अनिल यादव
नवलपरासी । प्रगतिशिल जनवादी गायक प्रचण्डबहादुर बुढाथोकीप्रति श्रद्धाञ्जली अर्पण गरीएको छ । दिवंगत भएको छैठौं दिन नेपाल कम्युिनष्ट पार्टी(नेकपा) नगर कमिटी बर्दघाटले शुक्रबार श्रद्धाञ्जलीको सभाको आयोजना गरेको हो ।
जनवादी लोकगायक प्रचण्ड बुढाथोकी नेपाल कम्युनिष्ट पार्टिको अग्रज कार्यकर्ता हुनुहुन्थ्यो । छैठौं दिनमा गरिएको श्रद्धाञ्जली सभामा प्रदेश मन्त्री, प्रदेश सांसद र पूर्वसासंद, नेपाल कम्युनिष्ट पार्टीका केन्दी्रय सदस्यलगायतको उपस्थिति रहेको थियो । प्रदेश नम्बर ५ का सदस्य तथा जिल्ला कार्यदल सदस्य घनश्याम यादवको अध्यक्ष्तामा श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो । कार्यक्रममा नेकपाका स्थायि कमिटि सदस्य घनश्याम भुसालले गायक प्रचण्ड कुनैपनि समस्या तथा अफ्ठयारोबाट नआत्तिएर सदैव जनताको सेवामा समर्पित स्रस्टा रहेको बताउनुभयो ।
प्रदेश नम्बर ५ का भौतिक योजना तथा पूर्वाधार मन्त्री बैजनाथ चौधरीले गायक प्रचण्डबहादुर बुढाथोकीको मार्गदर्शन कहिल्यै बिर्सन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेकपाले कुनैपनि कार्य गर्दा उहाँले गीतमार्फत दिएको शिक्षालाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्छ ।’ कार्यक्रममा पूर्वमन्त्री शान्ता मानवीले दिवंगत प्रचण्ड बुढाथोकीलाई सम्झदै भन्नुभयो, ‘मलाई केहीदिन अगाडि छपियाँ भन्ने ठाउँको गोली काण्ड विषयलाई जोडेर किताब लेख्ने भन्दै केही तथ्यांक संकलन गर्न भन्नुभएको थियो ।’ ‘दाई प्रचण्ड हामी माझ नभएको कुरा म छपियाँमा तथ्यांक संकलन गर्ने क्रममा मात्रै थाहा पाएँ ।’ पूर्वसांसद मानवीले जनगायक प्रचण्ड बुढाथोकीले जीवनको अन्तिम समयसम्म पनि आफूले केही गरेर जाने सोच राख्नुभएको उल्लखे गर्नुभयो ।
नेकपा केन्दी्रय सदस्य तथा जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष डा. विजय कुमार पौडेलले जनवादी गायक प्रचण्ड बुढाथोकीको कृति तथा पुस्तकहरु जनता प्रकाशनबाट प्रकाशित गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशको स्थितिलाई चित्रण गर्दै गीत गाउने महान व्यक्तिको योगदानलाई सम्झदै उहाँको बाटो हिडयौं भने हामी जनआकांक्षा पुरागर्न सक्छौं ।’
नेपाल कम्युनिष्ट पार्टीका नेता देवेन्द्र घिमिरेले जनगायक प्रचण्डमा सबै खुबी भएको औंल्याउनुभयो । ‘प्रचण्ड दाई गीत गाउने मात्र होइन नाच्ने पनि गर्नुहुन्थ्यो ।’ उहाँले भन्नुभयो, ‘प्रचण्ड दाइको अनुपस्थितिमा हामीले कुनैपनि कार्यक्रम गर्थेनौं, जताततै छरिएर रहेका व्यक्तिलाई एक ठाँउमा जम्मा गर्ने गर्नुहुन्थ्यो, कार्यक्रममा आएका नेता तथा कार्यकर्तामा उर्जा थप्ने कार्य प्रचण्ड दाइले गर्नुहुन्थ्यो ।’
यस्तै गायक प्रचण्ड बुढाथोकीको नाममा अक्षय कोष पनि खडा गरीएको छ । प्रचण्ड बुढाथोकी अध्ययन केन्द्रले खडा गरेको अक्षय कोषमा करिब ४ लाख भन्दा बढी रकम संकलन भइसेकेको छ । जनवादी गायक प्रचण्डको सम्झनामा केही सामाजिक कार्य गर्ने उदेश्यले बुढाथोकी परिवारले ३ लाख रुपैयाँ जम्मा गरेका छन् । प्रतिनिधि सभा सासंद तिलक महतले नवलपरासी पुर्व नेपाल कम्युनिष्ट पार्टीको तर्फ बाट ५० हजार रकम अक्षय कोषमा जम्मा गर्ने बताउनुभएको छ ।
गायक प्रचण्ड बुढाथोकीको जन्म १९९४ मा बुवा छविलाल बुढाथोकी र आमा तुल्सा बुढाथोकीको कोखबाट भएको थियो । लुम्बिनि अञ्चलको अर्घाखाँचीमा जन्मनुभएका बुढाथोकी रुपन्देहीको भैरहवा बुटवल र नवलपरासी क्षेत्रमा पार्टीको क्रियाशिल कार्यकर्ता तथा अग्रज व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ २०२७ सालमा नवलपरासीको साविक माकर गाविस २ को चिसापानीमा बसोबास गर्दै आउनुभएको थियो । उहाँले तत्कालिन समान्तवाद र पञ्चायतकाललाई प्रहार गर्दै कयौं गितहरु गाउनु भएको थियो । हेर नेपाल चर्को महंगिले खायो कपाल, जानी बेला रेलिमई सगुनको माला, लाउरे हुन नजानु, माया मारीए र रातो रुमाल जस्ता दजनौ जनप्रिय गीत प्रचण्ड बुढाथोकीले गाउनुभएको छ ।
यो पनि पढ्नुहोस्ः