संयोग नेपाल
काठमाडौं । नायिका प्रियंका कार्की पछिल्लो समयकी चल्तीका नायिका हुन् । उनले गरेको चलचित्र अरु नायिकाको तुलनामा कम फ्लप भएका छन् । प्रियंका कामले मात्र नभई प्रेमका कारण पनि पछिल्लो समय चर्चामा छिन् । उनले एक टेलिभिजन कार्यक्रममा असारमा विवाह गर्ने भनेपछि त झन् उनलाई शुभकामना पनि आउन थालिसक्यो ।
भनिन्छ, जति धेरै चर्चा उति धेरै विवाद । यो रोगले प्रियंका पनि कहाँ अछुतो रहन सक्थिन् । टेलिभिजन, अनलाइन र विभिन्न युट्युब च्यानलमा आएको अन्तर्वार्ताले उनलाई कहिलेकाँही आवश्यकता भन्दा बढी भाइरल बनाइदिन्छ । यस्तै क्रममा उनले केही साताअघि एक युट्युबलाई दिएको अन्तर्वार्ता भाइरल बनेको थियो ।
केही साताअघि एक युट्युब च्यानलमा दिएको अन्तर्वार्तामा नायिका प्रियंका कार्की नराम्ररी झुक्किएकी छिन् । आफ्ना प्रेमी आयुष्मान देशराज जोशीसँगको युट्युब च्यानललाई अन्तर्वार्ता दिएकी प्रियंकाले त्यहाँ प्रेमसम्बन्धको बारेमा कूरा गर्दा उनको एक अश्लिल शब्द बोलेकी थिइन् । प्रियंका र आयुष्मानको सम्बन्ध टिक्दैन भन्छन् नि कतिपयले भन्ने प्रश्नको जवाफमा प्रियंकाले भनेकी छन्, ‘हामीले अहिलेसम्म दर्शकसमक्ष कुनै पनि कुरा लुकाएका छैनौँ र लुकाउँदैनौँ पनि, र जोजसले ..क्दैन भन्नुभा’को हुन्छ, धेरैले आफ्नै सम्बन्ध टुक्रेको हुनसक्छ, लभबाट विश्वास उडेको हुनसक्छ, धेरैजसो सम्बन्ध टिक्दैन पनि, त्यसकारण पनि हाम्रो सम्बन्धबारे त्यस्तो भन्नुभएको होला ।’
प्रियंकाले प्रश्नको जवाफ दिँदा बोलेको यो संवादमा उनले अश्लील शब्द बोलेकी छिन् । उनले बोलेको शब्दले सामाजिक सञ्जालमा व्यापक चर्चा पायो भनेपछि उनले अन्तर्वार्ता दिएको युट्युब च्यानलले भिडियो नै हटायो ।
उसो त नायिका प्रियंका कार्की अन्तर्वार्तामै झुक्किएको यो पहिलो पटक भने होइन । यसअघि पनि अमेरिकामा एक युट्युब च्यानललाई अन्तर्वार्ता दिने क्रममा नायिका कार्की झुक्किएकी थिइन् । त्यो समयमा प्रस्तोताले तपाईँ अमेरिका पहिलोपटक आउनुभएको हो भन्ने प्रश्नको उत्तर दिँदा पनि उनी ट्रोलको सिकार भएकी थिइन् ।
प्रस्तोताको प्रश्नको उत्तर दिँदै नायिका कार्कीले भनेकी थिइन्, ‘अमेरिका चाँहि मेरो पहिलो पटक भ्रमण हो, म ६ वर्ष यहाँ बसेर फर्किसकेपछि युके, युएस लगायत धेरै देश गएँ तर अमेरिका आउने मेलोमेसो मिलेकै थिएन, विद्यार्थी जीवन सकाएर चाँहि मेरो पहिलोपटक हो अमेरिका भ्रमण ।’ उनको यो उत्तरसहितको अन्तर्वार्ता सार्वजनिक भएसँगै नायिका कार्कीको सामाजिक सञ्जालमा एकदमै धेरै ट्रोल भएकी थिइन् ।
साथै सोही अन्तर्वार्तामा उनले ‘मेरो मामु ७ महिनाको प्रेग्नेन्ट हुँदा पनि म उहाँको पेटमा थिएँ रे’ भन्ने उनको वाक्यांशले सामाजिक सञ्जालमा गतिलै स्थान पाएको थियो ।
पटक–पटक विवाद र ट्रोलको सिकार भइरहँदा नायिका प्रियंका कार्कीले आफ्नो रफ्तारलाई भने कायम राखेकी छन् । हुन त उनले धेरैवटा अन्तर्वार्तामा बाहिर मानिसहरुले गर्ने कुराकानी आफूलाई खासै फरक नपर्ने बताइसकेकी छन् । यद्यपि यस्ता ट्रोलहरुले केही मानिसक तनाव भने हुने उनका यसअघिका अन्तर्वार्ताहरुमा स्पष्ट पारिसकेकी छन् ।
उनलाई दर्शक र ट्रोलर्सहरुको ट्रोलले खासै असर पर्दैन भने पनि मिडियामा बोल्दा वा सार्वजनिक स्थानमा आफ्ना भनाइ राख्दा शब्दचयनमा ध्यान दिए राम्रै हुन्छ कि प्रियंकाजी ?