निरुपा प्रसून
८.
त्यो दिन पनि कलेजबाट सीधै म कहाँ आई आधार । झ्यालको पर्दा लगाई । ढोकाको चुकुल पनि लगाई । अँगालो हालेर मलाई ओछ्यानमा लडाइदिई ।
के गर्दै छे, म विचित्रमा परेँ । उसको अँगालो असाध्यै कसिलो र आक्रामक थियो । हटाउन बल लगाउँदै थिएँ, सकिनँ । गालामा, निधारमा, घाँटीमा चुम्बन गरी । मलाई एकदमै नराम्रो लागिरह्यो । मेरो ओठलाई आफ्नो ओठले दबाई । म चिच्याएँ । ऊ झटपट उठी । झ्याल खोली । पर्दा खोली ।
एकदमसित रिसाई । मैले आधारको यस्तो रुप कहिल्यै देखेकी थिइनँ ।
‘रेप नै गर्न लाग्या थिएँ र ! त्यतिकै पनि चिच्याउनुपर्ने ? के सोचे होला अरु मान्छेले ?’ मलाई गाली गरी । मलाई कसैले पनि ठूलो स्वरले गाली गरेको थिएन । आधारको त्यो व्यवहारले म रोएँ । केही बोलिनँ । ऊ फेरि अँगालो हालेर माया गर्न थाली मलाई ।
‘के गरेको यो सब ? मलाई कसैसँग टाँसिन मन पर्दैन । तिमी जाऊ मेरो कोठाबाट ।’ मैले झर्केर भनेँ ।
मलाई दिक्क लाग्यो । लोग्नेमान्छे मात्र होइन, स्वास्नीमान्छेहरु पनि युवतीसँग टाँसिन उद्यत हुँदा रहेछन् । आफूलाई माया गर्ने मान्छेले पनि यस्तो गर्ला ? अहँ, थाहै थिएन । त्यसपछि म आधारसँग बोलूलाँ भन्ने नै लागेको थिएन ।
‘सरी !’ दुवै घुँडा टेकेर दुवै हातले कान समाउँदै भन्दै थिई । मलाई रिस उठिरहेकै थियो ।
अचानक आधार त रून थाली । रूँदै भनी, ‘तिम्ले मेरो कुरा सुनेपछि मलाई घृणा गर्छौ । यसै पनि तिमीले मलाई नराम्रो ठानिसक्यौ । तिमीले मलाई कहिले पनि माफ दिन्नौ । म तिमीहरु जस्तो सामान्य केटी होइन । मलाई केटा मन पर्दैन । मलाई केटी नै मन पर्छ । म लेस्बियन हुँ ।’
मलाई आधारको कुराले आश्चर्यमा पा¥यो । अस्तिको त्यस्तो व्यवहार अब यो…? मुटु ढुक्ढुक् भयो । ‘कोठा पाइनँ भने घर जान्छु,’ भन्दा निकै रोएकी थिई । त्यतिबेला पनि म आश्चर्यमा परेकी थिएँ । त्यति बेलै यो सामान्य केटी हो भन्ने लागेको थिएन । अरुलाई माया गर्ने असाध्यै निःस्वार्थी केटी हो, ठान्थँे म । यस्ता मान्छे हुन्छन् भन्ने सुनेकी थिएँ । आज आफ्नै अगाडि लेस्बियन ?
