आदरणीय शम्भु राई सर नमस्कार ।आराम छु आराम चाहान्छु ।आज मिति २०७६ असार ३ गते रातको ठिक १२ बजेर ५३ मिनेट जादै गर्दा बुटवल फर्साटिकटमा रहेको रिद्धीसिद्धी पार्टी प्यालेसको पहिलो तलाको बीचको कोठामा पल्टिएर मोबाइलको नोटबुकमा यो चिठी लेख्दैछु ।तपाईंलाई विश्वास नलाग्ला गीत पनि सुन्दै छु – चिठी तिमीलाई लेखु भन्छु‘ बिना कुनै स्वार्थ बिना कुनै उक्साहट, बिना कसैको सुझाव सल्लाह, बिना कुनै योजना यत्तिकै मनबाट जे आउँछ त्यही लेख्दैछु ।करिब ३६ डिग्री गर्मीलाई उछिन्ने जोशमा फुल स्पिडमा उषा ब्राण्डको फ्यान घुमिरहेको छ ।अलि–अलि शीतल गराएको पनि छ तर फ्यान भन्दा स्पिडमा घुमिरहेको मेरो मनका कुराहरु यहाँ पोखेर शीतल हुन चाहन्छु । यद्यपी हुन्छु कि नाई, थाहा छैन ।भर्खरै एउटा सांगीतिक प्रस्तुती दिएर फर्केको छु । यही नजिकै महोत्सव लागेको छ । राम्रो पारिश्रमिक तोकेर आएको थिए । करिब आधा जति दर्शक टिकट नपाएर गुनासो गर्दै फर्किएछन् । आयोजकले भोलि पुनः प्रस्तुती दिन आग्रह गर्नु भएको छ । कारण ‘गलबन्दी’ क्रेज ।
कहिलेकाही उत्तर गलत हुँदा पनि अक्षर राम्रो भएर नम्बर पाइन्थ्यो नि सर स्कुलमा । त्यो पनि गणितमा, विज्ञानमा होइन नेपाली विषयमा । हो संगित पनि नेपाली विषय जस्तै लाग्छ सर । गणितको, विज्ञानको जस्तो ठ्याक्कै उत्तर नमिले पनि मिठो भाषा लेख्न जान्यो भने, राम्रो अक्षर कोर्न जान्यो भने लगभग पास अंक त पाइने, १०० मा ३२ ।
मैले सोचेकै थिएन सर लोक गीत गाएर यति विधि चर्चित भइन्छ भनेर । बुढापाकाले मात्रै त्यो पनि पश्चिम–पश्चिम भेगतिर सुनिने लोकदोहोरी गाएर कहिल्यै सेलिब्रिटी बनिन्छ जस्तो लाग्थेन ।त्यसैले गति नै त छाडिएन तर अनेक ‘तिक्डम’ चै लगाएकै हो । एकबारको जुनीमा गाउँने इलम गरिसकेपछि २–४ जनाले चिनेनन भने के गाउँनु गाठे भन्ने आत्मबोध भैरहन्थ्यो ।गीतै गाएर पेट र परिवार पालेको भएपनि म कहिल्यै खुसी भइन् । सपना ‘ज्यूको त्यू’ छ । भोक ज्युको त्यु छ भनेर निकै निरासामा गुज्रिरहेको थिए ।कसो–कसो दोहोरी व्याटलले अलि–अलि भोक मेटायो । त्यही चिनिने भोक क्या सर ।पछि ‘बोल माया’ गर्दा मैले चिनिने भन्दा सम्झिने तिर अल्ली बढी ढल्केर काम गरे र आफूलाई अलिधेरै अंक बटुले दर्शकस्रोताबाट ।