प्रेम बुढा
बर्दिया । मधुवन नगरपालिकाकी ८ वर्षीया राममाया(नाम परिवर्तित) वली छिमेकी दाईसँग हास्ने खेल्ने गर्थिन । चन्चले बाल उमेरमा दौतरीसँग खेल्न पाएपछि अर्की ८ वर्षीया मनमाया(नाम परिवर्तित) चौधरी पनि उनै छिमेकी दाईसँग नजिक भए । घनिष्ट साथी बनेका राममाया र मनमाया वन, गोठाला देखि घरपरिवारमा पनि सधैँ सँगै खेल्ने गर्छन् । तर शनिबार परिस्थिति अलग बन्यो ।
पसलमा सियो लिन आएका राममाया र मनमायालाई १५ वर्षका सुनिल सुनार(नाम परिवर्तित)ले यौन प्रस्ताव राख्दै तानेर घरभित्र लगे । यौन सम्पर्कको लागि आग्रह गर्दै भित्र तानिएका दुबै बालिकाले प्र्रतिबाद गरेर आफनो घर फर्किए । अभिभावकलाई सुनिलले गरेको र भनेको शब्द सहित घटना विस्तार गरेपछि अहिले यो घटना ईलाका प्रहरी कार्यालय सानोश्री हुँदै जिल्ला प्रहरी कार्यालय पुगेको छ ।
यसरी सिर्जना भयो घटना
शनिबार विहान आफ्नो पसलमा आएका बालिका राममाया र मनमायालाई सुनिलले यौनसम्बन्धको प्रस्ताव राख्दै सामातेर भित्र लगेको पहिलो पटकको घटना नभएको खुलेको प्रहरी नायव निरिक्षक गणेशमान खड्काले जानकारी दिनुभयो । प्रारम्भिक बयानका आधारमा घटनाको सुरुवात करिब एक महिना अगाडीको हो । पिडित बालिका मनमायाका अनुसार सुनिलले यसअघि गोठालो गएको बेला पनि झाडीमा लगेर योनी र मलद्धारमा सम्पर्क गरेका थिए । तर त्यतिबेला दुखेको भएपनि रगत नदेखिएको र १० रुपैयाँ दिएको मनमायाले बताईन् ।
यस्तै उनकै साथी राममायालाई पनि सुनिलले मलद्धारमा सम्पर्क गरेको बताईन् । पीडित बालिकाहरुले भने, ‘हामीले त्यस्तो भएपछि घरमा मम्मीलाई भनेका थियौं , तर कुनै वास्ता गरेनन् ।’ बालिका राममायाले भनिन्, ‘त्यतिबेलाआमाले सुनिलसंग नखेल्नु, त्यसको घरतिर नजानु भन्नुभयो तर हाम्रो कुरा पत्याउनुभएन ।’ विगतमा निर्धक्कले यौन प्रस्ताव राख्दै आएका सुनिलले यसअघि बलात्कार गरेको बालिकाहरुले बताइसकेका छन् ।
यता आरोपित सुनिल सुनारले भने राममाया र मनमायासंग आफूले त्यस्तो केही नगरेको बताउँछन् । ‘पसलमा सामान किन्न आउँथे’ सुनिलले भने, ‘तर, मैले उनीहरुसँग त्यति खेल्थिन, मैले यौन सम्पर्कको प्रस्ताव पनि राखेको छैन ।’ पीडित बालिकाहरुले भने सुनिलले आफ्नो यौनांगमा तेल समेत लगाउन लगाएको बताउछन् । ‘पसलबाट विस्कुट दिन्छु भन्थ्यो, पहिलोपटक त्यस्तो गर्दा १० रुपैयाँ दियो, पछि ५ रुपैयाँ दिन्छु भन्थ्यो’ बालिकाले भनिन्, ‘हामी दुई जना हुँदा जहिले पनि गर्न दे मात्रै भन्थ्यो ।’
आरोपित सुनिलका अभिभावकले भने परिवारिक दुस्मनीका कारण छोरालाई गम्भीर आरोप लगाएको बताउँछन् । उनले बालिकाहरुलाई अभिभावकले नै सिकाएर त्यस्तो बयान दिन लगाएको आरोप लगाए । साना उमेरका आफ्ना छोरीहरुले सुनिलको सबै हर्कत आफैँ भनेकाले नै प्रहरीकोमा उजुरी गर्नुपरेको पीडित बालिकाका अभिभावकहरुको भनाइ छ ।
अब के गर्छ प्रहरीले ?
आरोपित सुनिल सुनारलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बर्दियामा पठाइएको छ । पीडित बालिकाहरुमाथि बलात्कार भएको वा बलात्कारको प्रयास भन्ने बारेका एकिन गर्न बालिकाहरुको स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोले भन्नुभयो, ‘यो एकदमै संवेदनशील विषय हो, कसैले आरोप लगाउनलाई मात्रै आफ्नो छोरीहरुको ईज्जत दाउमा लगाउदैँन, तर मेडिकल रिपोर्ट र पीडितको भनाइबारे हामी गम्भीर भएर अनुसन्धान गछौँ ।’