उसको आँसु पुछिदिएँ । मेरो काखमा टाउको राखेर भन्न थाली—
नर्सरीदेखि नै मिल्ने साथी थिई, रमिता । ऊ मलाई असाध्यै माया गर्थी । म पनि गर्थें । हामी टिफिन सधैं बाँडेर खान्थ्यौं । हामी दुई जना भएपछि कोही पनि चाहिँदैनथ्यो । स्कुल सँगै सक्यौं । पछि एघार–बाह्र कक्षा पनि सँगै पढ्यौं । त्यतिबेला हामी बाह्रमा पढ्थ्यौं । एक दिन सिनियर दिदीहरुले बास्केटबल खेलेको हेरिरहेकी थिएँ । हेर्ने म एक्लै थिएँ । अचानक बास्केटबल खेल्ने एउटी दिदी मेरो छेउमा आइन् र मेरो ओठमा चुम्बन गरेर गइन् । मलाई अनौठो किसिमको आनन्द भयो । अघि कहिल्यै थाहा नभएको रोमाञ्च प्रवाहित भयो । गएर फेरि ती दिदीलाई बेस्सरी अँगालो हालेर चुम्बन गर्न मन लाग्यो । म एकदमै आनन्दित बनेँ त्यो बेला । किताबमा पढेकी थिएँ । यो भनेको लेस्बियनको लक्षण हो । त्यही दिन मैले आफूलाई लेस्बियन प्रमाणित गरेँ ।
म रमितालाई असाध्यै माया गर्थें । उसका स–साना रहर पनि घरबाट पैसा चोरेरै पूरा गर्दिन्थेँ । त्यसो त म आफूलाई हिरो र रमितालाई हिरोइन ठान्थेँ । मैले आफू लेस्बियन भएको कुरा रमितालाई भनेँ । रमिता त्यसै क्षणबाट बोल्न छाडी मसँग । मैले मेरो पहिलो प्रेम गुमाएँ । ऊ नै मेरो पहिलो प्रेमिका थिई । मलाई बुझिनँ । मैले ढाँट्न पनि सक्थँे । ढाँटिनँ ।’
‘तिमी साँच्चिकै लेस्बियन नै हो भनेर यति मात्रैले प्रुफ भयो त ? त्यो एउटीले अचानक चुम्बन गर्दैमा ? र त्यो चुम्बनले इन्जोय दिँदैमा ? त्यसो त मलाई पनि मेरी दिदीले गालामा चुम्बन गर्दा रमाइलो लाग्छ त ।’
‘त्यति मात्रै होइन बेबी ! म त्यतिखेर कल सेन्टरमा काम गर्थें । त्यहाँ हामी सबै केटी–केटी हुन्थ्यौं । एउटी डिजेबल केटीले पनि अचानक मलाई पछाडिबाट अँगालो हाली । ओठमा चुम्बन गरी । मेरो हात आफ्नो स्तनमा लगी । मैले मुठ्ठी कसँे । उसले मेरो हात बेस्सरी झट्कारी । मलाई आफूले केही हारेजस्तो फिल भयो । तत्काल मैले आफ्नो हात उसको लुगाभित्र घुसारेँ । स्तन मुसार्न थालेँ । क्रमशः माड्न थालेँ । ममा मीठो रोमाञ्च पैदा भयो । ऊसँग यस्तो क्रियाकलाप दिनहुँ हुन्थ्यो । अर्थोक पनि गथ्र्यौं हामी । अफिसको ट्वाइलेटमा यी सब गथ्र्यौं ।
त्यहाँँ सबै केटीहरु मलाई केटालाई जस्तै व्यवहार गर्थे । म पनि उनीहरुलाई त्यस्तै ट्रिट गर्थें । कसैलाई रोज लगिदिन्थेँ । कसैलाई चक्लेट । म अफिस पुगेपछि केटीहरुको माहोल नै अर्कै हुन्थ्यौ । कति त मैले टाइम दिइन भनेर रिसाउँथे पनि । ब्बाइफ्रेन्डले छोडेका, लोग्नेले छोडेका अरु केटीहरुसँग पनि मेरो लसपस थियो । उनीहरुको फिजिकल निड्स पूरा गरिदिन्थँे म । आनन्द आउँथ्यो । उनीहरु पनि एकदमै खुसी हुन्थे ।
केटीहरुलाई खुसी पार्न सकँे भने मलाई गर्व महसुस हुन्छ । त्यो अनुहार जलेकी केटी मसँग बिहे गर्छु भनेर पछि लाग्न थाली । त्यसपछि त मैले त्यो अफिस नै छोडिदिएँ । त्यो बेला म रमिताबाहेक अरु केटीलाई मान्छे गन्दिनथेँ ।
आधार पे्रमिकाको नाममा धेरै रोई । के भनेर सम्झाउने ? मेलोमेसो पाइनँ । यो पनि एउटा प्रकृतिको देन होला, ठानेँ । आधारको के दोष ? प्रकृति नै त्यस्तो भएपछि । मलाई ऊसँग रिस उठिरहेको थियो । माया लाग्यो ।
‘माफ गर । म लेस्बियन होइन । तिम्रो साथी बन्न सक्छु । तिम्रो प्रेमिका बन्न सक्दिनँ ।’
‘तिमी ? यो सब थाहा पाएर पनि ?’
