प्रेम बुढा
५ महिना अघि
जब्दीघाटको पुल निरीक्षणका लागि भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ आउने भएपछि बर्दियाबासी हर्षित बने । सम्बन्धित मन्त्रालयका मन्त्रीनै स्वयं आउने भएपछि जिल्लाका सबै मिडिया हामीपत्रकारको टोलीबाढीले भत्काएको जब्दीपुलमा बिहान करिब आधाघण्टा अघि देखि प्रतिक्षा गरिरहेका थियौं ।
प्रहरी र सरकारी निकायका १५ वटागाडी लस्कर लगाएर सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिकालाई जोड्ने भास्सिएको पुलको निरीक्षण गर्न मन्त्री महासेठको दलबल आयो । मन्त्री महासेठले पुलको उत्तरी भागबाट दक्षिणतिरको मध्ये भागसम्म ओहोर–दोहोर गर्नुभयो । जिल्लाका मै हुँ भन्ने नेता देखि स्थानीयतहका मेयरहरु तथा जनप्रतिनिधिहरु अघिपछि थिए । मन्त्री महासेठले एप्पलको ठुलो मोबाईलबाट स्पर छुट्टिएको स्थानका फोटो खिच्दै पत्रकारको क्यामेरातिर फर्किएर भन्नुभयो, ‘हामीले विकल्प दिनुभन्दा पनि यही पुललाई पुनःनिर्माण गरेर सम्पन्न गर्छाैं, र यो पुनःनिर्माणको प्रक्रिया भोलिदेखि शुरु गर्छौँ ।’
बर्षामा जिल्लाबासीको काल बनेको जब्दीपुल पुनःनिर्माण हुने सम्बन्धित मन्त्रालयकै मन्त्रीले पुलमै उभिएर भनेपछि सबै मिडियाले खबर लेखे । विशेषतः बारबर्दिया र गुलरिया नगरबासी निकै हर्षित भए । आशावादी हुँदै मन्त्री महासेठलाई आभार प्रकट गरे ।
आज
५ महिनापछि स्वयं मन्त्री महासेठ बारबर्दिया र मधुवन नगरपालिकालाई जोड्ने त्यही बबई नदीको लठुवाघाटको बबई पुल उद्घाटन गर्न बर्दिया आउनुभयो । पुलको उद्घाटन भन्दापनि भास्सिएको जब्दीपुलमा टेकेर दिएको बचनको प्रगति सोध्न जिल्लाका सबै पत्रकार लठुवाघाटमा पुग्यौँ । औपचारिक कार्यक्रममा स्वागत गर्न मञ्चको छेउमा रहेका विभिन्न आयोजना तथा जनप्रतिनिधिहरुसँग माला र खादा लगाएपछि मन्त्री महासेठ सिधै पुलमा जानुभयो ।
पत्रकारले घेरिएका महासेठलाई पत्रकारको पहिलो प्रश्न थियो ‘जब्दीघाटको पुलको पुनःनिर्माण भोलिदेखि सुरुहुन्छ भन्नुभएको थियो, प्रगति के भईरहेको छ ?’ जवाफमा मन्त्री महासेठले भन्नुभयो, ‘हेर्नुस् हामीले जनताको समस्या बुझेका छौं तर अदालतमा मुद्धा छ, हामी गम्भीर छा,ैं त्यसकारण प्रक्रिया अघि बढाइएको छ, र आशा गरौँ छिट्टै निर्णय आउने वित्तिकै हामीले काम चाहीँ थाल्छौँ ।’
करिब ५ महिनापछि जिल्ला आउनुभएका विभागीय मन्त्रीले जब्दीपुलको विषय आशा लाग्ने कुरा देलान भनेका मन्त्रीले आफँै बोलेको कुराको निराजनक अभिव्यक्ति दिएपछि बर्दियामा मन्त्री महासेठको आलोचना सुरुभएको छ । ‘भोली देखि पुनःनिर्माणकार्य हुन्छ भनेका मन्त्रीले ५ महिनापछि आएर मैले पुल बन्छ भनेको होइन, प्रक्रिया सुरु हुन्छ भनेको हुँ भन्नु हास्यास्पद छ । स्थानीय धनबहादुर सुवेदीले भन्नुभयो, ‘मन्त्री बर्दियाबासीलाई ढाँटेर गए ।’