–जोसेफ शाही
काठमाडौं । विश्वव्यापी रुपमा स्वभावैले अधिकांश व्यक्ति दुःखी हुन चाहन्नन् । सबै खुशी हुन चाहान्छन्, रमाउन चाहान्छन् । तसर्थ, हास्यप्रधान नाटक, सिरियल होस् या चलचित्र अधिकांशको रोजाईंमा पर्छ । विश्वचर्चित कमेडियन चार्लि चाप्लिनको उट्पट्याङ गतिविधि हेरेर दुनियाँका करोडौं मान्छे हाँसे, अझैपनि हाँस्छन् । नेपालका वरिष्ठ हाँस्य अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका टेलिश्रृंखला हेरेर लाखौं नेपाली हाँस्छन् । भाषिक बुझाईमा सरलता भएर होला, पछिल्लो पुस्ताका निकै लोकप्रिय भारतीय कमेडियन कपिल शर्माको कार्यक्रम ‘कमेडी नाइट विथ कपिल’ नेपालमा पनि उत्तिकै रुचाइएको छ ।
८–१० वर्षअघि हास्य टेलिश्रृंखला नछुटाई हेरिन्थ्यो । तीतो सत्य, जिरे खुसार्नी, मेरी बास्सै लगायतका सिरीयल रोजाईँको अग्रपंतिमा पर्थे । जिरे खुर्सानीमा ‘मुन्द्रेको ठूलोबा’को भूमिकामा देखापर्ने वरिष्ठ हाँस्य अभिनेता राजाराम पौडेलको थेगो ‘पर्या म बेहोरांैला’ चर्चित छ ।
जिरे खुर्सानीको एक श्रृंखलामा राजाराम पौडेल एउटा उल्झनमा फस्दा अर्का चर्चित पात्र शिवहरी पौडेललाई बोलेको डायलग सम्झिदा अहिले पनि हाँसो थाम्न सकिन्न । त्यो श्रृंखलामा राजाराम पौडेलले भन्नुहुन्छः ए सुन् त म निकै अप्ठ्यारोमा फसे तुरुन्तै ५०० रुपैँया लिएर आउत…पर्या म बेहोरौंला । शिवहरी पौडेलले भन्नुहुन्छः मुखाहान्नु जस्तो १०० रुपैँयाको मुख नदेखेको एक महिना भइसक्यो ५०० रुपैंया ल्याएर आइजा रे । मलाई अषाध्यै मनपर्ने यो डायगल राजाराम पौडेलसंग भेटहँुदा सुनाए । र उहाँको कलाकारिताको यात्राबारे खोतल्ने प्रयास गरें ।
वरिष्ठ हाँस्य अभिनेता राजाराम पौडेल चार दशकदेखि निरन्तर नेपाली कलकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । कतिले त उहाँलाई विख्यात भारतीय हाँस्य अभिनेता ब्रम्हानन्दमसंंग तुलना गरेर नेपाली ब्रह्रमानन्दम समेत भन्ने गरेका छन् । वि.सं २०१३ साल पुष १६ गतेका आईतबार जन्मनुभएका राजाराम पौडेलको अनौपचारिक अभिनय यात्रा शुरुवात भने रडियो नेपालको वाल कार्यक्रमबाट भएको थियो । चर्चित अभिनेता राजाराम पौडेलको सपना कुशल गायक बन्ने थियो भन्दा, आम समर्थकलाई आश्चर्य लाग्न सक्छ । तर, यो यथार्थ हो ।
राजारामको गायक बन्ने सपना कसरी तुहियो ?