‘हो, यो सब थाहा पाएर पनि ।’
‘तिमी ठ्याक्कै रमिता जस्तै छौ । एउटा कुरा मात्रै फरक छ । उसले मलाई घृणा गरी । तिम्ले माया । तिमी रमिताभन्दा माथि भयौ मेरा लागि । रमितालाई बिर्सनै सकेकी थिइनँ । अब निकालिदिन्छु मनैबाट । ऊ मेरो लायकको नै थिइनँ ।’
आधार खुसी भएर गई मेरो कोठाबाट । म भने केही बेर टोलाइरहेँ, कोठाभित्रै–मनभित्रै । सही गरेँ या गलत≤ आपैmँलाई थाहा छैन ।
९.
आधार कलेजबाट सीधै मेरोमा आई । आउनासाथ ब्यागबाट चक्लेट झिकेर दिई ।
‘तिम्लाई यति राम्रो चक्लेट किन्न पनि आउँदो रै’छ ?’ हर्टसेभ भएको एकदमै आकर्षक छ चक्लेट । एकदमै राम्रो लाग्यो ।
म चक्लेट फुकाउन थाल्छु । आधार मलाई अँगालो हाल्छे । मेरो अनुहार उसको छातीमा छ । हातमा छ चक्लेट ।
‘निस्सासिएँ । माया गरेको हो कि सास रोकिदिएर मार्न लाग्या हो कुन्नि ?’ मलाई एकदमै उकुसमुकुस भइरा’छ । आधारको गन्ध म निमेषभर पनि सहन सक्दिनँ ।
‘तिम्रो स्मेल मलाई असाध्यै मनपर्छ । अजीवको आर्कषण छ ।’ ऊ भन्छे ।
ऊ मलाई अझ छाड्दिन । उल्टो चुम्बन गर्न थाल्छे, निधार–गालामा । पाएकी भए ओठमा पनि खान्थी । मैले रोकेँ र पो ।
‘सधँै यसै गरी बसिरहन पाए मेरो गुडियासँग ।’
‘उफ् ! म निस्सासिएँ भनेको । भैगो म तिम्रो चक्लेट पनि खान्नँ । मलाई छाडिदेऊ भनेको ।’
ऊ मलाई च्यापिरहेकै थिई । मैले छेकबार गरिनँ भने कहाँसम्म पुग्छे आधार ? अनि के–के गर्छे होली मलाई ? भो ! यी कुराको अनुमानैले पनि डर लाग्छ ।
१०.
घरबेटी आन्टीसँग गफ गर्दै बाहिर बसिरहेकी थिएँ । आन्टीले मेरो कपाल छाम्दै भन्नुभयो, ‘नानीको कपाल त कति लामो भएछ ।’
‘म स्कुल पढ्दा त झन् मेरो कपाल कति लामो र बाक्लो थियो । अहिले त राम्रो छैन ।’ भन्दै कपाल मुर्सान थालेँ ।
सत्ते ! मेरो कपाल त एकदमै नराम्रो पो लाग्यो । हाँगा पलाएछ । छुँदा नरम भए पनि हेर्दा त रुखो देखिने । झटपट दिमागमा आयो— कपाल काट्छु । अनि त म एकछिन पनि ढिलो नगरी पार्लर हिँडेँ ।
पार्लरमा भिड थिएन ।
‘स्टेप कट, तर थोरै मात्र ।’
‘हुन्छ ।’
कपाल काटेर कोठामा आएँ । आन्टी बाहिरै हुनुहुँदो रहेछ ।
भन्नुभयो, ‘कपाल काटेको पो सुहाउदो रै’छ नानीलाई त, हेर कति राम्रो देखिएको ।’
‘थोरै भन्दै थिएँ, यस्तो छोटो बनाइदिए ।’
‘छोटै सुहाएको छ ।’
‘हो र ?’ भन्दै म भित्र गएँ ।
आफ्नो सानो ऐनामा हेरेँ । महिनांै लगाएर लामो बनाएको कपाल…, बेकार काट्न गइछु । ऐना हेर्दाहेदै रोएँ म त । रूँदारूँदा म त घरमा आमालाई सम्झेर पनि रून थालेँ । त्यतिकै पनि के–के न भएभैmँ पो गरेर रून थालेँ । रोइरहेँ केही बेरसम्म । मुखसुख धोएँ । बेचैन भयो मलाई । के गरुँ ? कसो गरुँ ? छटपटी भयो । म अलमलमै आधारको घर गएँ ।
‘आधार खै त ?’ मम्मी ढोका खोल्दै मलाई पो सोध्नुहुन्छ ।
‘आधार घरमा छैन ?’
