लोकेन्द्रप्रसाद जोशी
दार्चुला । ‘जीवन र प्रकृतिको लागि पानी’ भन्ने नाराका साथ पानीको पुजा गरेर विश्व पानी दिवस दार्चुलामा पनि मनाइएको छ । महाकाली नदी तटिय क्षेत्रका विभिन्न बस्तीमा महिला समुहहरुले महाकाली नदीको पानी पुजा गर्दै दिवस मनाएका हुन् ।
शुक्रबार बिहानैदेखी अक्सफामको सहयोगमा संकल्प दार्चुलाले गठन गरेका तिग्रम, सिरबगड, धाप, दत्तु र जौलजीबिका ७ ओटा महिला सशक्तिकरण केन्द्रमा आवद्ध महिलाहरुले “पानी छैन, त जीवन नै छैन” भन्ने सचेतनामुलक नारा लगाउँदै प्रभातफेरी कार्यक्रम गरेका थिए । नाराजुलुसपछि पानी पुजा गरेर र पानीको महत्त शिर्षकमा बक्तृत्वकला प्रतियोगिताको समेत आयोजना गरीएको सगरमाथा महिला सशक्तिकरण केन्द्र काकडाँका समाजिक परिचालक चन्द्रा सामन्तले जानकारी दिनुभयो ।
दिवसको अवसरमा महाकाली नदी किनारमा पानीको महत्व, पानीलाई कसरी प्रदुषण हुनबाट बचाउँने र पानीको बहूउपयोगीताबारे छलफल तथा अन्तरक्रिर्या समेत गरिएको छ । महाकाली नदी नै हाम्रो तिर्थस्थल भएकोले पानीको संरक्षण र सदुपयोग गर्नुपर्नेमा महिलाहरुले जोड दिएका छन् ।
संयुक्त राष्ट्रसंघको साधारणसभाले २२ मार्चलाई विश्व पानी दिवसको रूपमा घोषणा गरेपछि यो दिवस विश्वभर मनाउन थालिएको हो । जनताहरुलाई पानीको महत्व र सदुपयोगको बारेमा प्रभातफेरी, र्यााली, ब्यानर, प्लेकार्ड प्रदर्शन, छलफल, अन्तरक्रिर्या लगायतका सचेतनामुलक गतिबिधि सहित पानी दिवस मनाइएको हो ।
असुरक्षित पानी र कमजोर सरसफाईका कारण बिभिन्न रोगको संकर्मण भइ विश्वमा हरेक वर्ष लाखौ मानिसले ज्यान गुमाउने गरेका छन् ।