कांग्रेस लोकतन्त्रको मुखुन्डो, कथित बुद्धिजीवीहरु ‘मूर्ख दर्शक’ र पञ्चायती जिल्ला बोकेर प्रदेश आन्दोलन गर्नेहरु विदेशी मोहोरा
–युवराज संग्रौलास्ट्याटस १प्रजातन्त्रको नाम जप्ने, सत्ता नछोड्ने, राष्ट्रको कोष समाप्त पार्ने, वामएकता कुरा गर्ने आफ्नो पदको मात्र मतलबी कुरा गर्ने अनि नेपाली नागरिकता बोकेर पञ्चायतले बनाइदिएको जिल्ला समर्थनमा देश जलाउनेहरु जनता र देशका शुभचिन्तक हुन सक्छ्न् ?
देशलाइ ४० अर्ब रुपैयाँको निर्वाचन र त्यसका आडमा गरिएको भ्रष्टाचारले त डसेकै छ, निर्वाचनको परिणाम नै प्रकाशित नगरी लोकतन्त्र र राष्ट्रको स्वाधिनतामाथि खुलेआम खेल हुन थालेको छ । यस्तो अवस्थामा केही कुरा कथित ठूला साना नेताले बुझून् ।
१. के अहिले प्रदेश राजधानीका लागि लड्ने बेला हो ? देशलाई विभाजित गर्ने बेला हो अहिले ? कति बन्छौ बिदेशीका गोटी ? लाज लाग्दैन तिमीहरुलाई ? कति बलात्कार गर्छौ मातृभूमिको ? मानिस हौ वा पशु ?
२. देश टुक्राटुक्रा पार्न, धर्मका नाममा विभाजित गर्न, जातिका नाममा विभाजित गर्न विदेशीहरु दिनरात लागिरहेका छ्न् । देशै नरहे कहाँ बनाउँछौ राजधानी ? गरिबले भात खान पाउने, पीडितले न्याय पाउने, घरविहीनले घर कसरी पाउँछन् भनेर सोच्दा तिम्रा दिमागमा किरा पर्छन् ?
३. अस्थायी राजधानी तोक्ने हो अहिले । कति धेरै घोर प्रतिक्रियावादी हुनु पर्ने ? कति संकुचित हुनु पर्ने ? देश नरहे कहाँबाट हुन्छौ सांसद ? ठूलो मन बनाएर देशको हितमा काम गर्नु हुँदैन ? तिमीहरुले पढेको मार्क्सवाद, लेनिनवाद र उदारवाद यति धेरै फोहरी विद्या हो ? गरिबको पसिना र रगत लुटेर गाडी चडेका छौ, ठेक्कामा कमिसन खाएर आलिशानन घर बनाएका छौ, हरेक मिनेट राष्ट्र लुटेका छौ । यतिले नपुगेर राजधानीका नाममा देश जलाउनु पर्ने ? धनकुटा र धरानका नाममा, बुटवल र दाङका नाममा, दिपायल र सुर्खेतका नाममा, डोटी र डडेलधुराका नाममा लडेर विदेशीका दास, गोटी र मोहरा बनेको देख्ने अलिकति पनि बुद्धि र विवेक नभएका मूर्खका हातमा देश छोड्न विवश जनताको धैर्यताको परीक्षा नगर । कहिले मधेश र पहाडका नाममा कहिले खस र मंगोलका नाममा देश बर्बाद नगर मूर्ख हो । घरै रहेन भने कोठा र खाट पनि रहँदैन ।देश टुक्राटुक्रा पार्न मदत नगर फोहरी हो आन्दोलनका नाममा । राजधानीका नाममा राष्ट्रको नाक नकाट । प्रजातन्त्रको नाम जप्ने, सत्ता नछोड्ने, राष्ट्रको कोष समाप्त पार्ने, वामएकता कुरा गर्ने आफ्नो पदको मात्र मतलबी कुरा गर्ने अनि नेपाली नागरिकता बोकेर पञ्चायतले बनाइदिएको जिल्ला समर्थनमा देश जलाउनेहरु जनता र देशका शुभचिन्तक हुन सक्छ्न् ? यस्ता राष्ट्रद्रोहीहरुको पर्दाफास गरौँ । अहिले देशलाइ शान्ति र विकास चाहिएको छ । तिम्रो संकीर्ण जिल्लावाद होइन ।
स्ट्याटस २सरकार आफ्नो आयु बढाउन हरेक किसिममा तानाबाना कसिरहेको छ । तर पनि कथित बौद्धिकहरु लोकतन्त्रको यो उपहासको मूकदर्शक नै बनेका छन् । लोकतन्त्रलाई मजाक बनाएर, लोकतान्त्रिक कसरी बनिएला र ?
तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीविरुद्ध अविश्वासको प्रस्ताव प्रतिनिधि सभामा दर्ता थियो । उहाँ टिचिङ अस्पतालमा गम्भीर घाइतेका रुपमा हुनुहुन्थ्यो । अविश्वासको प्रस्तावमा उहाँले जवाफ दिन बाँकी नै थियो । स्वकीय सचिव सुवर्णजी मेरो ल फर्ममा राति ९ बजे आउनु भयो । एमालेभित्र दुइचार वकिल मात्र छुत र अरु हामी सबै अछुत घोषित थियौँ, अछुतभित्र विश्वकान्त मैनाली पनि पर्नु हुन्थ्यो । अविश्वासको प्रस्तावमा छुत वकिलहरुले के सल्लाह दिएका थिए, थाहा थिएन । अस्पतालमा पुगेँ र उहाँको छेउमा उभिएँ ।
१. ‘राजीनामा दिने होला कि के गर्ने ?,’ उहाँले सोध्नुभयो । ‘लोकतन्त्रमा अविश्वासको प्रस्ताव सामान्य कुरा हो । राजीनामा दिनु हुँदैन,’ मैले भनेँ । ‘तर कांग्र्रेस त एकदिन पर्खिन पनि तयार छैन,’ उहाँले भन्नुभयो । ‘मनमोहनले लिखित जवाफ दिए हुन्छ भनेका रहेछ्न, तत्कालीन सभामुखले,’ भनेँ, ‘राष्ट्रले नैतिकता सिकोस्, त्यसैले स्ट्रेचरमा गएर जवाफ दिनु राम्रो हुन्छ ।’ आखिर दुर्घटनामा परेका प्रधानमन्त्रीले संसदमा आउन पनि नसकी हट्नु प¥यो । राजनीतिमा नैतिकता हुन्छ । नेपालीहरु लोकतान्त्रिक मान्यता समाप्त पार्ने खेलमा सधैँ मूर्खका रूपमा दर्शक भएका छ्न । त्यतिबेला कांग्रेसको अमानवीय राजनीतिक हर्कतको विरोध गरेनन् । अहिले सरकार आफ्नो आयु बढाउन हरेक किसिममा तानाबाना कसिरहेको छ । तर पनि कथित बौद्धिकहरु लोकतन्त्रको यो उपहासको मूकदर्शक नै बनेका छन् । लोकतन्त्रलाई मजाक बनाएर, लोकतान्त्रिक कसरी बनिएला र ?
२. विदेशीहरुले जसरी खेलिरहेका छन्, त्यो लाजलाग्दो छ । बिपी कोइरालाले नेहरुसँग पङ्गा लिए देशको स्वाधीनताका लागि । अहिले कुनै एउटा देश वामपन्थीको सरकार बन्न रोक्दै छ भनेर सञ्चारमाध्यम लेख्छ्न् । निर्वाचनको उपहास भइरहेको छ । कांग्रेसको दायित्व जनमतको कदर गर्नु हो । यसो गर्न सकेन भने कांग्रेसमा लोकतन्त्र होइन लोकतन्त्रको मुखुन्डो मात्र छ भन्ने बुझ्नु पर्ने हुन्छ ।
३. सरकार बनाउन नरोकेर कांग्रेसले भनेजस्तै वामपन्थी अधिनायकवादी हुन् कि होइनन् भनी परीक्षण गर्ने मौका जनतालाई दिनु पर्छ । यदि कांग्रेसले भने जस्तो पुग्यो भने जनताले वामपन्थीलाई अर्को निर्वाचनमा बढार्ने छन् । यदि उनीहरुले भने जस्तै देशलाइ विकासको बाटोमा लगे भने, जनताले चाहेको त्यही हो । वामपन्थी इमानदार रहेछ्न भने, अहिलेका कांग्र्रेसका गतिविधि प्रत्युत्पादक हुनेछन् ।
४. कांग्रेसको भलो जनमतको कदर गर्नुमा छ । राज्यको ढुकुटी आम्दानीबिना कहिलेसम्म चल्छ ?
