तनहुँ । जिल्लाका १० स्थानीय तहका ३६ वडा पहिरोको जोखिममा छन् । पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकाँश क्षेत्रमा पहिरोको जोखिम रहेको हो । आगलागी, बाढी, खडेरी, सडक दुर्घटनाको जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समिति समितिले जनाएको छ ।
समितिका अुसार शुक्लागण्डकी नगरपालिका–१, १०, भिमाद नगरपालिका–१, ५, ६, ७, ८, भानु नगरपालिका–४, ६, १०, ११, व्यास नगरपालिका–७, ८, ९, ११, १२, आँबुखैरेनी गाउँपालिका–४ र ६ पहिरोको जोखिममा छ । त्यस्तै, रिसिङ गाउँपालिका–१, २, ६, ७, ८, घिरिङ गाउँपालिका–३, ४, ५, बन्दीपुर गाउँपालिका–१, २, ४, ५, ६, म्याग्दे गाउँपालिका–१, २, ३ र देवघाट गाउँपालिका–४ र ५ पनि पहिरोको उच्च जोखिममा छ ।
बाढीबाट जिल्लाका २९ वडा जोखिममा छ । व्यास नगरपालिका–१, २, ३, ५, ५, ७, ८, १०, ११, १३, आँबुखैरेनी गाउँपालिका–१, २, ३, ४, शुक्लागण्डकी नगरपालिका–२, ३, ५, ५, ६, ७, ८, ९, १०, भानु नगरपालिका–११, १३, भिमाद नगरपालिका–१, देवघाट गाउँपालिका–४ र बाढीको जोखिममा छ । यसका अलावा रिस्ती, साँगेखोलासँग जोडिएका नगरपालिका र गाउँपालिकाहरु, नाउदी र पाउदी खोलासँग जोडिएका नगरपालिका र गाउँपालिका, क्याङ्दी, चुँदी, मादीसेती, फिर्दी खोला र चुँदीखोलासँग जोडिएका नगरपालिका र गाउँपालिका बाढीको जोखिममा छ ।