बर्दिया । ‘पिण्डेश्वर शिव–लक्ष्मी धाम’ बर्दियाले पाँच दिने पिण्डेश्वर पाँचौ शिव साधनाको आयोजना गर्ने भएको छ ।
साधना बैशाख १६ गते देखि २० गतेसम्म पाँच दिन चल्ने शिव–लक्ष्मी धाम बर्दियाकी अध्यक्ष ज्ञानुमाया रिजालले बताउनु भयो । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ कोठियाघाटको ओमकारेश्वर शिव पञ्चायन मन्दिर परिसरमा साधनाको आयोजना हुनेछ । त्यहाँ व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको अध्यक्ष रिजाले जानकारी दिनुभयो ।
परम उद्द्धारकर्ता संकटमोचनस्वरुप मदन बाबाको सानिध्यतामा आयोजना हुने यस शिविरमा साधकहरू, भक्ति, भजन, संगीत, ध्यान, जप, आराधना, सत्संग र उद्दारमा सहभागि हुने छन् । पाँच दिनको बसाईबाट सहभागिहरुले विभन्न रोग, दोष, बिघ्न र बाधाबाट राहत प्राप्त गर्ने अपेक्षा आयोजकले लिएको छ ।
साधनामा नेपाल, भारत र गैरआवासिय नेपालीहरु गरी करिब ३ हजारको संख्यामा भक्तजन तथा अनुयायीहरुको सहभागिता गराउने गरी आयोजकले आवाशिय तयारी थालेको अध्यक्ष रिजालले बताउनुभयो । ‘पिण्डेश्वर शिव–लक्ष्मी धाम’का देशभरका जिल्ला समितिहरुले विभिन्न शिविरहरुको आयोजना गर्दै आएको छ ।
बर्दियामा जिल्लामा गर्न थालिएको यो साधना शिविर दोश्रो पटक हुन लागेको आयोजकले बताएको छ । परम उद्द्धारकर्ता संकटमोचनस्वरुप मदन बाबाको सानिध्यतामा देश विदेशमा करिब पाँच लाख बढी साधकहरु रहेको बताइन्छ ।