भगीरथ भण्डारी
इलाम । जनता टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘बाइलाइन’मा मजदुर भोकभोकै, उद्योग धरासयी, सरकार मुकदर्शक, अर्थतन्त्रमा घाटा भनेर वैशाख २९ गते समाचार प्रसारणपछि चिया मजदुरले ज्याला पाएका छन् ।
त्रिवेणी सांघाई ग्रुपले काम गर्ने मजदुरलाई सरकारले तोकेको ज्याला दिनेमा सहमति भएपनि इलामका दुई बगानमा भने साघांइले असहमति जनाएको छ ।
इलाम र झापाका सातवटा सरकारी चियाबगान त्रिवेणी सांघाई ग्रुपले ५० वर्षका लागि भाडामा लिएर सञ्चालन गरिरहेको छ । सात चियाबगान मध्ये इलामको कन्याम र इलाम सदरमुकाम नजिकको चियाबगानमा काम गर्ने मजदुरलाई दिन सक्दिन भनेपछि यसका लागि पनि वार्ता भइरहेको मजदुर नेता सरस्वती चम्लागाँइले बताउनु भएको छ ।
श्रम ऐन र नियमावलीमा व्यवस्था भए बमोजिम नेपाल सरकारले राजपत्रमा समेत प्रकाशित गरेको कुरालाई वेवास्ता गर्दै नेपाल चिया विकास निगमकै व्यवस्थापकको रुपमा रहेको सांघाई ग्रुपले ज्याला नदिएको बताउदै आन्दोलन गरेका थिए ।
श्रम ऐन, २०७४, श्रम नियमावली २०७५ र सामाजिक सुरक्षा ऐनमा श्रमिकको नियुक्ति पत्र, बिमा, बिदा सुविधा, औषधोपचार लगायतको व्यवस्था रहेको छ । वार्षिक तलब वृद्धि, चाडपर्व खर्च, उपचार खर्च लगायतका सेवासुविधा तोकेको छ । साउन १ गतेदेखि लागू हुने गरी चिया बगानमा काम गर्ने श्रमिकको ज्याला दैनिक तीन सय ८५ रुपैयाँ र कारखानामा काम गर्ने मजदुरलाई थप ४२ रुपैयाँ तोकेको छ । तर, अहिले श्रमिकहरूले दैनिक दुई सय ७८ रुपैयाँ मात्र पाइरहेका थिए ।
भिडियाे हेर्नुहाेस्
https://www.youtube.com/watch?v=uL9wyVn4A5U