विपुल अधिकारीपाँचथर । लगातारको वर्षाका कारण पहिरो जाँदा पाँचथरको फालेलुङ गाँउपालिकामा एक सय रोपनी भन्दा बढी अलैँची बगान पहिरोले बगाएको छ । आफूहरुले लगाएको सय रोपनी भन्दा वढि अलैँची बगान पहिरोले बगाएपछि कृषक चिन्तित बनेका छन् ।
फालेलुङ १ एकतिनमा तुलसी प्रसाद रिजालको चार रोपनी, कुवेरनाथ रिजालको चार रोपनी, हरि प्रसाद रिजालको पाँच रोपनी, नन्द न्यौपानेको दुई रोपनी, टंक पौड्यालको २० रोपनी, हरि प्रसाद मिश्रको दुई रोपनी अलैँचीको बगान बगाएको फालेलुङ –१, कृषक घनश्याम सुवेदीले बताउनुभयो ।
यस्तै, फालेलुङ ७ का डिल्लीराम रिजाल, नन्दलाल रिजाल, वाचनवस्ती रिजाल,फेमेलाल रिजाल, भिम कुमार रिजाल, इन्द्रलाल रिजाल, पदम रिजाल, वडाअध्यक्ष शेर बहादुर केरुङको घर, खेतबारी उच्च पहिरोको जोखिममा परेका छन् । जतासुकै खनिएको नयाँ सडकको कारण झरेको पहिरोले अलैँची बगान मात्रै नभएर भर्खरै रोपिएको धानवाली समेत बगाएको छ ।
तत्कालै कार्यपालिका वैठक बोलाएर क्षतिको विवरण संकलन गर्ने तयारीमा आफूहरु रहेको गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङले बताउनुभयो । यस विषयमा के गर्न सकिन्छ चाँडो भन्दा चाँडो निकास निकाल्ने उहाँको भनाइ छ ।