भगीरथ भण्डारी
इलाम । सानिमा बैंकले विद्यालयलाई सैक्षिक सामग्री वितरण गरेको छ ।
फाकफोकथुम गाउँपालिकामा रहेको सिंहदेवी माध्यमिक विद्यालय आमचोकका २२ जना विद्यार्थीलाई सानिमा बैंकको फाकफोकथुम शाखा कार्यालयले शैक्षिक सामग्री वितरण गरेको हो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत गणतन्त्र दिवसको अवसर पारेर बाल विकास केन्द्रदेखि दश कक्षासम्मका जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको बैंकले जानकारी दिएको छ ।
विद्यार्थीलाई पुस्तक बोक्ने झोला, कापी, डट्पेन, पेन्सिल, डिक्सनेरीलगायतका शैक्षिक सामग्री वितरण गरेको बैंकका शाखा प्रवन्धक लक्ष्मण बिसङ्खेको भनाइ छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा लगानी गर्ने बैंकको नीति अनुसार विद्यार्थीलाई सामग्री वितरण गरेको बैंकले जानकारी दिएको छ ।
बैंकले विद्यार्थीलाई पुस्तकबोक्ने झोला, कपी, डटपेन, पेन्सिल, डिक्सनेरीलगायतका शैक्षिक सामग्री वितरण गरेको बैंकका शाखा प्रबन्धक लक्ष्मण बिसङ्खेले बताउनुभयो ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा लगानी गर्ने नीति अनुसार विद्यार्थीहरुलाई सामग्री वितरण गरेको जनाएको छ ।