काठमाडाैं । संचारकर्मी केएल पीडितले निर्माण,निर्देशन गरेको कमलरीे चलचित्र लावाजुनीलाई चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र दिएको छ । यो चलचित्र सबै उमेरसमूहका दर्शकले हेर्न सक्नेछन् ।
नेपालको पश्चिम जिल्लाहरुमा थारु समुदायमा विगतमा प्रचलनमा रहेको कमलरी प्रथामा आधारित चलचित्र लावाजुनीमा कमलरी बस्दा थारुबालिकाहरुले भोग्नुपरेको शोषण, उत्पीडन र हिंसाको चित्रणका साथैं उनीहरुको मुक्ति, स्वतन्त्रता र शैक्षिक अधिकारलाई सशक्तढंगमा उठाइएको छ ।
पहल नेपालको ब्यानरमा निर्माण गरिएको चलचित्र लावाजुनीमा छबिलाल कोपिला, ज्वाला खतिवडा, सुशीला चौधरी, वर्षा लम्साल, सुप्रीया देबकोटा, निश्मा वली लगायतका कलाकारको अभियनय रहेको छ । संगीत संतोष श्रेष्ठको रहेको छ भने कोमल वली, कुलानन्द गिरी, सतिष राजभण्डारी, स्वीकृति डाँगी, कोमलसरी घर्ती र यांशु श्रेष्ठले स्वर दिएका छन् ।
करिब ५० लाखमा निर्माण गरिएको चलचित्र लावाजुनीको कार्यकारी निर्माता गेहेन्द्र बस्नेत हुन् भने निर्मातामा रिना बस्नेत, संझना जीएम, टोपबहादुर जि.सी. र शारदा बि.सी.रहेका छन् । लावाजुनीलाई देश तथा विदेशमा च्यारिटी शो गरी हलमा रिलिज गरिने निर्माताले जनाएका छन् ।