काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखामकी निर्मला पन्त हत्या भएको शुक्रबार ठिक एक वर्ष पुग्यो । निर्मला हत्याको अन्तर्राष्ट्रियकरण भयो । हत्यारा अझै फेला पर्न सकेन । धेरै तत्वहरु सल्बलाए । कति थाके पनि । कतिपयहरुमा आन्तरिक द्वन्द्वको सिर्जना भयो । जो न्यायकालागि लडिरहेका थिए । पर्चा, पम्प्लेट, ब्यानर, प्रदर्शनलगायत ठूलो सुनामी आयो । जताततै निर्मलाको न्यायको भिख मागियो । स्वयं सरकार निर्मलाको हत्यारा पत्ता लगाउन अघि स¥यो । निकै तिगड्म गरियो । केन्द्रको प्रहरी फोर्स परिचालन भयो । तर, हात लाग्यो शून्य । गृहमन्त्री रामबहादुर थापाको पछिल्लो अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भइरहेको छ– ‘निर्मलाका जस्ता घटना भइरहन्छन् ।’
https://45.77.241.73/2019/07/129575
घटनाका नाममा धेरैका युटूवका सस्क्राइव बढे, फेसबुकमा फलोर्स, पेजलाईक ईत्यादि । निर्मला हत्या देशव्यापी रुपमा सरकारकालागि पासो बन्यो । आन्तरिक विवादमा फसिरहेको प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्मला हत्यालाई जोडबलका साथ उठायो । केही समय आन्तरिक द्वन्द्व मत्थर भयो । सबैको कर्तव्यपनि थियो, एक किशोरीको बलात्कारपछि भएको हत्याका हत्यारालाई पत्ता लगाइ कानुनी दायरामा ल्याउनु । घटनालाई राजनीतिक गन्ध दिएर तिललाई पहाड तुल्याइयो । स्थानीय पत्रकारले नामै किटाएर केहीलाई दोषी देखाए । निर्दोष किशोरी सामाजिक रुपमा बहिस्कृत भइन् । हाम्रो समाजले ती किशोरीकाे भावनामा ठेस पु¥यायो । निर्मला त मारिइन् तर, ज्यूँदै निर्मलाहरु पटक–पटक मरिरहेकी छन् ।
https://45.77.241.73/2019/04/110253
सामाजिक अभियान्ता मानवअधिकारकर्मी सबैले निर्मलाको हत्यारा खोज्नलाई भरपुर प्रयास गरे । सफलता पाएनन् । जसको एउटै कारण हुनसक्छ हाम्रो नियत कति सफा थियो । हत्यारा पत्ता लगाउन निर्मलाका आमाबाबुलाई अनशन राखियो, रातदिन पहरा दिइयो । यो सब निर्मलाको हत्यारा पत्ता लगाउनकै लागि थियो । तर, प्रणाली गलत रोजियो । घटनाको सत्यतथ्य बुझ्न उच्चस्तरीय छानबिन समिति गठन गरियो । छानबिन समितिका एक सदस्यलाई रातो, कालो गाडीमा आएका व्यक्तिले ज्यान मार्ने धम्की दियो रे । उहाँ डराउनु भयो, डगमगाउनु भयो । यी यावत् धेरै श्रृङ्खलाहरुले निर्मलाका नाममा प्रसय पाए । निर्मला एक अवोध किशोरी थिइन् यो समाजलाई थाहा छ । उनका बुवा कान्छी श्रीमतीसँग बस्थे । यज्ञराज पन्तकी जेठी श्रीमती दुर्गाले निर्मला र अर्की बहिनीलाई पालनपोषण गर्दै आएकी थिइन् । समाजको कमजोर मानिसमाथि गिद्धे नजर लगाउने पिपाशुहरुको अझै कमी छैन यहाँ । यस अगाडिका घटनाक्रमलाई केलाएर हेरौँ । निर्मला प्रतिनिधिपात्र मात्रै हुन् । हजारौँ निर्मलाको यहाँ रात दिन बलात्कार भइरहेको छ । तर ती आवाजहरु अहिलेसम्म दबिएका छन् ।
https://45.77.241.73/2019/03/102067
