झापा । प्रहरीको काम बस्तीमा अमनचैन कायम गर्नु हो, विकृति रोक्नु हो, शान्तिसुरक्षा कायम गर्नु हो । तर सोमबार दिउँसो इलाका प्रहरी कार्यालय अनारमनीका हवल्दार डम्बर थापासहित तीन प्रहरी बिर्तामोडस्थित देवी पञ्चकन्या होटल एण्ड लजमा यौनकर्मी महिलासहित रंगेहात पक्राउ परेका छन् । यो घटनाले प्रहरी नेतृत्वकै आलोचना भएको छ ।
‘त्यही बेला घुमुवा प्रहरी राम भुजेलसहित टोली होटलमा आइपुग्यो । उनीहरुको भेट भएपछि घुुमुवाको टोली फर्कियो र असई कपलेश्वेर स्वर्णकार नेतृत्वको मोबाइल गस्ती टोली त्यही समयमा आयो । तर, यौनजन्य क्रियाकलापमा संलग्न प्रहरी पक्राउ परेनन्,’ एक प्रत्यक्षदर्शीले बताए ।
इलाका प्रहरी कार्यालयका अनारमनीका डिएसपी मोहनकुमार थापालाई हवल्दार थापा केटीसँग निस्कदै गरेको रिपोर्टिङ भएकोले उनलाई विभागीय कारवाही शुरु गरिएको डिएसपी थापाले बताउनुभयो । बिर्तामोडका केही होटल तथा लजमा यौनजन्य गतिविधि हुने गरेको गुनासो बढेपछि प्रहरीले होटलमा अनुगमन थालेको छ ।
बिर्तामोडकै नयाँ बसपार्कमा सञ्चालित एंग्रीब्वाई होटलका सञ्चालक राम तामाङलाई महिलालाई जबर्जस्ती गरेको आरोपमा मंगलवार पक्राउ गरिएको प्रहरीको भनाइ छ । उहाँका अनुसार तामाङले यौनजन्य गतिविधिमा संलग्न हुन बाध्य पार्दै कुटपिट गरेका थिए ।
कसरी प्रहरी नै फन्दामा परे ?
इलाका प्रहरी कार्यालयका अनारमनीका सवारी चालक डम्बर थापा र घुमुवा प्रहरीहरुको बिर्तामोडका यौन कार्य हुने होटलमा हिमचिम हुने गरेको अनुमान गरिएको थियो ।
कार्यालय प्रमुखसँगको नजिक हुनेमा होड्बाजीमा प्रहरीहरुले सूचना डिएसपीलाई उपलब्ध गराउने क्रममा प्रहरीकै सूचनामा हवल्दार थापा फसेको प्रहरी स्रोतको बुझाई छ ।