अनिल यादव
नवलपरासी । लुम्बिनी भ्रमण वर्ष २०७६ आजदेखि शुरु भएको छ । २५६३ औं बुद्धजयन्तीको अवसर पारेर आज लुम्बिनी भ्रमण वर्षको शुभारम्भ गरिदै छ । दिवस र लुम्बिनी भ्रमण वर्ष २०७६ को राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गनुहुँदैछ ।
‘बुद्धको जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलौं’ भन्ने मुल नाराका साथ शुभारम्भ हुने लुम्बिनी भ्रमण वर्ष २०७६ ले रामग्राम स्तुपलाई छोएन । प्रदेश ५ सरकारले ‘लुम्बिनी भ्रमण वर्ष २०७६’ विभिन्न कार्यक्रमका साथ मनाइरहदा पश्चिम नवलपरासीस्थित रामग्राम स्तुप भने ओझेलमा परेको छ । बुद्धको एक मात्र अष्टधातु भएको रामग्राम स्तुपलाई लुम्बिनी भ्रमण वर्ष नछोएको हो ।
बुद्धसँगै जोडिएको यो स्तुपमा विभिन्न देशका पर्यटकहरु अवलोक गर्न आउने गरेका छन् तर लुम्बिनी विकास कोष र प्रदेश ५ सरकार भ्रमण वर्ष शुरुवात गर्न लुम्बिनीमा मात्रै सिमित भएको देखिएको छ ।
रामग्राम नरगपालिका उजैनिमा रहेको स्तुपको महत्व लुम्बिनी जतिकै रहेको बुद्ध धर्मवालम्बी जानकारहरुले बताउने गरेका छन् । बुद्धको सबै धर्मिक स्थलमा घुमे पनि रामग्राम स्तुपमा नपुगेसम्म त्यो पुर्ण नहुने उनीहरुले बताउने गरेका छन् ।
बुद्धसँग सम्बन्धीत लुम्बिनी पछिको दोस्रो महत्वपूर्ण स्थानमा रहेको रामग्राम स्तुपमा लुम्बिनी विकास कोष र प्रदेश सरकारले समेत वास्ता नगरेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले बताउनुभएको छ । रामग्राम स्तुप बुद्धको एक मात्र अस्तुधातु रहेको स्थान हो । प्रदेश सरकारले बुद्ध सर्किटको रुपमा विकास गर्ने योजनामा राखेको स्तुपलाई भ्रमण वर्षमा वेवास्ता गरेको गुप्ताको गुनासो छ ।
रामग्राममा पूर्वाधार अभावका कारण पनि यहाँ आउने पर्यटक २÷३ घण्टामै फर्केर जानुपर्ने अवस्था रहेको यस्तै प्रदेश सरकारले लुम्बिनि भ्रमण वर्षमा छुटाएको रकमले लुम्बिनी मात्र झिलिमिलि बनेको छ भने, रामग्राम स्तुप सुनसान छ ।
लुम्बिनी भ्रमण वर्ष २०७६ को उपेक्षितले गर्दा रामग्राम नगरपालिकाले आफ्नै तरीकाले बुद्धजयन्ती बनाउने भएको छ । लुम्बिनी विकास कोष तथा प्रदेश सरकारले रामग्रामलाई चाँसो नगरपालिकाले त्यस अनुसारको कार्यक्रम गर्ने भएको हो ।