गोपाल पाठक
काठमाडौं । बालाजुस्थित बाइसधारामा शुक्रबार बिशेष मेला हुँदैछ । हरेक वर्ष चैत शुक्ल पूर्णिमाको दिन मेला लाग्ने गरेको छ ।
बालाजु, काठमाडौं उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन पर्वतमुनि पर्छ । चैत शुक्ल पूर्णिमा मन्नादी देवीको जन्म मानिन्छ । त्यसदिन बाइसधारा स्थान गर्दा पून्य मिल्ने जनविश्वास छ । त्यहीकारण बासिन्दा बाइधारा स्थान गर्न आउँछन् ।
बाइसधारामा स्नान गरी त्यहाँ अवस्थित देवीको पूजा अर्चना गरे फलिफाप हुने धार्मिक मान्यता छ । बाइसधारामा नुहाए शरीरका सम्पूर्ण रोग हट्ने तथा सुख प्राप्त हुने मात्र होइन परलोकमा समेत पुण्य प्राप्त हुने जनविश्वास छ । नागार्जुनको वनमा एक किसिमको ल्हुति भन्ने फल फल्ने गरेको छ । बाइसधाराको पानीमा त्यो फलको रस मिसिएर आउने गरेको र त्यही कारण त्यहाँ नुहाउँदा छालासम्बन्धी रोग निको हुने भनाइ छ ।
नागार्जुनको वनमा एक किसिमको ल्हुति भन्ने फल फल्ने गरेको छ । बाइसधाराको पानीमा त्यो फलको रस मिसिएर आउने गरेको र त्यही कारण त्यहाँ नुहाउँदा छालासम्बन्धी रोग निको हुने जनविश्वास छ
१८औं शताब्दीमा कान्तिपुरका अन्तीम मल्ल राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गेधारा स्थापना गरे, पछि विक्रम संवत १८५५मा राजा रणबहादुर शाहले अर्को धारा थपे, त्यसपछि ठाउँको नाम बाइसधारा रहन गयो । धाराको मुहान नुवाकोट पर्वतसँग जोडिएको बूढापाकाको भनाइ छ
१८औं शताब्दीमा कान्तिपुरका अन्तीम मल्ल राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गेधारा स्थापना गराएका थिए । पछि विक्रम संवत १८५५मा राजा रणबहादुर शाहले थप एउटा ठूलो ढुङ्गेधारा स्थापना गरी बाइसधारा नाम राखिएको हो । । धाराको मुहान नुवाकोट पर्वतसँग जोडिएको बूढापाकाको भनाइ छ ।
देवीघाटको पानी यहाँ आउने र त्यसले नुहाएमा अनेकौ चर्मरोग निको हुन्छ भन्ने किंवदन्ती छ ।बाइधारा क्षेत्रमा शीतलामाई र गुहृयेश्वरीको पूजा अर्चना गर्दा बिफर रोग लाग्दैन भन्ने बुझाइ छ। त्यही विश्वासकै कारण शुक्ल पूर्णिमाको दिन भक्तजनको भीड लाग्ने गरेको हो ।
कुनै समय त्यहाँको पानी सुकेपछि विपस्वी बुद्धले कमलका फूल रोपेर ॐ नमोरत्नत्रयायू भनी मन्त्रोच्चारण गर्दा यहाँ स्वयम्भू ज्योतिरूपको उत्पत्ति हुन गएको र यसैकोे सम्झनामा ल्हुतिपूणिर्मा मनाउने गरिएको हो भन्ने किंवदन्ती छ । महायानी दार्शनिक आचार्य नागार्जुनले बुद्ध भगवानको संस्मरण गरी यही जामाचो पर्वतमा रहेको गुफामा ध्यान साधना गरी सिद्धि प्राप्त गरेका थिए। त्यसैले यस स्थानलाई नागार्जुन पर्वत भन्ने गरिएको पाइन्छ र ल्हुति पूणिर्माका दिन बाइसधारामा स्नान गरी यही जामाचोमा मृत आफन्तको नाममा बत्ती बाल्ने परम्परा रहिआएको छ ।
बाइसधारा मेला बौद्ध धर्मावलम्बी र हिन्दू धर्मावलम्बीको आस्था केन्द्रको रूपमा रहेको साथै धार्मिक सहिष्णुताको दृष्टिले पनि अनुपम नमूनाको रुपमा रहिआएको छ
बालाजु बाइसधाराको जात्रामा पूर्णेको अघिल्लो दिनमै यहाँका बौद्ध स्तुपमा भक्तजनहरू आउँछन र रातभर दिवंगत आत्माको मुक्तिका लागि बत्ती बाल्ने गर्दछन्। भोलिपल्ट चैतपूर्णिमाको बिहान सबेरै बालाजुको बाइसधारामा स्नान गरी स्वयम्भू स्तुपको ज्योतिको दर्शन गर्दछन्। साथै नागार्जुन स्तुपको पनि दर्शन गरी दिवंगत आत्माका बत्ती पुनः बाली र्फकने चलन रहिआएको छ।
मनमैजु देवीको जात्रासँग पनि बालाजु बाइसधाराको प्रसङ्ग देखिन आएको छ। ल्हुती पूणिर्माको मेलासँग मनमैजु जात्रा पनि शुरु हुन्छ। यस दिन बालाजुको बाइसधारामा स्नान गरेर मनमैजु देवीको दर्शन गरेमा आफूले चिताएको पुग्छ भन्ने धारणा छ । बाइसधारा मेला बौद्ध धर्मावलम्बी र हिन्दू धर्मावलम्बीको आस्था केन्द्रको रूपमा रहेको साथै धार्मिक सहिष्णुताको दृष्टिले पनि अनुपम नमूनाको रुपमा रहिआएको छ ।