काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ५ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले १५ गते रोल्पा जिल्लाको परिवर्तन गाँउपालिका– ३, इरिवाङ्गमा १२२औँ, सोही जिल्लाको थवाङ्ग गाउँपालिका–२, ठुलो गाँउमा १२३ औँ, चैत्र १६ गते ईलाम जिल्लाको सुर्योदय नगरपालिका–१४, कट्टुसेमा १२४ औँ, चैत्र १८ गते सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–९, पत्थरगाडामा १२५ औँ र चैत्र २० गते पाँचथर जिल्लाको हिलि गाँउगाउँपालिका–२, सिङ्गापुरमा १२६ औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो ।
पाँचवटै शाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा उद्घाटन भएका हुन् । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत् बैंकिङ्ग सेवा लिन सक्नेछन ।
यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।