पुष्पराज अधिकारी
हेटौंडा । च्यासल युथ क्लबलाई सडनडेथमा ६–५ गोल अन्तरले पराजित गर्दै विभागीय टिम नेपाल पुलिस क्लब हेटौंडामा जारी सहिद स्मृती फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ ।
निक्कै प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरमा लिइएको थियो । ट्राईब्रेकरमा पुलिसका गोलकिपर रोशन खड्काले च्यासलका खेलाडी मिलन राईको प्रहारको उत्कृष्ट बचाउ गरे । च्यासलका गोलरक्षक दिनेश थापामगरले पुलिसका मान बहादुर परियारको पेनाल्टी रोके ।
पुलिसका लागि तिर्थ रानामगर, हरी कठायत, भरत शाह, सन्तोष हिमरुन, बुद्ध लामा र निर कुमार राईले गोल गरे । च्यासलका लागि विश्व अधिकारी, विक्रम लिम्बु, चेतन थारु, अमीर श्रेष्ठ र नरेन्द्र चौधरीले गोल गरे । सडन डेथमा पुलीसका गोल रक्षक खड्काले सन्जोग राईको प्रहार रोक्न सफल भएसंगै पुलिसले सर्घषपूर्ण नतिजा हात पा¥यो ।
खेलको म्यान अफ द म्याच पुलिसका क्याप्टेल दिनेश गुरुङ घोषित भए । उनले नगद दशहजार सहित ट्रफी प्राप्त गरेकाछन् । प्रतियोगिता अन्तर्गत भोली सेमिफाइनलका लागि बिदेशी टिम दाफिन्स र विभागीय टिम एपीएफ बीच खेल हुँदैछ ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल चैत १६ गते शनिबार हुनेछ । प्रतियोगिताको विजेताले नगद आठलाख रुपियाँ र उपविजेताले नगद चारलाख रुपियाँ प्राप्त गर्नेछन् ।