खेम बम
आइतबार एक्कासी आएको हुन्डरीले एक मिनेट नबित्दै प्रलय निम्त्यायो । अकल्पनीय आँधीबेहरीले अपुरणीय क्षति बेहोर्नुप¥यो । भुकम्पले त्रसित मुलुक तराईका जिल्लामा आएको आँधीले आक्रान्त बन्यो । मानिसलाई ठाउँको ठाउँनै उडाउने आँधीले प्रदेश २ का बारा र पर्सामा निकै क्षति पु¥याएको छ । बाराको फेटा गाउँपालिकालाई निकै क्षति पुगेको छ । हालसम्म बारा र पर्सा गरी २७ जनाको मृत्यु भएको छ भने ६ सय ४ जना घाइते भएको पुष्टि भइसकेको छ । आँधीले ६ हजार मानिस विस्तापित भएका छन् । करिब ६० वर्षीय बृद्धलाई समेत यत्रो विपत्तिको स्मरण छैन ।
पोखराको आकाश मडारियो । क्षणभरमै बर्षात् आउँलाझैँ ग¥यो । सामान्य दिनजस्तै कसैले यति ठूलो क्षतिको कल्पना समेत गरेनन् । मडारिएको आकाशमा बादल भरियो हुरी चल्यो आफ्नो बाटो पहिल्याउदै गएको हुरी बारा, पर्सा नपुग्दै डरलाग्दो रुप लियो । कसैले ऐया समेत भन्न नपाउँदै मान्छेलाई उफार्दै गयो । चलिरहेका सवारी साधन पल्टिए, रुखबिरुवा भाँचिए, बिजुलीका तार तहसनहस भए । मानिसले आँखा चिम्लिन नपाउँदै हुन्डरी वेपत्ता भयो । कोलाहल मच्चियो । असामान्य लाग्ने घटना धेरैबेर पत्याउन गाह्रो तर निकै मानिस क्षतविक्षत भइसकेका थिए । गरिबीले आक्रान्त बनेका बासिन्दामाथि पिरैपिरको भारी थपेर आँधी विलायो । एकै परिवारका ४ जना गुमाउँदा र खुला आकाशमा बस्दाको पीडा कम दर्दनाक छैन त्यहाँका पीडितलाई ।
साना बालिकाको एकआपसमा आत्मियता
सामाजिक सञ्जालमा भेटिएको माथिको दृष्यले भावविह्वल बनायो । अरु दिन सामान्य लाग्ने यो तस्बिरले आजको दिनमा निकै गाम्भीर्यता झल्काएको भान हुन्छ । खानकोलागि लुछाचुँडी गर्ने यो उमेर एकआपसमा मिलेर खाना खाइरहेको दृष्य कारुणिक छ । झुपडीमा गुज्रिएको जिन्दगीमाथि यतिठूलो बज्रपातले स्थान बनायो । त्यहाँका फेटालगायत अन्य स्थानका बासिन्दा अहिले सरकारलाई गुहारिरहेका छन् हामीलाई बास चाहियो । नेपालीहरुको मन फराकिलो छ, अरुका दुःखमा साथ दिइरहेका हुन्छन् । धेरै उदाहरणले समेत सावित भइसकेको छ । तर, पीडितको भविष्यको चिन्ता र यी ससाना बालबालिकाको भविष्यमा राज्यले खेल्नुपर्ने भुमिका समेत प्रभावकारी हुन जरुरी छ ।
राहत र उद्दारः
प्रदेश २ को बारा र पर्साका बासिन्दालाई तत्काल गास र बास आवश्यकता रहेको छ । विभिन्न क्षेत्रबाट उठिरहेका सहयोगले गासका निम्ति सहज भएतापनि अब बासको व्यवस्थापन हुन जरुरी देखिएको छ । राहत वितरणका निम्ति गएका टोलीहरुले उचित व्यवस्थापन हुनुपर्ने र अब पीडितको लगत संकलन गरिनुपर्ने बताउँदै आएका छन्् । प्रदेश सरकार, स्थानीय तह र विभिन्न संघसंस्थाले राहतलाई व्यवस्थित गर्न भुमिका खेल्दै आएका छन् । घाइतेहरुको जिल्लाका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । उनीहरुको उपचारलाई व्यवस्थित गर्न केन्द्र सरकारले सक्रिय भुमिका खेलेको छ ।
राहत र सेल्फी
पीडित रहेको स्थानमा राहत बोकेर जाने संघसंस्था र व्यक्तिले सेल्फीलाई अनाधिकृत प्रयोग गर्दै आएको गुनासो बढ्न थालेको छ । सामाजिक सञ्जालमा त्यस्ता संस्था र व्यक्तिप्रति आम मानिसले धारणा सार्वजनिक गरेका छन् । क्रियापुत्रीलाई बोलाएर सेल्फी हान्दै राहत वितरण गरेको उदण्ड कार्य सञ्जालका भित्तामा देखिएका छन् । यसबारे मनोविद् डा. नरेन्द्र ठगुन्ना भन्नुहुन्छ, ‘यो कार्य त्यति राम्रो होईन, पीडामा रहेका व्यक्तिहरुलाई राहतको प्रलोभनले सेल्फी खिच्नु ।’ मानसिक रुपमा तन्दुरुस्त नहुन्जेल उनीहरुको ईच्छा विपरित गरिने कार्य उचित हुँदैन ।