‘छैन, म त ऊ तिमीसँगै पो होली भन्ठानेकी थिएँ ।’
‘आज आएकै छैन ।’
‘साँच्चै हो र ?’ लुकाएर उहाँसँग ठट्टा गर्दै छु जस्तो पो कुरा गर्नुहुन्छ ।
मम्मीसँगै म पनि भित्र गएँ । बल्ल मम्मीलाई मैले झुट बोलेकी होइन रै’छ भन्ने लाग्यो । मम्मीले आधारलाई फोन गर्नुभयो ।
‘मेरो मम्मी जहिले पनि रामायण हेर्नुहुन्छ । अनि म अबेर घर पुगेको बेला महाभारत देखाउनुहुन्छ ।’ आधारले भनेको कुरा सम्झेँ ।
मम्मी साँच्चिकै रामायण हेर्दै हुनुहुँदो रै’छ । आधार जो घर आइपुगेकी थिइन ।
म सोच्दै छु । लाइभ महाभारत हेर्न पाइने भो । मम्मी टेलिभिजनमा व्यस्त । म फेसबुकमा । रातै परिसकेपछि आधारको सवारी भयो । म त आधारलाई भेट्नभन्दा पनि महाभारत हेर्न कम्प्युटरमा अल्झिएर बसेकी थिएँ । मम्मीले हामी दुवै जनालाई चिया लेराइदिनुभयो ।
मम्मी त चुपचाप हुनुहुन्छ ।
‘मम्मी ! मायाले छोरी पाइछ । हस्पिटल गा’थेँ म ।’ एकदमै खुसी हुँदै सुनाई ।
‘उफ्रिनु पर्दैन । कुकुर–बिरालाले पनि पाउँछन् छोराछोरी । कुन चाहिँ ठूलो कुरा हो र !’
‘हो त, मम्मी ! जस्को जे–जे भए पनि टाइममा त घर आउनुपर्छ नि ।’ आगोमा घिउ थप्ने काम गरेँ मैले ।
मम्मी कराउन थाल्नुभयो ।
‘हो नानी ! यो सधैं यसै गर्छे । घरबाट निस्केपछि आउनै जान्दिन । जहिल्यै अबेर आउँछे । अनि एउटा–एउटा बहाना बनाउँछे ।’
‘बहानाको त मसँग खजाना छ ।’ आधार खुसुक्क मेरो कानमा भन्छे । मम्मी अर्को कोठामा हुनुहुन्छ ।
‘मम्मी ! म गएँ । नमस्कार ! गुडनाईट !! आधार, तिमी मलाई पु¥याउन जान पर्दैन है । म गएँ ।’ चिच्याएरै भन्छु म, पल्लो कोठामा मम्मीले सुन्ने गरी । आधार त मैसँग छे तैपनि पूरै कुरा मम्मीले पनि सुन्नुहोस् भनेर ।
आधार मलाई पु¥याउन आई । पर्दैन भन्दाभन्दै पनि ।
कहिलेकाहीँ मलाई महिनावारी हुने दिन नजिक आउँदा एक प्रकारको तनाव हुन्छ । के नभएको हो ? के चाहिरहेको हो ? बुझ्नै नसकिने तनाव । त्यतिकै पनि दिक्क लाग्ने । अझ कहिले त मर्न नै पनि मन लाग्छ । के नभएको हो ? के नभएको ? कोसँग रिस उठेको हो त्यो पनि थाहा हुन्न । केही गर्न पनि मन लाग्दैन । कुनै कुराले सन्तुष्टि पनि दिँदैन । सबैदेखि रिस मात्रै उठ्छ । एक किसिमको डिप्रेसन । हिजो त्यस्तै भयो । कपाल त बहाना मात्र थियो ।
