शम्भु दाहालझापा । पछिल्लो समय यौन अखडाका रुपमा विकसित हुँदै गएको विर्तामोडका होटलमा प्रहरीले कडाइ गर्न शुरु गरेको छ ।
जनता समाचारमा विर्तामोडका फस्टाउँदै यौन व्यवसाय भन्ने समाचार प्रकाशन भएसँगै प्रहरीले निगरानी बढाएको हो । झापामा १५ हजार हाराहारी होटल तथा लजहरु सञ्चालनमा रहेका छन् । जसमा १० हजार होटल व्यवसायी संघमा दर्ता रहेका छन् ।
इलाका कार्यालय अनारमनीमा डिएस्पी मोहनकुमार थापाले नेतृत्व समालेसँगै प्रहरी निगरानी बढाउँदा एक प्रहरी हवल्दारनै पक्राउ परेका थिए ।
होटलमा आपराधिक गतिविधि बढ्दा शान्ति सुरक्षामा असर पर्ने भन्दै प्रहरीले जिल्लामा सञ्चालित होटलहरुलाई ग्राहकको अनिवार्य परिचयपत्र राख्ने निर्देशन दिएको छ । आपराधिक मानसिकता भएका ब्यक्ति होटलमा बस्ने र शान्तिसुरक्षामा चुनौति थपिएको भन्दै प्रहरीले कडाई शुरु गरेको हो ।
होटलमा यौनजन्य गतिविधि बढेको र शान्ति सुरक्षामा चुनौति थपिएको डिएस्पी थापाले बताउनुभयो । ‘हाम्रो संगठनले कही कतै गल्ती गरेको भए खबर गर्नुहोस् त्यस्ता व्यक्तिलाई तुरुन्त कारबाही गर्छु ।’ थापाले भन्नुभयो, ‘होटलमा अनैतिक रुपमा यौनजन्य गतिविधि (यौन धन्दा) चलाउनेलाई छोड्दिन ।’
विर्तामोडका होटल ब्यवसायीलाई शान्ति सुरक्षा र यौनजन्य गतिविधिका कारण समाजमा पर्ने असरका बारेमा जानकारी गराउदै कानुनले वर्जित गरेको कार्य गर्ने जो कोहीलाई पनि प्रहरीले सबक सिकाउने समेत थापाले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय अनारमनीमा आयोजित कार्यक्रममा होटल ब्यवसायीले लजको ब्यवस्था गरेको भए अनिवार्य रुपमा परिचय पत्र राखेर मात्रै बस्न दिने नियम लागू गर्न निर्देशन दिनुभयो ।
होटलका कर्मचरीको ड्रेस कोर्ड अनिर्वाय गर्न होटल ब्यवसायीलाई आग्रह गरिएको छ ।
जिल्लाका सबै इलाका भित्र पर्ने होटलहरुले अनिवार्य रुपमा नजिकैको प्रहरी कार्यालयमा सबै विवरण बुझाउनु पर्ने भन्दै होटलमा शंकास्पद गतिविधि भए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।
होटल ब्यवसायी मर्यादित भए मात्रै समाजलाई सभ्य बनाउन सकिने भन्दै थापाले कानुन विपरीत कार्य गरे प्रहरीले नछोड्ने चेतावनी दिनुभयो । अभद्र ब्यवहारको सार्वजानिक मुद्दा चलाउँछ र १५ दिनपछि छोड्छ भन्ने सपना नदेख्न थापाले चेतावनी दिनुभयो ।
होटलको मुख्य प्रवेशद्धार, काउण्टर तथा प्यासेजमा अनिवार्य सीसी क्यामेरा जडान गर्न प्रहरीको सुझाव छ ।
होटल रेष्टुरेन्ट जोखिमपूर्ण व्यवसायमा पर्ने हुनाले १८ वर्ष भन्दा मुनीका बालबालिकालाई होटलमा काम गराउन नमिल्ने व्यवस्था रहेको । कसैले पनि बालकलाई ललाई, फकाई वा झुक्याएर वा कुनै प्रलोभनमा वा डर, त्रास वा दबाबमा पारी वा अन्य कुनै तरिकाले निजको इच्छा विरुद्ध श्रमिकको रुपमा काममा लगाए कारबाही हुन्छ ।
परेका अभियुक्त, प्रतिवादी तथा पीडित र साक्षी समेतलाई सोधपुछ गर्ने उपयुक्त कक्ष नभएकोले सोधपुछ गर्न कठिनाई भइरहेकाले यस्तो कक्ष तयार गरिएको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो । अनुसन्धान कक्षमा साउण्ड प्रुफिङ, रेकर्डिङ, सीसी क्यामेरा, एसी समेत जडान गरिएको थापाकाे भनाइ छ ।