‘ब्याटल टु’ ले मेरो परिचयमा थोरै प्रश्न उठायो । त को होस ? कताको मुन्छे होस् ? भनेर अलि–अलि नम्बर घट्यो पनि तर क्रियटिभिटीमा नम्बर त जोडिएकै हो । कहिलेकाही उत्तर गलत हुँदा पनि अक्षर राम्रो भएर नम्बर पाइन्थ्यो नि सर स्कुलमा । त्यो पनि गणितमा, विज्ञानमा होइन नेपाली विषयमा । हो संगित पनि नेपाली विषय जस्तै लाग्छ सर । गणितको, विज्ञानको जस्तो ठ्याक्कै उत्तर नमिले पनि मिठो भाषा लेख्न जान्यो भने, राम्रो अक्षर कोर्न जान्यो भने लगभग पास अंक त पाइने, १०० मा ३२ ।‘गलबन्दी’सम्म आउँदा मेरो अंक सयमा–सय आएको थियो सर । कापी जाच्ने शिक्षक जस्तै गीत जाच्ने दर्शक स्रोतालाई उत्तर, अक्षर र भाषा सबै ठिकै लागेको थियो । त्यसैले रिजल्ट पनि लगभग स्कुल टप नै भयो । सामान्य अंकमा पास हुनेको के भ्यालु हुन्छर ? तर स्कुलनै टपिसकेपछि सबैको चासो हुनु स्वभाविक हो । त्यसैले ‘गलबन्दी’लाई तपाईले पनि जाच्नु भयो सर ।तपाईंलाई लाग्यो अक्षर र भाषा राम्रो छ तर उत्तर कतैबाट प्रभावित छ । लाखे हौ, मेरैबाट प्रभावित छ कि के हो ?सर्वप्रथम त तपाईंले ‘गलबन्दी’ सुनिसकेपछि तपाईंको मनमा भाका मिलेजस्तो लागेर भएको छटपटी र हल्ला भइसकेपछि आएका नकरात्मक टिकाटिप्पणीहरुबाट तपाईंको आत्मसम्मानमा पुग्न गएको ठेसप्रति म दुःखी छु ।एउटा अनुजको कामले अग्रजको मनमा उब्जिएको बेचैनी र तपाईंको व्यक्तित्व र नियतमाथि आएका प्रश्नप्रति म लज्जाबोध छु ।यद्यपी तपाईंले कुरा उप्जाइसकेपछि मेरो नियतमाथि, व्यक्तित्वमाथि, सिर्जनामाथि लागेका आरोपहरुले मेरो आत्मसम्मानमा, मेरो दैनिक जिवनमा, मेरो मानसिकतामै पनि कत्रो असर पुगेको छ । त्यतातिर सोचेर हजुर दुःखी नहुनु होला है ।म ठिक ठाक छु सर । हामीलाई हाम्रो समयले दिएको एउटा जादुमय अवसर छ – भाइरल ।छिनमै उचालिएर माथि पुग्ने, छिनमै तल थेचारिने । त्यसैले लगभग सामान्य जस्तै लाग्न थालेको छ रातारात चर्चित हुने र रातारात गाली खादै लखेटिने प्रवृति ।जुन भोक थियो नि सर चिनिने चर्चित हुने । भयो, अघाइयो, भुडि फुट्ने गरि अघाइयो ।अ, साच्ची भाका मिलेको प्रंसग । गाउमै हुँदा सुनेको भनेर तपाईंलाई मख्ख पार्दिन सर । काठमाडौं आएर दोहोरी साझमा काम गर्न थाले पछि हजुरका धेरै गीतहरु सहकर्मीको आवाजमा सुनियो ।आफूलाई रहर लागेर खोजी–खोजी ओरिजिनल गीत सुनेर डायरीमा गीत टिपेर पनि गाइयो ।
तर कुन कसम खाएर भनौं सर यो देउसी भैलो गीत मैले सुनेको थिएन । त्यसैले मैले कपि गरेको हुँदै होइन । पहिलेनै रेकर्ड भइसकेको कुनै गीत पुनः रेकर्ड गर्छु र हिट बनाउछु भन्ने आत्मविश्वास कसैमा हुन्छ जस्तो लाग्दैन सर ।