आधारको घर नजिकै भए पनि म एकदमै कम जान्छु उसको घर । त्यसो त मलाई कसैको घर जान मन पनि पर्दैन । म कोठैमा चुपचाप बसिरहन सक्छु । कोर्सका किताब भए अरु कोही चाहिँदैन मलाई । टेलिभिजनमा सिनेमा हेर्न पनि खुब मनपर्छ । टेलिभिजन हेर्न थालेँ भने बाहिर प्रलय नै भैसक्दा पनि थाहा हुन्न मलाई । यहाँँ त म एक्लै बस्छु । टेलिभिजन हेर्न थालेँ भने भात खानै बिर्सन्छु होला । कस्ले सम्झाइदिन्छन् ? लौ, भोक लागेपछि सम्झिउँला रे ! भात खान त फेरि पकाउनु पनि पर्छ आपैmँले । अहो ! टेलिभिजन हेर्न थालँे भने भात पकाउन पनि निश्चितरुपमा बिर्सन्छु । मैले यो बर्बादी निम्त्याइनँ । मतलब टेलिभिजन छैन मेरो कोठामा ।
आधारले कम्प्युटरमा राख्न भनेर टेलिभिजनकार्ड लेराइदिएकी पनि थिई । फिर्ता पठाइदिएँ । अडियोमै आनन्द लिइरहेकी छु । गीत सुन्दै पढ्छु । अझ कहिले त नाच्दै भात पकाउँछु म ।
११.
जेठ महिनाको दोस्रो साता लाग्दै छ । साउनको वर्षाभैmँ भएको छ काठमाडौं । पानी नपरेको दिन टन्टलापुर घाम लाग्छ ।
दुई कप चिया बनाएँ । एउटा कप आधारको अघिल्तिर राखिदिएँ । अर्को कप लिएर कुर्चीमा बसेँ ।
‘माया मलाई गर । चुम्बन अरुलाई गर्नू । म तिम्लाई एउटी केटी खोजेर ल्याइदिन्छु ।’
‘जो पायो त्यही हुँदैन । मलाई विशेष केटी चाहिन्छ । तिमी जस्तै । एकदमै विशेष ।’
‘हुन्छ । म विशेष केटी नै खोजेर ल्याइदिन्छु ।’
‘प्रेम जो कोहीसँग कहाँ हुन्छ त नि ! शरीर प्राप्त नै सबै कुरा होइन ।’
‘शरीर प्राप्त नै सबै कुरा नहुने भए तिमी किन मसँग टाँसिन खोज्छौ त ? समोसा खाऊ ।’
म उसको अगाडि समोसाको प्लेट राखिदिन्छु ।
‘यो त दश रूपैयाँमै पनि आउँछ ।’
‘के ?’
‘समोसा ।’
‘यसको मतलब मेरो मूल्य समोसाको भन्दा अलि बढी नै छ होइन ?’
आधार आँखा तर्छे मलाई ।
‘म चोकमा उभिएँ भने पैसावाल हुनेछु क्यारे ! अझ मेनु पनि राख्नुपर्छ । हात चुम्बनको मूल्य रू. एक सय, गाला चुम्बनको मूल्य रू. पाँच सय…इत्यादि । कि कसो हो ?’