बिषय प्रवेशमिति : २०७५ साल साउन १० गते स्थान : भिमदत्त नगरपालिका, कञ्चनपुर निर्मला पन्तको बलात्कारपछि हत्या ।
अशान्त थियो कञ्चनपुरकञ्चनपुरको भिमदत्त नगरपालिकाले साउन १ गतेदेखि बढाएको करका कारण त्यहाँका स्थानीय र केही राजनीतिक दलका कार्यकर्ता विरोधमा उत्रिएका थिए । नगरपालिकाको भवनमाथि नै आक्रमणको प्रयास भएपछि जिल्लास्थित प्रहरीले सुरक्षा दिनु र राष्ट्रको सम्पती जोगाउनु कर्तव्य थियो । आन्दोलनले दुईचार दिनपछि उग्ररुप लिँदै गएको थियो । प्रहरीले पनि आफ्नो सुरक्षा व्यवस्था बलियो बनाउँदै गयो । आन्दोलनकारीको ढुंगामुढाले नगरपालिका भवनलाई नै क्षति पुग्ने भएपछि प्रहरीले वातावरण शान्त बनाउन लाठी चार्ज गर्नुप¥यो । केही प्रदर्शनकारी घाइते भए । प्रहरी दमन विरुद्ध उत्रिए । तत्कालिन जिल्ला प्रहरी प्रमुखविरुद्ध नाराबाजी भयो । वातावरण संयम बन्दै थियो ।
निर्मला पन्तको हत्या भयो
वातावरण खलबलिएको थियो नै । त्यसैमाथि बेकसुर किशोरीलाई बलात्कार गरी हत्या गरिएको जघन्य अपराधलाई समाजले पचाउन सकेन । प्रहरीले घटना भएको जानकारी पाएपछि साउन ११ गते बिहान घटनास्थल गयो । प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीको कमाण्डमा घटनास्थलमा प्रहरी परिचालन भएको थियो । प्रहरी निरीक्षक एकिन्द्र खड्का र जगदीश भट्ट पनि टोलीमा सहभागी थिए । प्रहरी पुरै तयारीका साथ घटनास्थालमा गएको थियो । प्रहरी टोलीले घटनाको अध्ययन सुरु ग¥यो । पानीले भिजेको अवस्थामा निर्मलाको शव भेटिएको थियो । पुरै नग्न अवस्थामा रहेको शवलाई प्रहरी जवान चाँदनी साउँदले छोपेकी थिइन् । किशोरीको हत्या भएपछि चारैतिर सान्नाटा छायो । प्रहरीले घटनास्थालको अध्ययनपछि पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पताल कञ्चनपुरमा शव पठायो । प्रहरीसँगको परामर्शपछि पीडित परिवारले शव बुझेकै बेला स्थानीय बासिन्दाले हत्यारा पत्ता लगाउनुपर्ने भन्दै आन्दोलनको तयारी गरे । आन्दोलनकारीको कब्जामा निर्मलाको शव प¥यो । माहोल बिग्रदैँ गयो । प्रहरीले आन्दोलनलाई थेग्न सकेन । थप सुरक्षा व्यवस्था मिलाइयो । आन्दोलनकै क्रममा स्थानीय बालक सनी खुना मारिए । आन्दोलनले उग्ररुप लियो र विस्तारै मत्थर हुनु बाहेक उपलब्धि भेटिएन । यो प्रकरणले अनुसन्धानमा प्रमाण नष्ट गरेको तथा निर्दाेषलाई यातना दिएको अभियोगमा आठ प्रहरी मुद्दा खेपिरहेका छन् । सेवाबाट हटाइएका एसपी दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टसहित अवकाशप्राप्त डिएसपी ज्ञानबहादुर सेठी, निलम्बित डिएसपी अंगुर जिसी, इन्स्पेक्टर एकेन्द्र खड्का, सइहरू रामसिंह धामी, हरसिंह धामी र प्रहरी जवान चाँदनी साउँदविरुद्ध सार्वजनिक न्यायविरुद्धको कसुर मुद्दा दायर भएको छ ।
https://45.77.241.73/2019/02/94168