वाल्यकालदेखिनै गाउन निकै रुचि गर्नुहन्थ्यो अहिलेका लोकप्रिय हाँस्य अभिनेता राजाराम पौडेल । रत्नराज्य क्याम्पसमा पढ्दैगर्दा संगीत प्रवीण स्वर्गीय नरराज ढकालँंग शास्त्रीय संगीत सिक्नुभएका राजारामले रेडियो नेपालबाट स्वर परीक्षासमेत उत्तीर्ण गर्नुभएको थियो । वरिष्ठ गायक प्रकाश श्रेष्ठसँगै धेरै कार्यक्रमामा प्रस्तुति दिनुभएका थियो । २०४२–४३ सालतिरको घटनाले राजाराम पौडेलको गायक बन्ने सपनामा पूर्णविराम लाग्यो ।
राति खानामा माछा र दही खाइयो । विहान उठ्दा त गला गम्भीर रुपमा अवरुद्ध भएको पाएँ ।
उहाँकै भाषामा भन्दा, २०४२–४३ सालतिर विज्ञापन नाटक गर्न जनकपुर पुगेका थियौं । दिउँसो हलमा फिल्मको शो हुने भएकाले हाम्रो विज्ञापन नाटक मध्यान्ह राति १२ बजे मञ्चन हुँदैथियो । राति खानामा माछा र दही खाइयो र नाटकमा अभिनय गरियो । विहान उठ्दा त गला गम्भीर रुपमा अवरुद्ध भएको पाएँ । अर्को कार्यक्रमकै शिलशिलामा विरगञ्ज पुग्दा मेरो गला पूर्णरुपमा अवरुद्ध भइसकेको थियो । तुरुन्तै काठमाडौं फर्किएर अस्पतालमा जाँच गराउँदा भोकल कर्डमा मासु पलाएको रहेछ । चिकित्सकका सल्लाह बमोजिम भोकल कर्डको अप्रशन गरियो । डाक्टरले भन्नुभयो, ‘१५ दिनसम्म केही बोल्न मिल्दैन, पूर्णरुपमा आराम गर्नुस् ।’ आफू नबोलेर बस्नै नसक्ने, धेरै छुकछुक गर्नुपर्ने मान्छे १५ दिनसम्म नबोलेरै बस्नुपर्दा असैह्य पीडावोध भएको थियो । आराम पश्चात भोकल कर्डको अवस्था त सुध्रियो तर गाउने आवाज भने धोद्रो आवाजमा परिणत भएछ । त्यहि दिनदेखि गायक बन्ने सपना तुहियो…गाउने आवाज नै गुमाएपछि फेरि गीत गाउन रहर गरिन ।
अभिनय यात्राको शुरुवात
२०३७÷३८ सालमा हरिवंश, मदनकृष्ण दाईलगायतका कलाकारको अभिनयमा गाइजात्रा हेरेँ । बडो रमाइलो लाग्यो । एकदिन हलुवा पसलमा जेरी–स्वारी खान गएको थिएँ । अघिको गोरखापत्र हेर्दा आँखा गाईजात्राको सूचनामा गयो । पढ्दा अन्तिम मिति भोलि सम्ममात्र भनेर लेखिएको रहेछ ।
घरपुगेर गाईजात्रे स्कृप्ट लेख्न बसेँ । पहिले कहिल्यै त्यसरी नलेखेकोले के लेखौं कसो लेखौं भयो, शुरुमा त मेलोमसो नै आएन । केहिबेरपछि मन्त्री क्वाटरमा एकजना व्यक्ति कोठा भाडामा माग्न गएको कथामा स्कृप्ट लखेँ र बुझाएँ । केहिदिनपछि चिठ्ठी आयो, मरो स्कृप्ट मनोनयनमा परेछ । फेरि सेन्सरमा अभिनयसहित प्रस्तुति दिनुपर्ने रहेछ । निर्णायकमा भूपी शेरचन, राष्ट्रकवि माधवप्रसाद घिमिरे, विजयबहादुर मल्ल, हरिहर शर्मा लगायतका दिग्गज व्यक्तित्व हुनुहुन्थ्यो । मन्त्री आफै बनँे, कोठा भाडामा खोज्नेको भूमिकामा मनोज आचार्य‘खुरापाति’ले अभिनय गर्नुभयो । पहिलो चरणको सेन्सरमा छनोट भएँ । दोस्रो चरणको सेन्सरमा पास भएपछि नाटक ‘किङ शो’का लागि छनोट भएछ । गाइजात्राको सातै दिन हामीले नाटक देखायौं । औपचारिक अभिनय यात्राको शुरुवात गाईजात्रे महोत्सवबाट भयो ।
