रञ्जन भण्डारीमहोत्तरी । अविरल वर्षासँगै आएको बाढीले महोत्तरीको करिब पाँच हजार घर पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरीको प्रारम्भिक तथ्यांकमा देखिएको छ ।
अविरल वर्षापछि महोत्तरी स्थित रातो, मरहा र विग्ही नदीमा आएको बाढीले यहाँका करिब पाँच हजार घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । विपत व्यवस्थापन समितिको निर्णय अनुसार संकलन गरिएको तथ्यांक अझै अपडेट हुँदै गर्दा हालसम्म यति तथ्यांक संकलन भैसकेको हो । उक्त तथ्यांक अनुसार सबैभन्दा बढी पूर्ण क्षति जलेश्वर नगरपालिका र लोहारपट्टी नगरपालिकामा भएको हो ।
यस्तो छ क्षतिको प्रारम्भिक विवरणः
जलेश्वर नगरपालिकाः पूर्णक्षति-८९१आंशिक क्षति-९०३सामान्य क्षति-७३४जम्मा-२५२८
लोहारपटटी नगरपालिकापूर्णक्षति-८५२आंशिक क्षति-८९१सामान्य क्षति-९४५जम्मा-२६८८
बर्दिवास नगरपालिकापूर्णक्षति-२७आंशिक क्षति-९६सामान्य क्षति-२०९जम्मा-३३२
औरही नगरपालिकापूर्णक्षति-३८आंशिक क्षति-३६सामान्य क्षति-२६जम्मा-१००
भंगहा नगरपालिकापूर्णक्षति-४००आंशिक क्षति-२२४सामान्य क्षति-५१४जम्मा-११३८
गौशाला नगरपालिकापूर्णक्षति-१३८आंशिक क्षति-३९सामान्य क्षति-२०जम्मा-१९७
रामगोपालपुर नगरपालिकापूर्णक्षति-२४२आंशिक क्षति-१९६सामान्य क्षति-३२६जम्मा-७६४
मटिहानी नगरपालिकापूर्णक्षति-२१४आंशिक क्षति-४६५सामान्य क्षति-४०७जम्मा-१०८६
बलवा नगरपालिकापूर्णक्षति-५९०आंशिक क्षति-८४४सामान्य क्षति-४११जम्मा-१८४५
मनरा सिस्वा नगरपालिकापूर्णक्षति-१६०आंशिक क्षति-६८०सामान्य क्षति-५६३जम्मा-१४०३
महोत्तरी गाउपालिकापूर्णक्षति-६६आंशिक क्षति-१८४६सामान्य क्षति-१२०जम्मा-२०३२
एकडारा गाउपालिकापूर्णक्षति-२७५आंशिक क्षति-३५१सामान्य क्षति-४६८जम्मा-१०९४
समसी गाउपालिकापूर्णक्षति-४६७आंशिक क्षति-५५६सामान्य क्षति-४४२जम्मा-१४६५
पिपरा गाउपालिकापूर्णक्षति-१७१आंशिक क्षति-७७९सामान्य क्षति-६६१जम्मा-१६११
सोनमा गाउपालिकापूर्णक्षति--३१आंशिक क्षति-५७सामान्य क्षति-१जम्मा-८९
जम्मापूर्णक्षति-४५६२आंशिक क्षति-७९६३सामान्य क्षति-५८१५जम्मा-१८३७२
यता बाढीले घरबार विहिन पीडितहरु अधिकांशले राहतमा चिउरा मात्र पाएको गुनासो गरेका छन् । पिपरा गाउँपालिका–३ बनकटवाका बाढी पीडितले गुनासो गरेका हुन् ।
बाढीले घर बगाएपछि सडकमै त्रिपाल लगाएर बालबच्चा सहित बसोबास गर्न वाध्य हुनु परेको उनीहको दुखेसो छ ।
बाढीबाट सबैभन्दा वढी प्रभावित रहेको लोहारपट्टी नगरपालिकाको लेउरीका बाढी पीडितहरुलाई लोहारपट्टी नगरपालिकाले नेपाली सेनाको हेलिकप्टरले राहत सामग्री पुर्याएको थियो भने अन्य पालिकालाई समेत आवश्यक भए व्यवस्था हुने विपत व्यवस्थापन समितिले जनाएको छ ।
यता मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले मटिहानी नगरपालिकाको पहलमा बचाव तथा राहतका कार्यहरु द्रुतगतिमा भइरहेको बताउनुभयो ।
बाढी पीडितहरुको स्वास्थ्यप्रति समेत नेपाल सरकार गम्भीर रहेको र केन्द्रबाटै एक चिकित्सकिय टोली पठाएको जिल्ला स्थित महामारीका स्रोत व्यक्ति संतोष ठाकुरले बताउनुभयो । उहाँले हाल आत्तिनुपर्ने अवस्था नरहेपनि सबै सतर्क अवस्थामा भने रहेको बताउनुभयो ।