बढाउने (मल्टी ड्रग रेसिष्टेण्ट टिबी)ः क्षयरोग नियन्त्रणमा मल्टी ड्रग रेसिष्टेण्ट क्षयरोग हुनु ठूलो चुनौती हो । किनभनेक्षयरोगको उपचारमा दिइने रिफाम्पिसिन,आइसोनियाजाईड, पाईरिजिनामाइड र ईथाम्बुटोल गरी ४ किसिमका औषधि मध्ये रिफाम्पिसिन र आइसोनियाजाईड कम्तीमा दुई किसिमका औषधिमाथी क्षयरोगका किटाणुले शक्ति पैदा गरेमा त्यसलाई ‘मल्टी ड्रग रेसिष्टेण्ट क्षयरोग’ भनिन्छ र निको पार्न मुश्किल पर्छ । यदि क्षयरोगका विरामीले स्वास्थ्यकर्मीको सल्लाह अनुसारका औषधि नियमितरुपमा औषधि नखाएमा, एक पटक शुरु गरेपछि पूरा औषधि नखाइृ बिचैमा छोडेमा, घर बाहिर यात्रा गर्नु पर्दा औषधि नलगी खान छुटाएमा यस्तो समस्या आउँछ ।नेपालमा यस्तो खतरनाक मल्टी ड्रग रेसिष्टेण्ट टिबीको समस्या बढ्दै गईरहेको छ ।
- क्षयरोग र एच.आई.भी.सह–संक्रमणः नेपालमा क्षयरोग र एच.आई.भी.संगसंगै संक्रमण समस्या बढ्दै गईरहेको छ । क्षयरोग र एच.आई.भी संक्रमितमा रोगसंग लड्नसक्ने क्षमता हराउदै जान्छ र जुनसुकै रोगले पनि सजिलै संक्रमण गर्न सक्दछ । त्यसकारण क्षयरोगीलाई एच.आई.भी.संक्रमण हुन गएमा र एच.आई.भी. संक्रमितलाई क्षयरोगको संक्रमण भएमा व्यक्तिको शारीरिक, आर्थिक, पारिवारिक र सामाजिक अवस्था समेत नाजुक वन्न सक्छ । अचेल एच.आई.भी. संक्रमित व्यक्तिमा क्षयरोगको संक्रमण समेत बढेको छ र क्षयरोग÷एच.आई.भी.संक्रमणको कारणले मृत्यु हुनेको संख्या पनि बढेकोले मुलुककै सामाजिक तथा आर्थिक अवस्थामा नकारात्मक असर परेको छ । एच.आई.भी. संक्रमित व्यक्तिहरुमा क्षयरोगको संक्रमण हुने दर १०% भन्दा बढी हुन्छ ।
- क्षयरोगको सर्वेक्षणः क्षयरोगका नयाँ विरामीको पहिचान गर्न, उपचार शुरु गरी नियमित गर्न र उपचारमा रहेका विरामीलाई पूरा औषधि सेवनमा परामर्श दिनुनै क्षयरोग नियन्त्रणको महत्वपूर्ण कदम हो ।तर मुलुकभरीका सवै क्षयरोगीको पहिचान,परीक्षण गरी उपचार गर्न सकिएको छैन भने पहिचान गरिएका विरामीको ८५% मात्र सफल उपचार हुने साथै १७००० भन्दा बढी नयाँ र छिपेर वसेका क्षयरोगीको खोजपडताल भएको छैन ।
- क्षयरोगको सफल उपचारः नेपालसरकारले निःशुल्क वितरण गरिएका औषधि नियमित सेवन गरेको खण्डमा मात्र क्षयरोगको उपचार सफल मानिन्छ ।तर ८५ % मात्र भएको क्षयरोगको सफल उपचारदर भएकोले पनि उपचारमा समस्या छ ।
- क्षयरोग तथा क्षयरोगीको व्यवस्थापनः मुलुकमा क्षयरोगको नियमित र पूर्णरुपमा परीक्षण, परामर्श र उपचार गर्न ४३४४ जति उपचार केन्द्र र उपकेन्द्र समेत सञ्चालित छन् । ती केन्द्रवाट क्षयरोगीलाई नियमित र पूरा अवधिसम्म औषधि खानु पर्ने, घर वाहिर कतै जानु पर्दा औषधि लिएर जानु पर्ने कुरामा राम्ररी परामर्श दिइएको पाइदैन ।क्षयरोग नियन्त्रण कार्यक्रममा स्वास्थ्य सञ्जाल लगायत समुदायस्तरसम्म अभिमूखीकरण÷तालिम,शंकास्पद क्षयरोगीको परीक्षण, परामर्श तथा उपचार व्यवस्थापनमा कमी देखिन्छ ।
- सुपरिवेक्षण तथा अनुगमनः क्षयरोग नियन्त्रण कार्यक्रममा सवै सरोकारवालालाई अभिमूखीकरण, आधारभूत÷ पुनर्ताजगी तालिम दिइयो कि दिइएन ?खोजपडताल,परामर्श,परीक्षण र उपचार गुणस्तरीय छ कि छैन ? सुधारकालागि सुपरिवेक्षण तथा अनुगमन अत्यन्त फितलो देखिन्छ ।
क्षयरोग जुनसुकै उमेरका व्यक्तिलाई पनि लाग्न सक्छ
क्षयरोगका विरामीको स्वास्थ्य प्रवर्द्धन
- दुई हप्तासम्म खोकी र ज्वरो आएमा नजिकको स्वास्थ्य संस्थामा परीक्षण गर्न जाने ।
- क्षयरोग जटिल सरुवा रोग भएपनिस्वास्थ्यकर्मीको परामर्शमा निःशुल्क पाइने परीक्षण, परामर्श र औषधि नियमितरुपमा पूरा समय (६ देखि ८ महिना)सम्म सेवन गरेमा निको हन्छ ।
- सूर्ति मिसाएर वनाईएका कुनै पनि पदार्थ, लागु पदार्थ वा औषधि र मादकपदार्थ सेवन नगर्ने, यदि सेवन गरेको भएमा तुरुन्तै छोडिदिने ।
- घरवाट टाढा जानु परेमापनि साथमा औषधि लगी नछुटाईकन खाने, बिचैमा औषधि खान छोडेमा मल्टी ड्रग रेसिस्टेण्ट टिबी हुन सक्छ, यो अत्यन्त जटिल अवस्था हो ।
- सधैं खाने खानेकुरा, गेडागुडीकोरस, दूध,फुल, नजिकै पाईने र मौषम अनुसारका फलफूल खाने
- क्षयरोगीले अनिवार्यरुपमा एच.आई.भी.परीक्षण गर्नु पर्दछ र एच.आई.भी संक्रमितले अनिवार्यरुपमा क्षयरोगको परीक्षण गर्नु पर्दछ । यदि एच.आई.भी. संक्रमण भएको यकिन भए एच.आई.भी./एड्स र क्षयरोगको औषधि संगसंगै खान सकिन्छ ।
- निशुल्क परीक्षण, परामर्श र औषधि सेवन गरी क्षयरोगलाई अन्त्य गर्ने समय यहीं हो ।
याद गरौंः दुई हप्तासम्म खोकी लागेमा नजिकको स्वास्थ्य संस्थामा निशुल्क परीक्षण, परामर्श र औषधि पाईन्छ ।ग