२०३९ सालको गाईजात्रामा सहभागी भएपछि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसंग उहाँको निकटता बढ्यो । चलिचित्र ‘बासुदेव’कौ एक सिनमा मदनकृष्ण श्रेष्ठलाई चिठ्ठी पुर्याउने भूमिकामा अभिनय गर्नुभयो । उहाँले भन्नुभयो ‘बासुदेव’ चलचित्रबाट नै मैले पहिलो चोटी क्यामेरा फेस गरेको हँु ।’ मह सञ्चारले निर्माण गरेको अधिकांश सिरियलमा उहाँले अभिनय गर्नुभएको छ ।
२०३९ सालमै मह संचारको प्रस्तुतिमा निर्मित हाँस्य टेलिश्रृंखला ‘सन्तती’ मा सेकुवा पसलको सहुको भूमिकामा अभिनय गर्नुभयो । उहाँले हाँस्दै भन्नुभयो, सन्ततिमा मदन कृष्ण श्रेष्ठ दाईले नोकरको भूमिकामा अभिनय गर्नुभएको थियो ।’ ‘दाईले पसलको पैसा चोर्दा–चोर्दा म कंगाल मदन दाई सेकुवा पसलको मालिक बन्नुहुन्छ ।’ ठट्यौली शैलीमा हाँस्दै उहाँले भन्नुभयो, ‘मह सञ्चार’को नाम मैलेनै जुराईदिएको हुँ, नाम जुराए वापत उपहारस्वरुप २ वोतल वियर पाएको थिएँ ।’
सन् २०११ सेप्टेम्बर ११ मा अमेरिका लागेँ, उहाँले भन्नुभयो, लादेनले ‘ट्वीन टावर’मा आत्मघाती हमला गर्दा म अमेरिकाको आकाशमा उड्दै थिएँ ।’ अमेरिकाको आकाशमा उडिरहेको प्लेन लण्डनमा आकस्मिक अवतरण भयो । अमेरिकामा रहँदा रवि लामिछाने र म मिलेर ‘को बन्छ करोड पति’ कार्यक्रम प्रस्तुत गरेका थियौं । जसमा रवि अमिताभ वच्चन र मैले सहभागीको भूमिकामा अभिनय गरेको थिएँ । रवि र मैले केहि रेडियो कार्यक्रम पनि चलायौं ।
सन् २००८ को सेप्टेम्बरमा उहाँ नेपाल फर्केलगत्तै जिरे खुर्सानीमा अभिनय गर्न थाल्नुभयो । उहाँ ७ वर्ष अमेरिका बसेर फर्किँएर पनि दर्शकले उहाँको अभिनयलाई सहजतपूर्वक स्विकारे । अर्को रमाइलो प्रशंग सुनाउँदै उहाँले भन्नुभयो, ‘केहि समय अघि पोखरामा एउटा फिल्मको सुटिङ भइरहेको थियो । मेरो अनुहार ब्रम्हानन्दमसँग मिल्छ भनेर भारतीय पर्यटक मसँग फोटो खिच्न लाइन लागेर बसेका रहेछन्, मलाई रमाइलै लाग्यो, मज्जाले फोटो खिच्यौं ।’ भारतीय मात्र होइन उहाँको अनुहार ब्रम्हानन्दमसंग मिल्छ भन्ने नेपालीको संख्या उल्लेख्य छ ।
उहाँले एकसय भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसक्नुभएको छ । पछिल्लो समय एकपछि अर्को चलचित्रमा उहाँको हाँस्यरस मिसिएको अभिनय हामीले हेर्दै आएको छौं । आजको भेट पनि निर्माणधिन चलचित्रको अग्रिमेन्टका क्रममा भएको हो ।
अनि अन्तिममा सोधेँ, दाईको विहानको समय कसरी बित्छ ? मर्निङ वाक, केहि शारिरीक अभ्यास गर्नुहुन्छ कि भनेर नसक्दै उहाँले भन्नुभयो, ‘म जिउलाई दुःख दिने काम केहि पनि गर्दैन ।’