बेलायतको पोर्टसमाउथ एण्ड नेचुरल हिस्ट्री म्युजियम विश्वविद्यालयले १ लाख ३६ हजार वर्षअघि पृथ्वीबाट लोप भएको चरा पुनर्जीवन प्राप्त गरी अस्तित्वमा आएको पुष्टी गरेको छ । उड्न नसक्ने चरा ‘ह्वाइट थ्रोटेड रेल’ को बासस्थान हिन्दमहासागरको अलडब्रा क्षेत्रमा थियो । समुन्द्रले त्यो क्षेत्रलाई तहसनहस पारेपछि ‘ह्वाइट थ्रोटेड रेल’ चरा लोप भएको थियो । तर अहिले चरा मृत्युबाट फर्किएको वैज्ञानिकहरुले दाबी गरेका छन् । ‘ह्वाइट थ्रोटेड रेल’ फेरि समुन्द्री किनारमा देखिन थालिएको छ ।
‘इटिरेटिभ इभोलुसन’ प्रकृयाबाट ‘ह्वाइट थ्रोटेड रेल’ पृथ्वीमा फिर्ता आएको वैज्ञानिकहरुको भनाई छ । ‘इटिरेटिभ इभोलुसन’ भनेको उही वंशजका प्राणी पुनः अस्तित्वमा आउने प्रकृया हो । इतिहासमा यस्ता घटना धेरै पटक भएका छन् । करिब एक लाख वर्षअघि समुन्द्री सतह घटेपछि अलडब्रा टापु उकासियो र त्यो चराको प्रजाति दश हजार वर्षअघि ‘ह्वाइट थ्रोटेड रेल’ पुनः जीवन पाएर आइल्याण्डमा बिचरण गरिरहेको छ । शिकारीको नजरबाट मुक्त आइल्याण्डमा चुनौती नभएकोले ‘ह्वाइट थ्रोटेड रेल’ चराको प्रजाति फैलिँदैछ ।
लोप भएपछि अलडब्रा टापुबाट संकलित ‘ह्वाइट थ्रोटेड रेल’ चरा फ्लोरा र फाउना (वनस्पति र जीवजन्तु) बाट पुनसिर्जित भएको शोधबाट पुष्टि गरिएको छ । लोप हुनुअघिको जीवाश्म र पुनरजीवनप्राप्ति पछिको जीवांश शोध गर्दा अनुसन्धानकर्ताले ‘ह्वाइट थ्रोटेड रेल’ ले पुनर्जीवन पाएको पुष्टि गरेका हुन् । पृथ्वीमा पूर्वजन्म र पुनर्जन्मको जिकिर हिन्दू धर्मशास्त्रमा मात्र भेटिन्छ । ईशाई, इस्लाम र बौद्ध धर्मले पूर्वजन्म र पुनर्जन्मलाई स्वीकार गर्दैन । त्यसैगरी भौतिकवादी दर्शनका प्रणेता कार्ल माक्र्सले त पूर्वजन्म र पुनर्जन्मलाई फगत कल्पना, भ्रमको खेती र शोषणको बुर्जुवा र पुरातन औजारको रुपमा अथ्र्याएका छन् । प्राणी जन्मकासाथ अस्तित्वमा आउने र मृत्युपछि कुनै अस्तित्व नरहने भौतिक विज्ञानको तर्क छ ।
इटिरेटिभ इभोलुसन’ प्रणाली सम्बन्धी वैज्ञानिक शोध हिन्दू धर्मशास्त्रमा उल्लिखित पूर्वजन्म र पुनर्जन्मको दर्शनलाई सही सावित गर्ने दृष्टान्त बनेको छ
हिन्दूधर्म दर्शनले प्रतिपादित गरेको आत्माको अविनाशी अस्तित्व भौतिक शास्त्रीहरुको लागि नालायक प्रलाप हो । आधुनिककालमा विश्वप्रशिद्ध दार्शनिक ओशोले पूर्वजन्म र पुनर्जन्मलाई प्रमाणिक रुपमा प्रस्तुत गर्ने कोशिस गरे । ओशोले महान हिन्दूदर्शन गीताको पूर्वजन्म र पुनर्जन्मको व्यख्यानलाई अझै सही ठह¥याउँदै भनेका छन्, ‘जगत शुरुवातविहीन र अन्त्यविहीन छ ।’ ओशोले चिनियाँ ताओ दर्शनको पनि उद्धरण गर्दै प्राणी पनि निरन्तर जन्म–जन्मान्तरको यात्रामा छ भनेका छन् । हिजो पनि हामी थियौं , आज छौं र भोलि पनि रहने छौं । चोला अर्थात् शरीर र योनीमात्र फेरिन्छ । आत्मिक यात्रा जारी रहन्छ । उनले आफ्नो एक महत्वपूर्ण प्रवचन ‘ म मृत्यु सिकाउँछु ’ मा साधनाको सम्मोहन विधिबाट मानिस पूर्वजन्मको संस्मरणमा फर्किन सक्ने तर्क पेश गरेका छन् । आशोको प्रवचनलाई भौतिक विज्ञानका अनुयायीले निकै खिल्ली उडाए ।