चिठी तिमीलाई र तिमीले सम्झेनी लाखै छ भन्ने अक्सर अफर आउँथ्यो दोहोरीमा सहकर्मीले गाउथे म अभिनय जस्तो गर्थे । हल्का रक्सीले मातेको बेला यस्तो गीतले अझै छुने रैछ कि मान्छेलाई कुन्नि ?पैसा पनि राम्रै झर्थ्यो । म चाहीँ ‘रहरले चलेछ बतास सुस्तरी’ बोलको गीत गाउने प्रयास गर्थे । त्यसको पुरै अन्तरा याद छ सर मलाई । कतै माहोल जुरेछ भने म हजुरलाई सुनाम्ला गाएरै ।तर कुन कसम खाएर भनौं सर यो देउसी भैलो गीत मैले सुनेको थिएन । त्यसैले मैले कपि गरेको हुँदै होइन । पहिलेनै रेकर्ड भइसकेको कुनै गीत पुनः रेकर्ड गर्छु र हिट बनाउछु भन्ने आत्मविश्वास कसैमा हुन्छ जस्तो लाग्दैन सर ।बरु पुरानो हिट गीतलाई रिमेक गर्ने, कभर गर्ने चलन बढेको छ । यो कति सही कति गलत । त्यता तिर नजाँउ । मैले यहाँ जोड्न खोजेको चाही पहिला त्यति नसुनिएको, सफल नभएको गीतलाई ‘रि रेकर्ड’ गरेर चलाइदिन्छु भन्ने कन्फिडेन्स ममा छैन सर । त्यो शीर्षक तपाईंले त्यति खेरै लिनुभयो । अब मैले किन लिन्थेरअहिले त झन खर्च बढेको छ सर । कलाकारको भाउ र पारिश्रमिक ह्वात्तै बढेको छ । खर्च उठाउने विजनेश ‘वे’ छैन । उसबेला जस्तो क्यासेटमा साइन गरेर पठाएको अनुभव हामीले गर्न पाइएन सर । अहिलेको अवसर र चुनौती भनेको मैलमाथि जोडिसके तेइ ‘भाइरल ‘ हो । त्यो पनि फिरिको ।सर भाका मिलेकै छैन ? का मिलेको छ ? भनेर तपाईंको बिचारलाई तपाईंको फिलिङसलाई तपाईंको प्रत्येक तर्कलाई म खण्डन गर्न चाहन्न ।आफैले भन्नु भएको थियो म तपाईंको छोरा भन्दा पनि धेरै कान्छो उमेरको छु । तपाईं मेरो बुबा भन्दा पनि बढी उमेरको हुनुहुन्छ । यसकारण तपाईंको भोगाइ, तपाईंको अध्ययन अनुभव, तपाईंको योगदान तपाईंको सफलताको अगाडि म धेरै बच्चा छु । उमेर अनुभव र समयले पनि म केटाकेटी नै हो ।एउटा स्रोता भएर सुन्दा ‘गलबन्दी’ र आउ नाचौं १–२ ठाउँ उस्तै–उस्तै सुनिन्छ जस्तो मलाई पनि लाग्छ । ओइ सुन्त मिलेको छ, यार भनेर यी दुई गीत (अलिकति स्पीड बढाएर) फोर्सफुल्ली एकै चोटी सुनाउने हो भने जोकोहीको मनमा पनि आउछ होला – य होत यार मिलेकै रैछ । तर, अलि गहिरिएर सुन्ने हो भने ठ्याक्कै मिलेको चाही छैन कि सर ? कपि हुनलाई त पुरै र्याङ कि ठ्याङ मिल्नु पर्ने हैन र ? ‘सेम टु सेम’ भएपछि त फ्याट्टै चिनिन्छ सर । यसरी मत नै बाझिँदैन । हेर्नुस त दर्शकहरु बाडिएको । कसैलाई लाग्छ मिल्छ । कसैलाई लाग्छ मिल्दैन । त्यसैले यो दर्शकलाई भजाएर हामी कबड्डी –कबड्डी जस्तो मिडिया–मिडिया नखेलौं ।