–जागृत रायमाझी
पागलले रुदानेलाईपागल नै देख्छपागल जस्तैलवाइखवाइ र बोली रुदानेको
जोगीले रुदानेलाईजोगी नै जान्छगेरुबस्त्र पहिरिनेपारा रुदानेको
पूजारीले ‘पण्डित’ मान्लान्गुण्डाहरुले ‘डन’ ठान्लान्‘ठिस’हरुले बहुरुपीढोङगी पनि भन्लान्पञ्चेले पञ्चे नै ठाने,बहुदलेले बहुदले नै मानेजस्तो आफू तेस्तै च्यापु भए रुदाने
बडो अजीब !आज सबका आदर्श रुदाने !भ्रष्ट धने धनबहादुर पनिटाँस्छ तस्बिर रुदानेकोजीवनभर पर भाग्ने पनिभन्छ ‘रुप्चन्द्र’सिध्याउने षडयन्त्रकारी पनिजप्छ ‘जसरु’समाजबाट सुदूर हुने पनिसोच्छ ‘स्वरुपे’गफास्टकका लागि किम्बदन्तीभए ‘रुपे’आफ्ना आफ्ना स्वार्थका बहानाबने ‘रुदाने’
कोही सूचनाको हकमा‘थाहा’ कैद गर्दैछन्गगन्चुम्बी दरबारको‘थाहा’ भरेङ मान्दैछन्उर्जा नहुनेहरु‘थाहा’ शुन्यबाद ठान्दैछन्शब्दबिहीनहरु‘थाहा’ औजार हान्दैछन्
जे होस् .....किसान, कुल्लीर कुस्तिबाज त थिए नै रुदानेशिक्षक, साधक, सन्यासी पनि भएयायावर र बिन्दास पनि अवश्य हुनखगोल, पर्यटनर बनस्पती पनि छोए
तर मुख्य त....अनुभव, अनुभूति र साक्षात्कारपाएका दार्शनिक हुन ‘स्वरुपे’जनहित निम्ति राजनीति भन्नेछाप्रेहरुका नेता हुन ‘जसरु’आयुभरी क्रान्तिकारी चट्याङ छर्नेआदर्श योद्दा हुन ‘रुदाने’ !
‘थाहा’ रुदाने हुन्रुदाने ‘थाहा’ हुन् !
(मकवानपुरका दार्शनिक कम्युनिष्ट नेता रुपचन्द्र विष्ट, आफूलाई रुदाने, जसरु, स्वरुपेको उपमा दिन्छन् । थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको पुस २६ जन्मदिन हो, मकवानपुर दामन पालुङबाटै विद्यार्थी राजनीति हुँदै कम्युनिष्ट राजनीतिमा होमिएका युवा नेता जागृत रायमाझीको शब्दमा रुदाने र थाहा ।)