काठमाडौं । निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलबीचको सम्बन्ध बिच्छेद हुने पक्कापक्की जस्तै भइसकेको छ । निर्माता छविराज ओझाले घरेलु हिंसा गरेको भन्दै उनकी श्रीमती एवं नायिका पोखरेलले महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दर्ता गर्नुभयो ।
उहाँले उजुरी दर्ता गरेपछि उहाँहरुबीच समाजिक प्रहरी परिसर टेकुमा सहमती पनि भयो । यद्यपि उनीहरु सँगै बसेका छैनन् उल्टो नायिका पोखरेलले जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएकी छन् । शिल्पाले मुद्दा दर्ता गरेको केही दिन बित्न नपाउँदै घटनाले नयाँ मोड लिएको छ ।
अब नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाविरुद्ध उनकी जेठी श्रीमती हेमा ओझाले बहुविवाहको उजुरी हालेकी छन् । महानगरीय प्रहरी वृत्त गौशालामा छविकी पहिलो श्रीमती हेमा ओझाले निर्माता ओझा र नायिका पोखरेलविरुद्ध उजुरी जायर गरिएको हो । हेमा ओझाको केस लिएर अहिले अधिवक्ता स्वागत नेपालले हेरिरहनुभएको छ ।
अधिवक्ता नेपालका अनुसार प्रमाण हालैमात्र भेटिएकोले यो मुद्दा दायर हो । ‘छवि र शिल्पाजीको विवाह भएको तीनवर्ष अघि भएको र विवाह दर्ता चाहीँ पुस १२ गते भएको हो, जब प्रमाण हामीले केही दिन अघि मात्र फेला पा¥यौं, तव मात्र उहाँहरुविरुद्ध उजुरी हालिएको हो’, अधिवक्ता नेपालले भन्नुभयो ।
यसअघि गिताञ्जली सुनार र रेखा थापासँग पनि विवाह भएको भनि चर्चा भएको भएता पनि उनीहरुबीच विवाह भएको कुनै पनि प्रमाण थिएन । विवाह दर्ता नगरी उहाँहरु साथमा बस्नुभएको अधिवक्ता नेपालको दाबी छ । विवाह नै दर्ता नभइ हामीले उजुरी गर्न मिल्दैनथ्यो । महिलाहरुको हकमा सम्बन्ध बिच्छेद भएको थाहा पाएको मितिले ३ महिनासम्म उजुरी गर्न पाउने कानुनी प्रावधान छ ।
यदि अदालतले शिल्पा र छविराजबीचको सम्बन्ध बहुविवाह भनी प्रमाणित भएको खण्डमा शिल्पाले सम्पति नपाउने अधिवक्ता नेपालको भनाइ छ ।