काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा नेपाली कांग्रेस र राजपाका विरोधकाबीच पनि बैठक सञ्चालन भयो । बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट फिर्ता भएका विधेयकहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट गएका विनियोजन विधेयक २०७६, आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६ र ऋण तथा जमानत २३ औं संसोधन विधेयक २०७६ विधेयकहरु सुझावविना पारित भएको भन्दै फिर्ता गरेको थियो । विधेयक फिर्ता भएसँगै सभामुख कृष्णबहादुर महराले असार ३० गतेसम्मका लागि बैठक स्थगित गर्नुभयो ।
संसद् सुचारु हुनुअघि संसद्मा एकछिन हाँसोको माहोल बन्यो । सभामुख महराले नेपाली कांग्रेस र राजपाका सांसद्हरुलाई बस्नको लागि आग्रह गरिरहँदा भन्नुभयो, ‘थाक्नुभो होला मान्य सदस्यहरु बस्नुस्’ यति भन्दै गर्दा कांग्रेसका एक सांसद्ले भन्नुभयो, ‘चिन्ता गर्नु पर्दैन सभामुख ज्यू’ ।
लगत्तै कांग्रेसका अर्का सांसद् मिनेन्द्रप्रसाद रिजालले भन्नुभयो, ‘काम नै उठाउनेलाई बसाउने हो की क्या हो सभामुख ज्यू ?’ त्यसपछि एक छिन रोकिएर सभामुखले पुनः आग्रह गर्नुभयो, ‘मान्यज्यूहरु बस्दिनुस् सभाको कारवाही अगाडी बढाऔं ।’
त्यसलगत्तै कांग्रेस सांसद् रिजालले भन्नुभयो, ‘संसद्मा उठेका विषयहरु सभामुख ज्यूले जति सुन्नुभयो त्यति सहज हुन्छ ।’ सांसद् नेतालाई जवाफ दिँदै सभामुख महाराले पुनः बोल्नुभयो, ‘मैले गम्भीरतापूवर्क सुन्या छु मान्य सदस्यहरु, धेरै मान्य सदस्यहरु नबोलेकोले सहमती भएको बुझ्छु ।’ सभामुखले यति बोल्दा विपक्षी दल कांग्रेस र राजपाका धेरैजसो सांसद्हरुले बोले ।
त्यसपछि महराले संसद् सचिवालयका पदाधिकारीहरुसँग भन्नुभयो, अब के गर्ने ?’ त्यसलगत्तै उहाँले थप्नुभयो, ‘हेर्नुस् त, यो भन्दा कति बोले है !’ सभामुख महराले त्यसलगत्तै संसद्को कारवाही शुरु गनुभयो र राष्ट्रिय सभाबाट फिर्ता आएका विधेयहरुको बाारेमा जानकारी गराइयो ।
https://youtu.be/bGSousjjUZU