प्रहरीको त्रुटिनिर्मला हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रमाणका हिसाबले तत्कालिन दिल्लीराज बिष्टको नेतृत्वलाई असफल मान्न सकिन्न । दोषी करार गरिएका दिलिपसिंह बिष्टले अपराध स्वीकार गरेको भिडियो बाहिरिसकेको छ । तर, प्रहरीले संकलन गरेको डिएनएकै कारण दिलिपसिंह बिष्ट निर्दोष भेटिए । यतिसम्मकी तत्कालिन प्रहरी प्रमुख दिल्लीराज बिष्ट र उनकै छोरा किरण बिष्टसम्मको डिएनए परीक्षण गरियो । सामाजिक रुपमा यो बिषय कत्तिको पाच्य थियो । र, प्रहरी संगठन नै किन निरीह बन्यो । अबका दिनमा छलफलको बिषय पक्कै बन्ला । कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख दिल्लीराज बिष्टका अनुसार त्यतिबेला सिन्डिकेट, डा. गोविन्द केसीको आन्दोलन, कर बढाइएको बिषयमा आन्दोलनलगायतका बिषयले प्रहरी नागरिकका नजरबाट खस्किएको थियो । निर्मला प्रकरणमा डिएनएलाई अचुक अस्त्रका रूपमा हेरिँदै आएको छ । तर, निर्मलाको भेजिनल स्वाबबाट निकालिएको नमुनाबाट डिएनए परीक्षण गरी अभियुक्त पत्ता लगाउन असम्भव रहेको विज्ञहरूको भनाइ छ । नमुना संकलन र परीक्षणमा प्रहरीको गल्तीले गर्दा यो अवस्था आएको उनीहरूको भनाइ छ । प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाले वाई–एसटिआई विधिबाट डिएनए परीक्षण गरेको थियो । यो विधि खासगरी वंश पत्ता लगाउन प्रयोग गरिन्छ ।
https://45.77.241.73/2019/02/93996
हामीले उठाएको बिषयजनता समाचार डटकमले निर्मलाको हत्यापछि उठाएको एकै कुरा आज दोहो¥याउँदै छौँ, घटनामा देखिएका पात्र दोषी थिएनन् । जसरी घटनालाई अतिरञ्जित बनाएर यीनै दोषी हुन् भनेर किटान गरियो त्यो होइन भनेर जनता समाचार डटकमले सधैँ उठाइरह्यो । एक वरिष्ठ प्रहरी अधिकृतले बेला–बेला दिएको उदाहरण– ‘कुनै घटनाको दोषीलाई छिट्टै पत्ता लगाउनु छ, भने आफू पहिला अगाडि बढ् ।’ कञ्चनपुर घटनामा तत्कालिन एसपी बिष्ट घटनास्थल नपुगेको बिषयले निकै प्रसय पाएको थियो । अनुसन्धानका क्रममा प्रहरीले जति गाम्भीर्यता देखाउनुपर्ने थियो, सतहमा त्यो देखिएन । यसो भन्दैमा अनुसन्धानमा सहयोग गर्नु सबैको दायित्व थियो । अनसन्धानमा सहयोग गर्नुको साँटो घटनालाई मोडिफाई गर्ने प्रचलनले निर्मला अहिलेसम्म अन्यायमा छन् । बेसाहारा निर्मलाकी आमाको दिमागलाई मात्रै खल्बल्याइएको छ । निर्मला हत्याकै कारण भोग्नुपरेका पीडा र सहनुपरेको गाली बेइजतीको सिमा छैन । पत्रकार–पत्रकारबीचको दोहोरी र फेक आइडीबाट सहनुपरेका गालीका शब्द अझै सुरक्षित छन् । त्यतिबेला जनता समाचार डटकमले भनेको थियो बिनासित्तै दोषी करार नगरौँ अनुसन्धानमा सहयोग गरौँ ।
https://45.77.241.73/2018/11/73644
दोषी उम्किन पाउँदैनजनता समाचार डटकमले एक वरिष्ठ प्रहरी अधिकृतसँग अनौपचारिक छलफल गरेको थियो । जसबाट एउटा सार निस्किएको छ– ‘नेपाल प्रहरीमा अझै निडर, निष्ठावान प्रहरी छन् । जसले समय आएपछि जिम्मेवारी लिएर त्यसै ठाउँमा गइ दोषीलाई पत्ता लगाउने छन् । एक प्रहरी अधिकारीका अनुसार निर्मला पन्तको हत्यारा पत्ता लाग्छ । प्रहरीको आन्तरिक अनुसन्धानले यो घटनालाई आफ्नो प्रतिष्ठासँग जोडिरहेको छ ।