मैले यहाँ निर धेरै लोक भाका मिल्छन । उस्तै उस्तै हुन्छन । यो हाम्रो नेपालको सम्पति हो । पब्लिक डोमेन हो । यस्तो उस्तो भने भनेपनि तपाईंलाई तर्कले जित्न खोजे जस्तो होला । यद्यपी अन्य संगितहरु अलिकति गणितीय शुत्रमा बाध्न सकिन्छ । लोकभाकाहरु अलिबढी स्वतन्त्र हुन्छन् । खोलाहरु जस्तै, हावापानी वनजंगल जस्तै प्राकृतिक ।मेरो सिर्जनाहरु धेरै कुराहरुबाट प्रभावित छन् सर । उसैपनि जति गीत चलेकाछन् ति सबै शब्द र संगितले मात्रै होइन भिडियोमा अनेक ‘तिग्डम’ गरेको छु सर । यो प्रविधिले र जमानाले बनाएको हो । म्युजिक उठेर गीत भनेर म्युजिक मै सकिँदा पनि पूर्ण गीत हुन्थ्यो ? चिठी तिमीलाई‘ ताका । अहिले चिठीको चलन हराएर भिडियो च्याटको जमाना भएर होकि सर गीतको अगाडि पछाडि यस्सो नाटक नजोडि त गीत नै पूर्ण नहुने जस्तो पो भैसक्यो । खौर, म फेरी जोड्न चाहन्छु मैले ठ्याक्कै गीत सुनेर कपि गरेको हुँदै होइन सर । डिट्टो कपि पनि छैन गीत । मैले नेपाली सांगीतिक इतिहासको बारेमा त्यति अध्ययन गरेको त छैन तर तपाईं भन्दा अझै अग्रज, तपाईं र मसम्म आउँदा नेपाली संगित र विशेषतः लोक गीत सिर्जना गर्ने ति तमाम अग्रजहरुबाट प्रभावित हुँदै हामीले गीत सिर्जना गर्न हो ।तपाईंहरुले बडो दुःख गरी खनेको बाटोमा हामी सजिलरी हिड्न पाएका छौँ । यस्सो खाल्डाखुल्डी पुर्ने र सके कालोपत्रे गर्ने जिम्मेवारी बोध पनि गरेका छौँ । तपाईंहरुकै बाटोमा हिँड्दै गर्दा तपाईंहरु जस्तै –जस्तै देखिनु स्वभाविक हैन र सर ? अहिले समय अलि बदलिएको छ ।गीतसंगितमा भीडभाड छ । किनकि बाटो सजिलो भएको छ । जो कोही, जा कहीबाट आउन मिल्ने भएर पनि होला । त्यसमाथि हाम्रो पुस्ताको रुची फेरी डेन्जर– डेन्जर छ सर । यस्तो अवस्थामा ‘गलबन्दी’ जस्तो मौलिक लोक गीत यो लेभलमा स्वीकार्य हुनु पनि एउटा उपलब्धि हो सर ।
हजारौँ प्रकाश सपुत आए पनि तपाईंको इतिहास र अस्तित्व मेटिन्न सर । ल मानम कसैले अझै मिठो गरि चिठी तिमीलाई दुरुस्त निकालेछ भनेपछि तपाईं मेटिनुहुन्न सर । तपाईंको अस्तित्व आउँछ आउँछ ।
आफ्नो व्यवसायीक नाफा घाटा नहेरी सांस्कृतिक महत्व बचाउन सबै विधि पुर्याएर ३२–३५ मिनेटको तिहार गीत बनाउन तपाईंलाई जरुरी थियो र सर ? तिमीले सम्झेनी लाखै छ जस्तो अर्को खत्रा आधुनिक गीत दिएर आरबीटीबाट झ्याम्म दाम बुझ्न सक्नुहुन्थेनर ?म्युजिक नेपालसँग राम्रै छ सम्बन्ध तपाईंको तर तपाईंलाई कलाकारिता गर्दा केबल नाफा–घाटा मात्रै भन्दा पनि नेपाली लोक संगितको १ नेपाली मौलिक कला संस्कृतिको बिछट्टै माया रैछ सर ।