काठमाडौं । नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर महिला सिर्जनशील केन्द्रले १८औं तीज फेस्टिवल/सिर्जनशील उद्यमी मेला २०७६ को आयोजना गर्ने भएको छ । विगत १८ वर्षदेखि संचालन हुँदै आएको उक्त मेलाको १८ संस्करण आगामी श्रावण र भाद्र महिनामा हुँदैछ ।
विगतका दिनमा काठमाडौंमा मात्रै केन्द्रित रहेको उक्त मेला यस वर्षदेखि प्रदेश नम्बर १ को ईटहरी र प्रदेश नम्बर ३ को हेटौंडामा पनि आयोजना हुन लागेको हो ।
काठमाडौंमा यह श्रावण १६ गतेदेखि २० गतेसम्म आयोजना हुनेछ । मेलामा महिला उद्यमी उत्पादनलाई प्रदर्शनमा राखिनेछ । मेलामा २ सय भन्दा बढी कम्पनी, संघ, संस्थाहरुको सहभागिता रहनेछ भने १ लाख भन्दाबढी मानिसले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्ड तथा उत्पादनहरु प्रर्दशनमा रहनेछन् ।
महिलाको उत्पादनलाई बजारिकरण तथा ब्यवसायीकरण गर्ने मात्र नभइ महिला उद्यमिहरुलाई हौसला प्रदान गरी नेपालको अर्थतन्त्रलाई टेवा प्रदान गर्ने उदेश्य रहेको केन्द्रकी अध्यक्ष मिलु थापाले बताउनुभयो ।
प्रदर्शनीलाई आकर्षण र मनोरञ्जक बनाउनका लागि फ्रि फोटो सुट, लक्कि ड्र, डोर प्राइज, निशुल्क स्वास्थ्य परिक्षण तथा परामर्श, निशुल्क मेहेन्दी, निशुल्क कपाल कटिङ कार्यशाला, बालबालिकाका लागि गेमिङ जोन, लाइभ म्युजिक एण्ड कल्चर प्रोग्राम लगायतका कार्यक्रमहरु राखिएको छ ।