आधारले मेरो कुरा सुन्या नसुन्याभैmँ गरी । मेरो अनुहार तन्मयसँग हेरेर बसी । भित्तामा अडेस लागेर बसेकी छे ओछ्यानमाथि । तेस्रोपटक आज पनि आधारले मलाई…।
‘माया गर्ने सबैले यस्तो गर्छन् । म मात्र अपवाद होइन ।’
आधार रिसाएरै बोलिरहेकी छे । उनको ब्यागमा अनुहार चम्काउने प्रसाधनका अनेकन् सामाग्री हुन्छन् । सुन्दर बन्नुपर्छ उसलाई ।
‘अपवाद नै हो म्याम । हामी केटी–केटी भयौ नि त ।’
‘के फरक पर्छ ?’
‘फरक पर्छ । फरक नपर्ने भए मलाई किन असजिलो भयो त ?’
‘किनकि तिमी मलाई मैले जति माया गर्दैनौ ।’
‘होइन । मलाई टाँसिन मन पर्दैन । मलाई तिम्रो टसाइमा प्रेम होइन, पीडा हुन्छ ।’
यतिसम्म त भनँे मैले । साँच्चै भन्ने हो भने मलाई उसको टसाइमा रेप नै गर्न लागी भन्ने लाग्छ । असाध्यै डराउँछु । धड्कन बढ्छ । आत्तिन्छु म ।
‘म पनि तिमीसँग कहिले पो टाँसिएकी छु र !’
केही मिनेटअघि मात्रै नरम तर बलियो बाहुपासबाट उम्किएकी छु ।
‘अघि के ग¥या त ?’
‘कति दिनपछि…महिनौं भइसकेको थियो ।’
‘यसको औचित्य के ? मलाई त यसमा कुनै रूचि छैन ।’
‘सबैलाई मायामा प्राप्तिको आश हुन्छ । चाहनाहरु बढेर भेल बन्छन् । मायाको प्रस्तुतिको अन्तिम रुप हो स्पर्श । प्रेमको पराकाष्ठा रुप हो । प्रेम गर्नेहरु सबैले यसो गर्छन् । मैले पनि त्यही गरेँ, त के फरक भो ?’
‘फरक भो म्याम । यी सब त विपरीत लिङ्गीबीच हुने कुरा हुन् ।’
‘के फरक भो त ? हामी समलिङ्गी हौं ।’
‘माफ गर डियर, म चाहिँ समलिङ्गी होइन ।’
‘मैले आइ लभ यु भन्दा तिम्लाई राम्रो लाग्दैन ?’
‘लाग्छ ।’
‘मैले इन्टिमेसीका कुरा नलेखेर लामोलामो मेसेज नपठाउँदा मलाई माया गर्नै छाड्यौ, तिमी चेन्ज भयौ भन्यौ । भनेकी होइनौ ?’
‘त्यो त तिम्ले लगाइदिएकी बानीसिवाय अर्थोक होइन । त्यो मेरो रहर या चाहना अथवा आवश्यकता पटक्कै थिएन म्याम ! त्यो त बानी हो तिम्ले लगाइदिएको ।’
आधार मेरो अनुहार हेर्दिन । झ्यालतिर हेर्दै भन्छे, ‘पहिलेको जमानामा पनि केटी–केटी बीच अफेयर हुन्थ्यो । त्यो जमानामा भन्न सक्दैनथे । नाम थिएन । अहिले हाम्रो आफ्नो छुट्टै पहिचान छ ।’
आधारको कुरा सुनिरहेँ । उसले बीचबीचमा ‘हामी’ भनेको सुन्दा कनसिरीको रौं तातेको थियो । ऊ आफू लेस्बियन भन्दैमा मलाई पनि ? आधार अचानक जुरूक्क उठी । झ्यालको पर्दा लगाई र ढोकाको चुकुल पनि ।
‘म चिच्याउँछु अब ।’
डरले चिच्याउने अवस्थामा पुगेकी छु म ।
‘अघिको बाँकी काम पूरा गरुँ भन्या…,मैले के गरेकी छु र चिच्याउनलाई ?’
