काठमाडौं । यसअघि दुई वर्षमा एउटा सिनेमा ‘कृ’ गरेका अनमोल यो पटक भने धमाधम चलचित्रको प्रामोशनमा व्यस्त छन् ।
केहिसाताअघि मात्र अनमोलको मुख्य भूमिका रहेको चलचित्र ‘क्याप्टेन’ प्रदर्शनमा आयो । ‘क्याप्टेन’को सफलता पछि अब उनको अर्को चलचित्र ‘ए मेरो हजुर ३’ प्रदर्शन हुँदैछ । ‘ए मेरो हजुर ३’ चललचित्र चैत २० गतेबाट देशभरका सिनेमाहलहरुमा प्रदर्शन हुँदैछ ।
नायिका एवं निर्देशक झरना थापाको निर्देशनमा बनेको चलचित्रलाई उनकै पति सुनिल कुमार थापाले निर्माण गरेका हुन् । सुहाना इंटरटेनमेन्टको ब्यानरमा बन्न लागेको चलचित्रमा अनमोलको जोडी सुहाना थापा छिन् । सुहाना झरना र सुनिलकी छोरी हुन् ।
प्रदर्शन मिति नजिकिएसँगै चलचित्रको ट्रेलर केहीदिनअघि सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक भएलगत्तै चर्चित बनेको चलचित्रको ट्रेलरको प्रत्येक संवादहरु अहिले सामाजिक सञ्जालमा चर्चित छन् । चलचित्रको ट्रेलरको केही संवादहरु त टिकटकमा समेत चर्चित भइसकेका छन् । पढौं चलचित्रका केहि ‘डाइलगहरु’ :
१. … माया जो कोहीसँग यत्तिकै हुँदैन ।
२. नमस्कार मेरो शुभना घनश्याम महर्जन, नलजाइ भन्नुपर्दा ब्याक पेपर दिदैँछु ।
३. …आर्या जोगाउनुपर्छ है छाती र थाइ…
४. त्यो यमाहाको एडभटिजमेन्टमा हजुरले बाइक फनक्क ल्याएर कपाल सर्काइ आखाँ झिमिक्क झिम्काउँदा त, हाइ हाइ ।
५. सुपरस्टारलाई त जोकोहीले पनि मन पराउँछन्, मलाई साथीको नजरले हेर । साथीहरु सधैँ आफ्नो नजिक हुन्छ तर स्टार टाढाबाट मात्र हेर्न पाइन्छ ।
६. एउटा स्टार बनाउन कति पैसा, टाइम र मेहनत लाग्छ तर बिग्रन १ मिनेट पनि लाग्दैन ।
७. गाडी लागेको होइन आमा बैंश लागेको ।
८. यो आकाश, यो धरती, तिमी र म, जुनेली तिम्ले पादेउ ?
९. यो घनश्यामले राधाको मन जितेरै छाड्छ ।
१०. तिमीजस्तो फ्यान जहाँपनि भेटिन्छ, तर फ्यान फ्यानसम्म नै उचित रहनु फ्यानको लागि उचित हुन्छ ।
११. लाइफ इज टु सर्ट, बाच्न जान्यो भने एक पल नै काफी हुन्छ ।
१२. तिमी मेरो संगीतको रागमा छौ, मेरो हरेक गीतको आभाषमा छौ, मेरो साथ नभएपनि तिमी मेरो सासमा छौ ।