टिप्पणीकाठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा अन्तरकलह झन् चुलिँदै गएको छ । संघ र प्रदेशसभा निर्वाचनमा भएको पराजयलाई लिएर पार्टीमा सभापति शेरबहादुर देउवाको आलोचना हुँदै आएको छ ।
निर्वाचन परिणाम लगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह र युवा नेता गगन थापाले सभापतिले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिए । महामन्त्री डा शशांक कोइरालामा भने तत्काल त्यसप्रति मौन रहे । लामोे मौनतापछि महामन्त्री कोइरालाले पनि सभापति देउवाको आलोचना गर्न थाले । त्यसपछि सभापति देउवाविरुद्ध भित्र मोर्चाबन्दी नै शुरु भयो । शशांक निवासमा शेखर, सुजतासहित पौडेल पक्षको गोप्य भेला नै हुन् थाल्यो । त्यो क्रम अहिले पनि जारी छ ।
पौडेल र कोइराला पक्षले पहिला निर्वाचनमा भएको पराजयलाई आधार बनाएर सभापतिविरुद्ध प्रहार शुरु गरेको थियो । पछि उपसभापति तथा केन्द्रीय सदस्यको मनोनयन र सभापति देउवाको कार्यशैली पनि विरोधको एजेण्डा बन्यो । अहिले विरोधको अर्को एजेण्डा पनि थपिएको छ, त्यो हो पार्टी महाधिवेशन ।
कांग्रेसको १३ औ महाििवधान भएको आउँदो फागुनमा महाधिवेशन भएको ४ वर्ष पूरा हुँदैछ । कांग्रेस विधानमा महाधिवेशन चार वर्षमा वर्षभित्र गरिसक्नु पर्ने प्रावधान छ । बिशेष परिस्थितिमा सभापतिले महाधिवशेन एकवर्ष सार्न सक्ने अधिकार छ । विधान अनुसार निर्धारित समयमा महाधिवेशन गर्ने हो भने त्यसको प्रक्रिया थाल्ने बेला भइसकेको छ । महाधिवेशनको मिति तोक्न ढिलाई भएको छ । महाधिवेशनको प्रक्रिया जिल्ला अधिवेशनबाट शुरु हुन्छ । तर पार्टी अहिलेसम्म भातृसंगठनको विवाद र सरकारको विरोधमै रुमलिएको छ । सभापति देउवा महाधिवेशन एकवर्ष धकेल्ने योजनामा रहेको स्रोत बताउँछ ।
सभापति देउवाले निवासमा सप्ताह लगाएर आफ्नो पक्षधर नेता तथा कार्यकर्तासँग राजनीतिक छलफलसमेत गरिरहेका छन् । देउवाले निवासमै सप्ताह लगाएर आफ्ना पक्षका नेता तथा कार्यकर्तासँग छलफल थालेपछि पौडेल र कोइराला पक्षले पनि शनिबार गोप्य भेला गरेका छन्
तर पौडेल र कोइराला पक्षधर भने महाधिवेशन समयै हुनुपर्ने बताउँदै आएका छन् । त्यसको लाग विभिन्न ढंगले सभापतिलाई दबाब समेत दिइरहेका छन् । महाधिवेशन समयमै गर्न दबाब परिरहेकै बेला सभापति देउवा भने नेता तथा कार्यकर्ताको कुरा सुन्न छोडेर पुराण सुन्न लाग्नु भएको छ । सभापति देउवाकोस बुढानिलकण्ठस्थित निवासमा यतिखेर सप्ताह भइरहेको छ । सभापति देउवाले स्वर्गीय पिता प्रतापसिंहको आत्मा शान्तिको लागि निवासमै सप्ताह आयोजना गरेका हुन् । बिहीबार देखि शुरु भएको सप्ताह असार २५ गतेसम्म हुनेछ ।
सभापति देउवाले सप्ताहमा पार्टीका सबै नेतालाई ढाकेका छन् । आफू निकटका जिल्लासभा पति र कार्यकर्तालाई समेत निम्त्याइएको छ । सप्ताहमा प्रसाद ग्रहण गर्न नेता तथा कार्यकर्ता देउवा निवास धाइरहेका छन् । सप्ताहकै कारण देउवा निवासमा केही दिनदेखि भीडभाड छ । सप्ताह कांग्रेसको मिनी महाधिवेशन नै बन्न पुगेको छ । सभापति देउवाले सप्ताहमा आएका आफ्नो पक्षधर नेता तथा कार्यकर्तासँग राजनीतिक छलफल समेत गरिरहेका छन् । सभापति देउवाको लागि सप्ताह पार्टीको रणनीति तय गर्ने उपयुक्त माध्यम बनेको छ ।
उता सभापति देउवाले निवासमै सप्ताह लगाएर आफ्ना पक्षका नेता तथा कार्यकर्तासँग गोग्य छलफल थालेपछि पौडेल र कोइराला पक्षलाई औडाह भएको स्रोतले बताएको छ । सभापति देउवाले सप्ताह लगाएर नेता तथा कार्यकर्तालाई निवासमै बोलाउन थालेपछि पौडेल र कोइराला पक्षले पक्षले पनि शनिबार गोप्य भेला गरेका छन् ।
पार्टीले आज केन्द्रीय समिति बैठक बोलाएको छ । सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्ट पक्षले महामन्त्री शशांक कोइरालाको निवासमा गोप्य भेला गरेको हो । असन्तुष्ट पक्षको १४ औ महाधिवेशन प्रक्रिया शुरु गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिनुपर्ने निष्कर्ष निकालेको हो । पौडल र कोइराला पक्षले आइतबारको केन्द्रीय समिति बैठकमा सभापति देउवालाई महाधिवेशनको मिति तोक्न दबाब दिने स्थिति देखिएको छ ।