अनिल यादव
नवलपरासी । नवलपरासीको पत्रकार महासघंले नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवस सुस्तामा सम्पन्न गरेकाे छ । सुस्तावासीको समस्या बुझ्न नरायणी नदी पारी सुस्तामा गएर महासघले स्थापना दिवस मनाएको हो ।
विकट गाउँमा बसोबास गर्दै आएका सुस्ता गाँउपालिका वडा नं. ५ सुस्ताबासीको साथमा अन्तरक्रिया गरी महाँसंघले स्थापना दिवश मनाएको छ । नरायणी नदिमा ढुङ्गा तरेर कसरी सुस्ताबासी आवतजाजत गर्ने गरेका छन् र त्यहाँको दिनचर्या के छ ? भन्ने कुरा बुझनको लागि नवलपरासी सुस्ता पश्चिमको पत्रकार र प्रदेश नं. ५ प्रदेश सभा सदस्य अजय बहादुर शाही सहितको टोलि सुस्तामा गएर अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
सुस्ताबासीका समस्या
बाटोघाटो, शिक्षा, स्वास्थ्य, खानेपानिलगायत नागरीकता र सिमा विवादमा घेरीएका सुस्ताबासीले कष्टकर जिवन बिताउँदै आएका छन् । सुस्तामा जान र आउनको लागि नरायणी नदि पार गर्नुपर्ने बाध्यताले कुनै विशेष काम पर्दा मात्रै डुङ्गा तरेर सुस्ता बाहिर जाने गरेको सुस्ता बासीको भनाई छ ।
बाटोघाटो, शिक्षा, स्वास्थ्य, खानेपानिलगायत नागरीकता र सिमा विवादमा घेरीएका सुस्ताबासीले कष्टकर जिवन बिताउँदै आएका छन् ।
वर्षातको समयमा नरायणी नदिमा ढुङ्गाबाट यात्रा गर्न सम्भव हुँदैन । भारतको बाटो प्रयोग गर्दा भारतिय सुरक्षाकर्मीले मानशिक र शारीरिक यातना समेत दिंदै आएको सुस्ताकी लैलाले बताएकी छन् । आफ्नै भुमिमा सुस्तावासीले पुल बनाउन खोज्दा भारतिय सुरक्षाकर्मिले यो भुमि भारतको हो भन्दै अवरोध समेत खडा गर्ने गरेको लैलाको भनाई छ ।
बाटो र नरायणी नदिमा पुल नभएको कारणले गर्दा कतिपय विरामिहरु उपचारको अभावमा बाटोमै मर्ने गरेको दुखद यथार्थ लैलाले सुनाइन् । सुस्तामा रहेको बालबालिका उच्च शिक्षा बाट पनि वञ्चित भएको अवस्था छ । उता भारतमा उच्च शिक्षा हासिल गर्नको लागि बाटो भएपनि सुस्ताको बालबालिका गएको समयमा भारतीय सुरक्षाकर्मिहरुले आफ्नै नेपालमा गएर पढ भनेर अवरोध सिर्जना गरेका छन् । सुस्तामा खानेपानीको पनि अभाव रहेको छ । सुस्तामा स्वस्थ खानेपानी व्यवस्था पनि छैन । जारको पानी समेत किनेर खाने अवस्था नभएकाल विभिन्न छाला रोगहरु पनि लाग्ने गरेको स्थानिय बताउँछन् । यतिमात्र कहाँ होर, सुस्तामा विजुलिको पहँुच नहुँदा त्यहाँका वासिन्दा टुकिको उज्यालोमै सिमित छन् । यस्ता गम्भिर समस्याहरुबारे पूर्णत जानकार भएपनि पनि सरकार र यहाँका नेताले कुनै पहल नगरको स्थानिय लैलाले आरोप लगाएकि छन् । उनले भनिन्, ‘निर्वाचनको समयमा मात्रै आश्वासन बाड्ने यहाँका नेताहरुले सुस्ताबासीका समस्या समाधानका लागि कुनै पनि कार्य गरेका छैनन् ।’
यस्तै सुस्ताको भुमि संरक्षण गर्नको लागि सुस्तामा ‘सुस्ता बचाउ अभियान समिति’ पनि रहेको छ । उक्त समितिले सुस्ताको विकासको लागि काठमाडौंका विभिन्न मन्त्रालयमा पटक–पटक पहलका लागि ज्ञापन पत्र बुझाए पनि सरकाले कानमा तेल हालेको अवस्था छ ।
नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ५ का प्रदेश सांसद अजय बहादुर शाहीले सुस्ताबासीका समस्या समाधान गर्न प्रदेशस्तरबाट पहल गर्ने बताउनुभयो । सुस्ता विवादित ठाँउ भनेर विकास बाट बञ्चित भएको कारणले गर्दा सुस्ताको विवादित सिमालाई समाधान गर्न प्रदेशमार्फत केन्द्रसम्म पहल गर्ने प्रदेश सांसद शाहीले विश्वास दिलाउनुभयो । नेपाल पत्रकार महासंघ नवलपरासी सुस्ता पश्चिमका अध्यक्ष हरी शर्माले सुस्ताका हरेक समस्यालाई उठान गरी केन्द्रसम्म पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।