स्ट्याटस ३नेपालका कम्युनिस्ट पार्टीभित्र जासुसहरु अनेक तरिकाले छिरेका छ्न् । यिनीहरु कहिले कम्युनिस्टकै सूचना विदेशी एजेन्टलाई दिन्छ्न् । कहिले जातिवादको नारा लगाउँछ्न् । कहिले देश विखण्डनको कुरा गर्छन् । अहिके कम्युनिस्ट एकताको विरोध गरिरहेका छ्न् ।
देशभित्र नेपालविरोधि शक्तिको घेराबन्दी कति धेरै छ भन्ने कुरा अबत लेखिरहनु पर्दैन होला ।
१. सरकार निर्माण गर्न राष्ट्रिय सभाको कुनै सरोकार छैन । तर त्यो हुन नपाओस् भनी निर्वाचन आयोग समानुपातिकतर्फको परिणाम प्रकाशित नगरी बसेको छ । निर्वाचन आयोगलाई परिणाम प्रकाशित गर्न विदेशी र स्वदेशी दलालहरुले रोकेका छ्न् ।
२. जसको बने पनि नेपाली जनताले स्थायी सरकारको चाहना राखेका थिए । त्यो हुन नदिन अनेक तानाबाना बुनेर रोक्ने प्रयास भइरहेको छ।
३. नेपालका कम्युनिस्ट पार्टीभित्र जासुसहरु अनेक तरिकाले छिरेका छ्न् । यिनीहरु कहिले कम्युनिस्टकै सूचना विदेशी एजेन्टलाई दिन्छ्न् । कहिले जातिवादको नारा लगाउँछ्न् । कहिले देश विखण्डनको कुरा गर्छन् । अहिके कम्युनिस्ट एकताको विरोध गरिरहेका छ्न् ।
४. नेपालमा अब कोही वामपन्थी छन् जस्तो मलाइ लाग्दैन । तर वामपन्थी भन्दा गतिलो कांग्रेस कहाँ छ ? कांग्रेस देशमा अस्थिरताको कारण बन्दैछ । यदि अहिले पनि स्थायी सरकार बनेन भने कांग्रेसले झन ठूलो मूल्य चुकाउनु पर्नेछ।
५. अध्यादेशमा समस्या होलान् । तर एमालेले सानोतिनो नोक्सानी सहेर पनि स्वीकार्नु नै बुद्धिमानी हुन्छ ।
६. हिजो राजाको परिवारै सक्ने, मदन भण्डारीको हत्या गर्ने र गणेशमानको राजनीति सिध्याउने शक्ति अहिले पनि जिउँदै छ । हिजो राजालाई उचालेर संकटकाल लगाइ माओवादी सिध्याउने र उनीहरुको प्रयोग गरेर राजा सिध्याएको पनि मानिसले बिर्सेका छैनन् होला ।
७. अहिले सरकारको गठन हुन नदिने खेल नाङ्गो हस्तक्षेप हो। लोकतन्त्रमा जनताको मतको अपमान हुनु हुँदैन । मेरो समर्थन लोकतन्त्रलाई हो । जो यसको विरोधमा आउँछ, त्यसको विरोध गर्नु पर्छ । अतः
क. निर्वाचन आयोगलाई निर्वाचन परिणाम रोकेर राख्ने अधिकार छैन । सरकार जोसुकैले बनाओस् तर परिणाम घोषणा हुनुपर्छ।
ख. राष्ट्रपतिले अध्यादेश जारी गरिदिए हुन्छ ।
ग. सरकार बन्ने र प्रदेस सभा बैठक तयारी गर्न कुनै कानुनले रोकेको छैन ।
घ. राष्ट्रिय सभा निर्वाचन हुँदै गर्दा सरकार बन्ने कामसँगै हुनसक्छ।
ङ. माघ ७ पु¥याएर निर्वाचनको वैधानिक अस्तित्वमा प्रश्न खडा गर्ने जमर्को हुनसक्छ । यस्तो खेलबाट मावोवादीको भनाइ कि अब फेरि सशस्त्र क्रान्ति आवश्यक छ भन्ने कुरा पुष्टि नगर्नु राम्रो हुन्छ । अब पनि खेलाँची भयो भने धेरै नेताले दुःख पाउने दिन आउन सक्छ्न् ।
(संग्रौला पूर्व महान्यायाधिवक्ता हुन्, संग्रौलाको पुस्तक ‘निसंकोच अभिव्यक्ति’ जनता प्रसारण तथा प्रकाशन लिमिटेडबाट प्रकाशित छ, यो अभिव्यक्ति चैँ संग्रौलाको फेसबुक वालबाट लिइएको हो । –सम्पादक)