त्यति माया गर्ने मान्छेले एउटा अनुज भाइले अहिलेको समयमा मौलिकता झल्काउँन गरेको प्रयासलाई अलिकति भाकाको प्रसंग लिएर निरुत्साहित नगरिसियोस् । हजारौँ प्रकाश सपुत आए पनि तपाईंको इतिहास र अस्तित्व मेटिन्न सर । ल मानम कसैले अझै मिठो गरि चिठी तिमीलाई दुरुस्त निकालेछ भनेपछि तपाईं मेटिनुहुन्न सर । तपाईंको अस्तित्व आउँछ आउँछ ।लेख्दा–लेख्दै मोबाइलको व्याट्री २ प्रेसेन्ट भएछ । समय बिहानको ४ः३४ र अन्त्यमा, तपाईंले बोलाएका फोरमहरुमा म उपस्थित हुन तयार छु सर । छलफलका लागि बहसका लागि, संगितको शुद्दिकरणका लागि, कपिराईटको कानून कार्यान्वयनका लागि र अग्रजहरुको सम्मानका लागि ।तर यो मेरो वर्किङ आवर्स हो सर । सिर्जनशील हुन सक्ने र सोही अनुसार दौडिन पनि सक्ने उमेर हो मेरो । यो समयमा मलाई नअल्झाइस्योन सर । म पनि केबल नाफा घाटा मात्रै भन्दा पनि केही फरक र राम्रो गर्न सकिन्छ कि भनेर धेरै रात अनिद्रो बस्छु । ‘गलबन्दी’को लागि पनि मैले धेरै नै मेहेनत गरेको छु सर । जहाँसम्म नाम राख्ने कुरा छ । यो धेरै लोक भाकाहरुबाट प्रभावित छ सर ।यता पश्चिम तिरको भजनको ताल र रत्यौलीको लय मिस्रित छ भने हजुरको देउसीबाट पनि प्रभावित भएछ । अब कस–कसको नाम राखौँ सर । ‘नाम में क्या चिज हे ?’ अब यसै पनि आजको मितिसम्म सबै भन्दा छोटो समयमा करोड क्लबमा जाने गीत कुन हो भन्ने प्रश्नमा उत्तर आउछ – गलबन्दी । तर उत्तर यति मै सकिदैन । ‘ ए त्यो शम्भु राईसंग मिलेको गीत ’ भनेर आउने भैक्यो । विश्वास बिचित्रको चिज हो सर । यो निकै जरा गाडेर बसेको हुन्छ मानिसमा ।अब तपाईंले मिलेकै हो भन्ने प्रमाणित गरे पनि मिलेको छैन भन्नेलाई विश्वास लाग्दैन । मैले हैन मिलेकै छैन भनेर चिच्याय पनि गीत उस्तै–उस्तै सुन्नेको कान फेर्न सक्दिँन । त्यसैले एउटा सिर्जनामाथि दर्शक स्रोताको चासो, चिन्ता र माया सम्झेर यो प्रसंग यही स्वतन्त्र छोडौँ न सर । म तपाईंलाई असाध्यै सम्मान गर्छु ।तपाई मलाई प्रोत्साहन गर्नुहुन्छ भन्ने कुरामा विश्वस्त छु । आगामी सिर्जनाको लागि सचेत बनाउनु भएकोमा धन्यबाद सर । तर म र म जस्तै नयाँ पुस्तालाई डर पैदा नगरिदिनुहोला । जो गीतसंगितमा केही गरौं भन्ने हुटहुटिले लामो संघर्षपछि अलिअलि तंग्रिएका छौँ ।
आजको मितिसम्म सबै भन्दा छोटो समयमा करोड क्लबमा जाने गीत कुन हो भन्ने प्रश्नमा उत्तर आउछ – गलबन्दी । तर उत्तर यति मै सकिदैन । ‘ ए त्यो शम्भु राईसंग मिलेको गित ’ भनेर आउने भैक्यो । विश्वास बिचित्रको चिज हो सर । यो निकै जरा गाडेर बसेको हुन्छ मानिसमा ।