काठमाडौं । चलचित्र ‘वीरबिक्रम २’ समिक्षा गरेकै कारण युट्युवर प्रनेश गौतमलाई प्रहरी हिरासतमा राखेको भन्ने आरोपको खण्डन गर्दै चलचित्र निर्देशक मिलन चाम्सले आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ ।
निर्देशक चाम्सले ‘फिल्म रिभ्यू’ गरेका कारण नभई मानहानी, रंगभेदी टिप्पणी र गाली बेईज्जतीका कारण गौतम विरुद्ध प्रहरीमा उजुरी गरेको स्पष्टीकरण दिनुभयो । उहाँले भन्नुभयो, ‘फिल्म रिभ्यूका कारण नभएर मानीहानी गरेको, पटक–पटक अपशब्द प्रयोग गरेको र रंगभेदी टिप्पणी गरेकाले हामी प्रहरीमा जान बाध्य भएका हौं ।’
उहाँले आफ्नो उद्देश्य प्रनेशलाई दुःख दिनु नभएको स्पष्ट पार्दै आफूले उनलाई पाठ सिकाउनको लागि पनि प्रहरीकहाँ गएको बताउनुभयो । उहाँले भन्नुयभे, ‘मैले उसलाई व्यक्तिगत ईगो राखेर थुन्न खोजेको थिइँन ।’
प्रनेश पक्राउ परेपछि आफूले उनका बाबु र आमासँग पनि भेटेरै कुराकानी गरेको चाम्सले सुनाए । उहाँले भन्नुभयो, ‘प्रनेशका बुवा–आमासँगको कुराकानीमा मैले सोमबारसम्म छुटाउँछु भनेको हो, तर मिम नेपालका साथीहरु आएपछि रिभ्यू गर्न पाउनुपर्छ, वाक स्वतन्त्रता छ भनेर सिनियर कलाकारहरुको चित्त दुखाउनुभयो । त्यही भएर एक–दुई दिन बसोस् भनेर छोड्यौं ।’
निर्देशक चाम्सले प्रनेशले अहिले आएर आफ्नो गल्ती स्वीकार गरिसकेकोले उनलाई छुटाउनको लागि आफूले प्रक्रिया सुरु गरेको पनि जानकारी दिनुभयो । प्रनिसद्वारा प्रयोग गरिएका मानहानीसम्बन्धी शब्द, चरित्र हत्या, रंगबिरोधि र जनजाती समुदायमा आघात पु¥याउने शब्दको प्रयोग गरिएको कारण भोलिका दिनमा यस्ता प्रयास अरु कसैबाट कसैमाथी नहोस् भन्ने सन्देश दिन आफूहरुले प्रयत्न गरेको उहाँको भनाइ छ ।समिक्षामा अपशब्द प्रयोग गरिएको कारण त्यस्तो शब्द तथा चरित्रमाथी सम्पुर्ण नागरिकको ध्यान केन्द्रीत भएको जनाउँदै त्यस्ता अपशब्दले बालबालिका तथा पेशागत सबैको मनोभावनामाथि आघात पुग्न जाने उहाँको तर्क छ । स्रष्टामाथि गरिएको चरित्र हत्याप्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भएको चाम्सको दाबी छ ।
समिक्षाकै क्रममा प्रनेशले खलाँसी, ड्राइभरको काम गरि आफ्नो जिविका चलाउनेहरुको पेशाकर्मीमाथी आघात पु¥याउने कुरा गरिएकोप्रति आफ्नो आपत्ति रहेको पनि चाम्सले सुनाए । उनले थपे, ‘केही संचार माध्ययमहरुमा चलचित्र समिक्षा गरेकै आधारमा प्रक्राउ गरियो भन्ने कुरा हल्लामात्र हो, त्यसभित्रको वास्तविकतामा सबैको ध्यान पु¥याउन आवश्यक छ ।’
आफुले प्रनेशलाई ‘साइवर–क्राइम’मा फसाउन खोजेको भन्नेबारे खण्डन गर्दे उहँले प्रनेशले आफ्नो गल्ती स्वीकार गरिसकेका कारण पनि चाँडै नै हिरासतमुक्त गराउने बाचा गर्नुभयो ।
कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले अन्याय परेको मान्छेले आवाज उठाउन पाउनुपर्ने जिकिर गरेका थिए । त्यस्तै, नेपाल निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, नेपाल चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा, सञ्चारकर्मी नरेश भट्टराई र र गायक तथा संगितकार कालिप्रसाद बाँस्कोटाले आ–आफ्नो धारणा राखेका थिए । उनीहरुले चलचित्रको बारेमा समिक्षा गर्न पाईने भएपनि व्यक्तिलाई लक्षित गरेर जात, रंगको आधारमा विभेद गर्न नपाईने धारणा राखेका थिए ।