हेर्दा सानो देखिए पनियो धेरै देशहरूको देश होएउटै छैन यसको परिचयएउटै हुलियाले देश चिनिंदैनतर, आजसम्मएउटै हुलियाले धानेको छदेशको परिचय !
देश भन्नु,होइन, सुलुत्त परेको नाक मात्रहोइन, खस भाषा मात्र बोल्ने जिब्रोहोइन, त्यो गहुँगोरो छाला मात्र !
देश भन्नु,दौरा सुरुवाल र टोपी मात्र होइनदेश भन्नु,सगरमाथा मात्र पनि होइनन त हो देश भन्नु,लाली गुराँस फुल्ने पहाडहरू मात्र !
दावा ग्याल्जेनदेशको नाक हेर्छ र आफ्नो नाक हेर्छर सोच्छ,म देशभित्र छैन कि कसो ?किन देशको नाक र मेरो नाक फरक छ ?
फुल्गेन सदादेशको अनुहार हेर्छर ऐनामा आफूलाई हेर्छअनि मनमनै सोच्छ,किन मेरो रंग र देशको रंग फरक छ ?
वीरमान लिम्वुएकोहोरो सोचिरहन्छ,कसरी खोसियो किपट ?तमोरका घुमाउँनीहरूमाकिन अझै देखिएझैं लाग्छ घुमिरहेकाबाजे बजुका घाइते शरीर ?च्याब्रुङ फुटेको वर्षौं भयोच्याब्रुङमा नयाँ छाला फेर्नकिन पटक - पटक रोक्छ संविधान ?
राष्ट्रिय विभूतीहरूको सूचीमाकिन आफ्नो अनुहारका कोही छैनन् ?यस्तै यस्तै सोच्छन्,झगरु मुसहरआइतसिंह तामाङपेम्वा शेर्पाफूलमान गुरुङताया किराँतीछविलाल थारुर मकरसिंह मगरहरू !
माघी, साकेलाभूमे, लोसारयिनीहरू किन राष्ट्रिय चाड बनेनन्यसरी सोच्ने टाउकाहरू पनिउम्रिसकेका छन् सरहदभित्रभलै यो समाचारशासकहरूका लागिभयानक दुखद समाचार हो !
याङ्वेन, ढिक्रि, बगिया, भक्काकिनामा, स्योसोम, रेल्दोक, बारामुरब्बा, खाप्से, वाचिपा, तोङ्वायिनीहरू कसरी बहिस्कृत भएदेशका राष्ट्रिय खानाहरूको सूचीबाट ?यस्तै - यस्तै प्रश्नहरूको जुलुसदेशभित्र निस्कन थालेको छ !
देशको अनुहारबाटगायव भएपछिकसैको नाककसैको रङ्गकसैको भाषाकसैका भेषभुषाकसैका चाडपर्वहरूर कसैका प्रिय भोजनहरूदेश पनि परदेश लाग्ने रहेछरआफूलाई सोच्दोरहेछ मान्छेएक यायावर शरणार्थी !
देशभित्रै देश हराएकाअसंख्य अनुहारहरूदेशको मानचित्र पल्टाएरखोजिरहेछन् आफ्नो अनुहारम देखिरहेछु,तिनीहरूका आँखामा सघन उदासी !
कुनै विदेशीले सोध्यो भनेमेरो देशको हुलियाके उत्तर दिने होला !यही सोचेर वर्षौंदेखिअसमन्जसमा छ एउटा कवि !