कोरा कल्पना र भौतिक प्रमाण विना बोलिएको तर्कको पुलिन्दा भनियो । तर ‘ह्वाइट थ्रोटेड रेल’ को पृथ्वीमा एक लाख २६ हजार वर्षपछिको पुनरागमन र ‘इटिरेटिभ इभोलुसन’ प्रणाली सम्बन्धी वैज्ञानिक शोध हिन्दू धर्मशास्त्रमा उल्लिखित पूर्वजन्म र पुनर्जन्मको दर्शनलाई सही सावित गर्ने दृष्टान्त बनेको छ । विज्ञानले मानेको तर्क के हुन् भने ‘कुनै पनि नयाँ वस्तु मानिसले सिर्जना गर्न सक्दैन ।’ प्रकृति प्रदत्त दुई वा सो भन्दा बढी वस्तु मिसाएर रुप र गुण परिवर्तित तेस्रो वस्तु निर्माण गर्न सक्छ । त्यसैगरी ‘कुनैपनि वस्तुको सम्पूर्ण अस्तित्व मेटाउन सकिदैन ।’
विज्ञान अहिले अल्लारे उमेरमा छ तर बिस्तारै आध्यात्मिक दर्शनको गहनता र सत्यता भौतिकवादी विज्ञानलाई बोध हुँदै जानेछ
यी दुई सिद्धान्तमा भौतिकवादी विज्ञान र आध्यात्मिक दर्शनबीच मतऐक्यता कायम भएको छ । अर्थात् हजारौ वर्षको आध्यात्मिक खोज र सत्यको प्रकटीकरणमा विज्ञान बल्ल आइपुगेको छ । ओशो भन्छन् विज्ञान अहिले अल्लारे उमेरमा छ तर बिस्तारै आध्यात्मिक दर्शनको गहनता र सत्यता भौतिकवादी विज्ञानलाई बोध हुँदै जानेछ । भौतिकवादी विज्ञानले नास्तिकताको उल्टो बाटो समात्यो तर खोजी विज्ञानले पनि गरिरहेको छ । आशो थप्छन् विज्ञानको गहिरो खोजको नतिजा परमाणु पत्ता लाग्नु हो । आध्यत्मको गहिरो खोजको नतिजा परमात्माको अनुभूति हो । बाटो उल्टो होस् वा सुल्टो ढिलो चाँडो पुगिने सत्यमा नै हो । आस्तिक र नास्तिक एक दिन एउटै सत्यमा पुग्छन् । मार्गमात्र फरक हो । परमात्मा र परमाणुबीच समीपताको खोजी पनि हुँदैछ ।
प्रसिद्ध तथा प्राचीन चिनियाँ दार्शनिक ताओले भनेका छन् ‘जगत अनन्त छ र यसमा अनन्त रहस्य छन् । जगत निरन्तर बिस्तार भइरहेको छ ।’ ओशो भन्छन् रहस्य खोतलेर कारण र परिणाम पस्किन सकियो भने विज्ञान बन्छ । तर आध्यात्मले थप कारक पनि खोज्छ र कारकतत्व परमात्मालाई मान्छ । फरक यति हो अन्यथा सत्य त एउटै हुन्छ । सत्य न घट्ट न बढ्छ । मानवीय खोजीको परमार्थ जुन विन्दुमा टुंगिन्छ मानिसले त्यसैलाई सत्य ठान्छ । तर पछिल्लो पुस्ताले थप खोजी गरेपछि थप रहस्य खुल्छन् । त्यसकारण सत्य समयको अन्तरालपछि बदलिएको महशुस हुन्छ । ‘इटिरेटिभ इभोलुसन’ प्रकृयाबाट ‘ह्वाइट थ्रोटेड रेल’ चराको पुनरागमन भएको वैज्ञानिक शोध अल्लारे विज्ञानमा आइरहेको परिपक्वता प्रमाण हो ।
पृथ्वीमा रहेको कुनै प्राणी प्राकृतिक घटना वा मानव सिर्जित कुनै दुर्घटनाका कारण लोप हुनसक्छ । कालखण्डको ऐतिहासिकता पल्टाएर हेर्दा थुप्रै प्राणी पृथ्वीबाट लोप भएका छन् । लोप भएका प्राणी जसको जीलो नै मासियो त्यो कसरी पुनः प्रकट हुन सक्छ रु विज्ञानको कुनै जैविक अध्ययनले यसको कारण अझै पत्ता लगाउन सकेको छैन । प्रकृतिले कुन प्रयोशालामा कसरी कुनै प्राणी उत्पति गरेर धर्तीमा अवतरित गराउँछ , विज्ञानलाई अझै थाहा छैन । ‘इटिरेटिभ इभोलुसन’ प्रकृयाबाट ‘ह्वाइट थ्रोटेड रेल’ चरा धर्तीमा पुनः अवतरित भएको वैज्ञानिक पुष्टिले भौतिक विज्ञान विस्तारै सनातन हिन्दूदर्शनको समीप पुग्दैछ । प्राणी ८४ लाख योनीको चक्कर लगाउँछ भन्ने धर्मशास्त्रीय दर्शनतर्फ विज्ञानको ‘इटिरेटिभ इभोलुसन’ प्रकृयाको खोज एक कदम अघिसरे जस्तै हो ।