अनिल यादव
काठमाडौं । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा मापदण्ड विपरीत विकास निमार्णको कार्य भईरहेको छ । रामग्राम नरगपालिकामा पर्ने सदरमुकाम परासीको बुद्धचोक देखि निलोगेटसम्मको चार लेनको बाटो निर्माण कार्य स्टमेट भन्दा बाहिर भइरहेको छ ।
१४ करोड ७ लाख ५७ हजार ८ सय ७४ रुपैयाँमा ठेक्का लिएको महालक्ष्मी सुनकोशी वल्र्डवाईड जे.भी काठमाडौं कम्पनिले सो बाटो लाई मुख्य चोकमा सांघुरो बनाउन थालेको स्थानियहरुले गुनासो गरेका छन् । निलोगेट देखि बुद्धचोक तिर खन्दै गरेको नालालाई मुख्य चोकमा स्टिमेट भन्दा दुई फिट भित्र बनाउन शुरु गरिएका छ ।
मापदण्ड विपरीत बाटो बनाउने कार्य भइरहेकोप्रति पटक–पटक सचेत गराइएको नागरीक समाज नवलपरासीका अध्यक्ष शम्भु उपाध्ययले बताउनुभएको छ । सदरमुकाम तथा परासी बजारको मुख्य चोकमै भइरहेको मापदण्ड विपरीत कार्यलाई तत्काल रोक्कागरी सुधार गर्न सचेत गराईए पनि ठेकेदारले मनपरी काम गर्दै आएको उहाँले बताउनुभयो । स्थानियले मापदण्ड विपरीत भइरहेका सडक निर्माण कार्यका विरोध गर्दै आएका छन् । महेशपुर चोक र बुद्धचोक देखि निलोगेटको बाटोमा कतिपय ठाँउमा गुणस्तरहिन इटा पनि प्रयोग भएको बारे खबरदारी गराइएको छ । अध्यक्ष उपाध्यायले भन्नुभयो, ‘अझै पनि जर्बजस्ती ठेकेदारले बाटो निर्माण कार्यलाई निरन्तरता दिए हामि पुर्णरुपले कार्य ठप्प गर्न बाध्य हुनेछौं ।’
विच सेन्टर बाट दुबै तिर ५०/५० फिट छोडि चार लेनको बाटो बनाउने कार्य भइरहेको छ । चार लेनको बाटोमा दुबै साईडमा ३ दशमलव ५ मिटरको दुई/दुई लेनको पिच बाटो निर्माण हुनेछ । विजुली पो, बत्ति र टेलिफोन तारको व्यवस्थापन, दुबै तिर पैदल यात्रि हिड्ने बाटो र नाला समेतको निमार्ण हुने नगरपालिकाका ईन्जिनियर सतिस गुप्ताले बताउनुभएको छ । तर त्यो निमार्ण भइरहेको बाटोको दुबैतिर रहेका नालालाई ठेकेदारले दुई देखि ढाई फिटभित्र घटाएर बनाईरहेको नगरपालिकाका ईन्जिनियर सत्तिस कुमार गुप्ताले बताउनुभयो ।
बाटोलाई मापदण्ड विपरीत बनाउने कार्य भइरहेको भन्द्यै एक स्थानीयले रामग्राम नगरपालिकामा लिखित उजुरी गरेका थिए । सोही अनुसार नगरपालिकाले एक महिना अगाडि नै मापदण्ड विपरीतको नाला सुधार गर्नको लागि ठेकेदार कम्पनी र सघन शहरी तथा भवन परियोजना कार्यालय चितवनलाई पनि जानकारी गराईएको ईन्जिनियर सत्तिसले बताउनभयो । उहाँले भन्नुभयो, ‘पटक–पटक सुधारको लागि आयधकारीकरुपमै जानकारी गराइए पनि संघन शहरी तथा भवन परीयोजना कार्यालयले वास्ता नगर्दा ठेकेदारले एकलौटी ढंगले सडक बनाउन थालेको छ ।’
अस्पताल अगाडि बाटो खन्दा एम्बुलेन्सलाई अवरोध
ठेकेदारको अर्को चरम लपरवाही र कामको ढिलासुस्ती मनोमानी ढंगले बाटो खन्दा अस्पतालको सेवा नै प्रभावित भएको छ । मान्छेको जिवनमा प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य सेवालाई बेवास्ता गरी जिल्लाकै मुख्य पृथ्वीचन्द्र अस्पताल अगाडि बाटो खनि लथालिङ्ग छोडिएको छ । अस्पतालको मुख्य पश्चिम गेट अगाडि नै १ महिना देखि खनिएको बाटो व्यवस्थित नहँुदा अस्पतालमा एम्बुलेन्स आहोर ओहोर गर्न निकै कठिन भएको चालक सुनिलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाटो अवरुद्ध भएपछि आकस्मिक सेवामा आउने विरामिलाई बाटोमै झार्नुपर्ने बाध्यता छ ।’
यता सघन शहरी तथा भवन परीयोजना कार्यालयका ईन्जिनियर माधव कटवालले समान्य गल्ती भएको स्विकार गर्नुभएको छ । बुद्धचोकको सेन्टर छुटयाउन नमिल्दा बाटोको चौडाइ कम भएको भनिएपनि बाटोको चौडाईलाई सेन्टरले फरक नपार्ने रामग्राम नगरपालिकाका ईन्जिनियर सत्तिस गुप्ताले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाटो निमार्णको समयावधि यही पुष मसान्तमा समाप्त भएको थियो । तर समय अवधि थप्ने प्रक्रिया नेपालको चलन जस्तै यस बाटोको पनि आउने पुष मसान्तसम्म म्याद थपिएको छ ।