-जीविका अश्रु
चारदिनको लामो हिँडाइपछिसाम्लिङको धामडाँडामाढाकर बिसाएरखुइय्य गर्दै,टोपीले पसिना पुछेर ,के सोचे होलान् मेरा बाले,
दिक्तेल छोडेको खबरलेरावा खोला पनि सुसाएकी थिई,रोएकी थिई,गाँउले आफन्त र सहेली जस्तै ।कहाँ पुग्छन्, के गर्छन् मेरा बा भनेर।
हो,मेरा बा उबेलामहाजनको ढिकेटोमा ढाकर बिसाएरयी नाबालकको भविष्यकल्पना गर्दैथिए होलान् ।छेवैमा बसेकी आमा रती नाबालक सन्तानहरुबाकै भरोसामासाहस बटुल्दै थिए होलान्भविस्य निर्माणको ।
श्रमका पुजारी मेरा बाझुकेनन् कसैसामू,चुकेनन् कसैसामू,निरन्तर एकै रफ्तारमा हिँडिरहे–हिँडिरहे
भाले कहिले बासेन बाको जीवनमाबिहान भएको संकेत कहिले गरेन,जहाँ सूर्योदय हुन्छ,आँङमा न्यानोपनमहसुस हुन्छ,उहुँ कहिले भएन।
जब सोल्टी वा तेली खोला पुग्थे,बा सोच्ने गर्थे,आफ्नै सन्तानको आँसु बगिरहेको ।सम्झे होलान,पढाउने इच्छा, बढाउने इच्छाअनिसन्तानको सुखद भविष्य ।
यद्यपि,कहिले बिचलित भएनन् बाधुलौटोमा कखरा सिकाएर,रुद्री,चण्डी कण्ठस्थ बनाउने उनै हुन् ।थाप्लोको भारी बिसाउन नपाएकामेरा बालेमलाइकहिले भारी बोकाउन चाहेनन् ।उनी सन्तानको टाउकोअथाह ज्ञान भरिएको हेर्न चाहन्थे,न कि नाम्लोको डाम।
आज बाको पौरखमायौटा स्वाभिमानी टाउको लिएर,अक्षरहरूका बीचमाबालाई नै देखिरहेछु,आँखाभरि भरिआफैँसँगआफ्नै छायासँग।–सिच्चे, गान्तोक, सिक्किम