काठमाडौं । बलिउड अभिनेत्री रकुल प्रित चलत्रिच ‘दे दे प्यार दे’ बाट चर्चा बटुलेकी नायिका हुन् ।
उनले बलिउडभन्दा बढि साउथ इंडियन फिल्ममा बढी देखिने गर्छिन ।यतिबेला रकुल आगामी फिल्म एनकेजीको प्रचारप्रसारमा लागेकी छन् ।
फिल्मको प्रचारप्रसारको क्रममा उनको पतिमा हुनुपर्ने तीन गुणहरुको बारेमा सोधिएको थियो । त्यसको जवाफ उनले एकदमै खुलेर दिइन् ।
पतिको उचाइ ६ फिट हुनुपर्ने उनको पहिलो शर्त हो । उनी भन्छिन्, ‘म आफ्नो पतिलाई शिर ठाडो पारेर हेर्न चाहन्छु, यदि मैले हिल्स लगाएता पनि उ म भन्दा अग्लो हुनुपर्छ ।’
दोश्रो गुण बताउँदै रकुलले भनिन्, ‘केटा आफ्नो भविष्यको विषयमा ढुक्क हुनुपर्छ । जीन्दगीमा उसको केही योजना हुनुपर्छ, ठूलो मान्छे हुनुपर्छ भन्ने छैन तर जीन्दगीमा केही ठूलो काम गर्छु भन्ने आँट भने हुनुपर्छ ।’
तेश्रो गुणको बारेमा रकुलले भन्छिन्, ‘मेरो पति हुने मान्छे एकदमै साँचो हुनुपर्छ, मसँग मात्र नभएर कोहीसँग पनि झुट नबाल्ने किसिमको, साथै सेन्स अफ ह्युमर पनि हुनु आवश्यक छ ।’
रकुलले आफू लामो समयदेखि सिंगल रहेको भारतीय टेलिभिजनका दिएको एक अन्तर्वार्तामा बताइन् । साथै उनले आफू लामो समयदेखि सिंगल किन छु भन्नेमा आफैँ चकित परेको बताइन् ।