‘अहिलेसम्म त केही गरेकी छैनौ । अब जो तिमी तयारीमा छौ ।’ म डराई–डराई बोल्छु ।
मेरो ओछ्यानमा लम्पसार परेर सुतेकी छे आधार ।
‘उठ भन्या, घरमा मम्मीले कहाँ हराई भन्नुभो होला ।’
मम्मी सुन्नेबित्तिकै ज¥याकजुरूक्क उठी । लुगा मिलाई । सेतो कुर्ता, हरियो सुरूवाल र हरियै सल ।
कलेज सकेर प्राध्यापक आधार बर्देवा सीधै मेरो कोठामा आएकी थिई ।
यतिखेरसम्म उसको मोबाइल किन बजेन भनेको त, उसले मोबाइल नै अफ गरेकी रहिछे । आपैmँले लगाएको झ्यालको पर्दा खोली । ढोकाको चुकुल पनि खोलिदिई ।
‘म जान्छु अब ।’
‘जाऊ । मम्मीलाई टेन्सन भइरहेको होला ।’
‘मलाई साला, घरका मान्छे कोही पनि मन पर्दैन । मम्मी त झन्…।’
‘यो त हद भो म्याम ! स्टुडेन्टले के सिक्लान् यस्ता लेक्चररबाट ?’
‘म के बच्चा हो त ? सेकेन्ड सेकेन्डमा मेरो चिन्ता गर्नुपर्ने ? सेकेन्ड सेकेन्डमा फोन गर्नुपर्ने । ’
‘आमाहरुलाई आफ्ना छोराछोरीको चिन्ता लाग्छ । सधैं केटाकेटी नै छन् भन्ने ठान्छन् ।’
‘मेरो आफ्नो निजी जिन्दगी खै ? खालि घर–कलेज, कलेज–घर ? म त उहाँकी सजीव खेलौना जस्तो पो छु ।’
‘त्यसो नभन । त्यो तिम्रो मम्मीको माया हो । प्रत्येक आमाहरु आफ्ना सन्तानलाई औधि प्रेम गर्छन् ।’
‘तिम्रो मम्मीले तिम्लाई माया गर्नुहुन्न ?’
‘किन नगर्ने ? गर्नहुन्छ ।’
‘मेरो मम्मीलेभैmँ गर्नुहुन्छ त ?’
‘फोन गर्दैमा माया हुने, नगर्दैमा नहुने होइन । केटाकेटी जस्तो कुरा नगर ।’
‘तिमी नै भन्थ्यौ, मेरो मम्मीको त्यो माया हो भनेर ।’
‘हो त । मायाको प्रस्तुति अलग–अलग हुन्छ । सबैका आमाले उस्तै प्रेम गर्दिनन् ।’
‘तिमी त घर छोडेर यति टाढा बसेकी छौ । मलाई त कहीँ गएर एक रात पनि बस्न दिनुहुन्न ।’
‘आपैmँमा पनि भर पर्छ । मेरी आमालाई मप्रति विश्वास छ । छोरीले गलत गर्दिन भन्ने कुरामा ढुक्क हुनुहुन्छ । फेरि म पन्ध्र–सोह्र वर्षकी अल्लारे केटी पनि त होइन । मेरी दिदी पनि त यही ठाउँमा हुनुहुन्छ मेरो ख्याल गर्न । बुवा त मलाई बहादुर केटी भन्नुहुन्छ । सबैमा गर्व छ मप्रति । मायाको कुरा गर्छौ ? मेरी आमा मैले उहाँको मुटु मागे पनि दिनुहुन्छ । बुझ्यौ ?’
मैले आधारलाई सम्झाउन खोजेकी थिएँ तर यहाँँनिर उल्टो भयो । उसलाई त झन् भड्काए जस्तो पो भयो । एक हिसाबले त ठीकै पनि भयो ।
आधार घर गई । उनीहरु बाजेको पालादेखि यही काठमाडौंमा छन् । मम्मीले पाँच छोरी जन्माइसक्नुभएको थियो । अन्तमा आधार पनि छोरी नै भएर जन्मी । त्यही दिन आधारको अनुहार पनि नहेरी घर छोडेर निक्लिएका बाउ मरे–बाँचेको केही ठेगान छैन । घरमा आधार र मम्मी मात्रै छन् । दिदीहरुको बिहे भैसक्यो ।
क्रमशः